WOREC Nepal

Topic “Anti Rape Campaign”

We won't let anyone forget!

For the third time in June, women activists gathered this morning in front of the Constituent Assembly building in New Baneshwor, to remind the government of its assurance to fulfill the demands regarding sexual violence against women.  Women's human right defenders were present to keep supporting the petitions that have been clearly expressed since the protest activities started in April 29th.

Filed under:

मागहरु पूरा नभएसम्म धर्ना

मागहरु पूरा नभएसम्म महिला मानवअधिकार रक्षकहरुको अगुवाईमा धर्नाको घोषणा गर्दै सम्पन्न विशाल ¥यालीमा विद्यार्थी संगठनका नेता, मानवअधिकारकर्मी र नागरिक समाजको  ऐक्यबद्धता  ।
महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय संञ्जालका उपाध्यक्ष विमला लामाले कोणसभाको शुरुवातमा बोल्नुहुदै, शान्ति, न्याय तथा कानुनमन्त्री नरहरी आचार्यज्यूले महिला मानवअधिकार रक्षकहरुले अघि सारेका मागहरुको सुनुवाइका लागि गर्नुभएको छलफलको पहललाई सकारात्मक लिदै हामीले शान्तिपूर्ण ¥याली गरि लचिलो भएको भन्दै नत्र आजको दिन चक्काजाम गरी सरकारले सुन्नैपर्ने दिनको रुपमा परिणत गर्न सकिने कुरा भन्नुभएको थियो ।

Filed under:

Solidarity to end sexual violence in Nepal

Women's human rights defenders gathered today( May 15) in Kathmandu to join forces and manifest against sexual violence and for sexual rights for women in Nepal.  The mass rally started at 9.30 am in Bhrikuti Mandap and thousands of citizens participated, between independent activists and organized movements.  The rally was led by the National Alliance of Women Human Rights Defenders (NAWHRD) and the National Campaign Against Rape (which is supported by more than thirty human rights organizations) with the objective of raising awareness of the matter and getting the attention and

Filed under:

अनिश्चितकालिन धर्नालाई सम्बोधन गर्न मन्त्री आफै धर्ना स्थलमा

कानुन तथा शान्तिमन्त्री नरहरि आचार्यले विगत ८ दिनदेखि धर्ना बसेका महिलाहरुको मागको सुनवाई हुने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ  । मंगलबार मन्त्री आचार्य काठमाण्डौस्थित भद्रकालीमा पुगेर  विभिन्न जिल्लाबाट त्यहाँ धर्नामा बसेका महिलाहरुलाई सम्बोधन गर्नु भएको छ । मन्त्री आचार्यले बलात्कार सम्बन्धि ऐन संशोधनका लागि महिला मानवअधिकार रक्षकहरुलाई छलफलमा बोलाई वार्ता मार्फत निचोडमा पुग्ने बताउनुभयो  । मन्त्रि आचार्यले भन्नुभयो, “महिला हिंसाको समस्या महिलाको मात्रै होइन । यो त हरेक परिवार, घर र समाजको हो । त्यसैले पनि महिला मुद्दालाई मैले गम्भीरतापूर्वक लिएको छु ।”

Filed under:

सुनवाई नभए कडारुपमा प्रस्तुत हुने

काठमान्डौस्थित भद्रकालीमा धर्ना बसेका महिलाहरुले मागको सुनवाई नभए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।ं विभिन्न जिल्लाबाट राजधानी भेला भएका यी महिला मानवअधिकार रक्षकहरु मंगलबारदेखि शान्तिपूर्ण अनिश्चितकालिन धर्नामा छन् । उनीहरु भन्छन्, “धैर्यताकासाथ आन्दोलनमा छौ । हाम्रो धैर्यता हाम्रो कमजोरी होइन । हामी यो पटक महिला मुद्दा सम्बोधन नभएसम्म सुनवाईका निम्ति हदै पार गर्ने मनस्थितीमा छौ । ”

Filed under:

अनिश्चितकालिन धर्नामा देशभरका महिला

महिलाका मुद्दामा सरकारी बेवास्ताले देशभरका महिला काठमाण्डौं केन्द्रित आन्दोलनमा छन् । आन्दोलनलाई निर्णायक बनाएरै जिल्ला फर्कने भन्दै राजधानीमा धर्ना बसेका हुन् । ७५ वटै जिल्लाबाट भेला भएका यी महिला मानवअधिकार रक्षकहरु १५ बैसाख २०७१ देखि अनिश्चितकालिन धर्नामा बसेका हुन्  ।

Filed under:

न्यायको लागि ७५ जिल्लाका महिलाहरु काठमाण्डौमा

बैशाख १२, काठमाण्डौं जननिर्वाचित सरकार गठन भएको ३ महिना वितिसक्दापनि  महिलाको मुद्दामा सरकार मौन रहँदा स्थानिय महिलाहरु आक्रोशित हुदै दबाब दिनका लागि राजधानी आएका छन् । स्वतस्फुर्त ७५ जिल्लाबाट राजधानी आएका यी महिलाहरुको आक्रोश रोकिने अवस्थामा छैन । न्याय नपाएसम्म जिल्ला नफर्कने अडान उनीहरुको छ । यसै बीच यीनै स्थानिय मानवअधिकार रक्षक महिलाहरुको उत्साहको निष्कर्ष स्वरुप शुक्रबार राजधानीमा महिलामाथि बढ्दो हिंसा ÷यौन हिंसा र न्यायको पहुचमा रहेको असहजता विषयक राष्ट्रिय बहस शुरु भएको छ ।

Filed under:

Increasing sexual violence against women and difficulties in accessing Justice

Recent nationwide increase in cases of rape has been a serious concern in the country. The data from WOREC Nepal during the last three months, Magh to Chaitra 2070 BS (Mid Jan to mid April 2014) reports 1211 cases of violence against women among that 144 cases of rape, 37 cases of attempted rape and 30 cases of other forms of  sexual violence have been reported. Most of the survivors are girls under age of 16.

Filed under:

महिला माथि बढ्दो हिंसा/ यौन हिंसा र न्यायको पहुँचमा रहेको असहजता राष्ट्रिय बहसका लागि अवधारणापत्र

१. पृष्ठभूमि
महिला माथि बढ्दै गएको हिंसाले देश आक्रान्त छ !  त्यसभित्र पनि १६ वर्ष मुनिका बालिकाहरुमाथि बढ्दै गएको यौनहिंसाको स्थिती कहाली लाग्दो छ ।  विगत तिन महिना (२०७० साल माघदेखि चैत महिना) भित्र मात्र १२११ वटा हिंसाहरुका घटना ओरेक नेपालमा मात्रै दर्ता भएका छन् । तिमध्ये बलात्कार १४४, बलात्कारको प्रयास ३७ र यौनिक हिंसाका ३० वटा घटनाहरु छन् ।यसरी पिडित भएकाहरु मध्य बहुसंख्यक प्रभावितहरु १६ वर्ष मुनिका बालिकाहरु छन् ।

Filed under:

महिला माथि बढ्दो हिंसा/ यौन हिंसा र न्यायको पहुँचमा रहेको असहजता विषयक राष्ट्रिय बहस

केही मुख्य विषयवस्तु :
१) संक्रमणकालिन न्याय महिलाको नजरबाट २) महिलामाथि हुने यौन हिंसा: यथार्थता र चुनौती ३) द्वन्द्वकालमा भएका यौन हिंसाका घटना यथार्थता र चुनौतीहरु


Filed under:
Syndicate content