Women's Rehabilitation Center (WOREC Nepal) Preventing the trafficking of women from a human rights perspective.

महिला माथि हुने हिंसा विरुद्ध सम्प्रेषण भएका सामग्रीहरु पेश गर्नका लागि पत्रकारहरुलाई आव्हन ।

24 nov

by Worec. in info, Latest News

महिला पुनस्र्थापना केन्द्र (ओरेक), नेपाल महिला अधिकारप्रति समर्पित एवम् सामाजिक न्यायका निम्ति सङ्घर्षरत राष्ट्रिय गैरसरकारी संस्था हो । यस संस्थाले स्थापनाकालदेखि नै सामाजिक न्याय र महिला अधिकार स्थापनाका लागि समुदाय स्तरदेखि राष्टिय तहसम्म महिला अधिकारका अभियानहरु सञ्चालन गर्दै आएको छ ।

ओरेक नेपालले, विगतका वर्षदेखि नै महिलामाथि भएका हिंसाका घटनाहरू बाहिर ल्याई हिंसाबाट प्रभावित महिलाहरुलाई न्याय प्राप्त गर्ने वातावरण सिर्जना गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका संचारमाध्यम र संचारकर्मीहरूलाई सम्मान गर्दै आएको छ । संस्थाले यस वर्ष पनि महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सञ्चारकर्मी तथा सञ्चारमाध्यमलाई सम्मान गर्ने योजना बनाएको छ । यसर्थ छापा, विद्युतीय (रेडियो तथा टेलिभिजन) र अनलाईनमा कार्यरत सञ्चारकर्मीहरुलाई महिला हिंसा विरुद्धमा आफ्नो सञ्चारमाध्यममा १ नोभेम्बर २०१५ देखि ३१ अक्टुबर २०१६ सम्म प्रकाशन तथा प्रसारण भएको एउटा खोजमूलक फिचर तथा रिपोर्ट सहित मंसिर ११ २०७३ गते सम्म आवेदन दिनुहुन हार्दिक अनुरोध गर्दछौं । साथै सञ्चारकर्मीहरुले प्रतिस्पर्धाका लागि आवेदन प्रस्तुत गर्दा माथि उल्लेखित मितिभित्रै प्रकाशन तथा प्रसार भएका अन्य तीनवटा महिला हिंसा विरुद्धमा केन्द्रीत सामग्री पनि पेश गर्नुहुन अनुरोध गर्छौं । प्राप्त भएका आवेदनहरु मध्ये सर्वात्कृष्ठ सञ्चारकर्मी तथा सञ्चारमाध्यमलाई ओरेकले सम्मान गर्नेछ ।
आवेदनसाथ संलग्न हुनुपर्ने कागजात तथा सामग्रीहरु :-

> १ नोभेम्बर २०१५ देखि ३१ अक्टुबर २०१६ सम्म प्रकाशन तथा प्रसारण भएको एउटा खोजमूलक फिचर तथा रिपोर्ट

> सम्बन्धित संचारमाध्यमका अधिकारीबाट प्रकाशन वा प्रसारणको पुष्टिसहित लेखिएको सिफारिस पत्र ।

> पेश गरिएको सामग्रीको विषय, प्रकाशन वा प्रसारण मिति र सञ्चारमाध्यमको नाम खुलाइएको आवेदन पत्र

> प्रतिस्पर्धाका लागि एउटा सामग्री र अन्य थप तीनवटा सामग्रीसहित आवेदन प्रस्तुत गर्नुपर्नेछ ।

> रेडियो वा टेलिभिजनमा कार्यरत सञ्चारकर्मीले अडियो र भिडियो संलग्न सिडी सहित सामग्रीको स्क्रिप्ट पनि प्रस्तुत गर्नुपर्नेछ ।

कृपया ics@worecnepal.org admin@worecnepal.org मा यहाँको आवेदन पेश गर्नुहोला वा ओरेक नेपालको केन्द्रीय कार्यलयको निम्न ठेगानामा ११ मंसिर, २०७३ सम्ममा आवेदन बुझाउनुहुन अनुरोध गर्दछौं ।

Share This :


Copyright © WOREC Nepal 2017 All Rights Reserved.