WOREC Nepal

Latest RSS

महिला पुनःस्थापना केन्द्र (ओरेक), नेपाल महिला अधिकार प्रति समर्पित एंव सामाजिक न्यायका निम्ति सङ्घर्षरत एक गैरसरकारी संस्था हो। २०४७ चैत्र १९ मा स्थापित यो संस्थाले आफ्नो स्थापनाकाल देखि नै सामाजिक न्याय र महिला अधिकार स्थापनाको अभियानलाई अगाडि सार्दै आएको छ। यो संस्थाले महिला हिंसा विरूद्ध र आर्थिक सामाजिक, सांस्कृतिक अधिकारको लाई अगाडि बढाइरहेको छ। महिला हिंसा विरूद्ध अभियान अन्तर्गत महिला मानवअधिकार रक्षकको एकता तथा सुरक्षा, मानव बेचविखन / ओसारपसार विरुद्धको कृयाकलाप र महिला सशक्तिकरण कार्यक्रम संचालन गर्नुका साथै आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार अर्न्तगत खाद्य अधिकार, स्वास्थ्य अधिकार र सुरक्षित स्थानागमनको अधिकारका लागि वकालत गरिरहेको छ।