WOREC Nepal

Reply to comment

दाईजोका कारण तराईमा २ महिलाको हत्या

Printer-friendly versionSend to friend

 

 

 

                                                                                                 मिति   २०६६.१०.५
 
महिलामाथि हुने सबै प्रकारका हिंसा मानव अधिकारको हनन् हो भन्ने मान्यतालाई सबैले स्वीकार गरिसक्दा पनि नेपाली महिलाहरुले विभिन्न निहुमा हिंसाको शिकार हुनु परिरहेको  यर्थाथता हाम्रो सामु रहेको छ। नेपाल सरकारले सन् २०१० लाई लैङ्गिक विभेद अन्त्यको वर्ष घोषणा गरेको अवस्थामा  हालै धनुषा जिल्ला   जनकपुर नगरपालिका वार्ड नं. १० देवी चौक निवासी अरुण लाल कर्ण र अनिला कर्णकी १८ वर्षीया छोरी रुपा कर्णको दाईजो नल्याएकै कारणले हत्या गरिएको घटना सार्वजनिक भएको छ। रुपाको विवाह २०६६ बैशाख ४ गते जनकपुर न पा  वाड नं. २ का सतिष कुमार कर्णसँग भएको थियो। विवाहमा रु. ५ लाख ५० हजार नगद लिए पनि थप नगद र जिन्सी  सामानको माग गर्दै रुपालाई बारम्बार उनका श्रीमान र घरका सदस्यहरुले मानसिक र शारिरीक यातना दिने गर्दथ्ो । उनीहरुले रुपाको माईतीमा समेत समय समयमा धम्की दिने गरेका थिए। २०६६ पुष २८ गते मंगलबार आफुले मागे जती दईजो नल्याएको निहुमा सतिष र उनका परिवारका सदस्यहरु मीली रुपाको हत्या गरेको खबर सार्वजनिक भएको छ।  यो सँगै सप्तरीमा पनि दाइजो कै कारणले  अर्की एक महिलाको हत्या भएको छ।  सप्तरी जिल्ला जगतपुर निवासी २० वर्षीया कल्पना मुखियालाई दाईजो कम ल्याएको निहुमा सुतिरहेको अबस्थामा आगो बाल्ने गोबरको गुईठाले नाक मुख थुनेर श्रीमान ललित मुखियाले हत्या गरेको खबर सार्बजनिक भएको छ। २०६३ सालमा बिबाह भएकी कल्पनालाई बिहे पक्का हुनु अघि मागेको दाईजो नदिएको भन्दै श्रीमान सहित परिवारले यातना दिदै आएका थिए। 
 
   यसरी एकातिर सरकारले हिंसा अन्त्यकालागि वर्ष घोषण गर्नु र अर्को तिर दाईजो नल्याएकै कारण महिलाहरुको हत्या  गरीएको घटना प्रति महिला पुर्नस्थापना केन्द्र ओरेक नेपाल घोर र्भत्सना गर्छ।  साथै  सरकारलाई  घटनाको निष्पक्ष छानबिन गरी पिडकलाई तत्काल कारबाहीको दायरामा ल्याउन हामी जोडदार लागि  माग गर्दछौं। 
 
 
 
                                                                रचना भट्टराई
                                                                कार्यकारी निर्देशक 
                                                                ओरेक नेपाल
                                                                बालकुमारी,काठमा48डौ
                                                                फोन न.०१ ५००६३७३

Filed under:

Reply

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.
1 + 7 =
Solve this simple math problem and enter the result. E.g. for 1+3, enter 4.