WOREC Nepal

Reply to comment

महिला मानब अधिकार रक्षकहरुको छैठौ राष्ट्रिय परामर्श गोष्ठी

Printer-friendly versionSend to friend


महिलाहरुले आफ्ना सामाजिक र आर्थिक अधिकारको माग गर्दै सुरु गरेको आन्दोलनको सय बर्षपुरा भएको छ। महिला आन्दालनले सय बर्ष पुरा गरेको अवशरमा नेपालमा  महिला अधिकारको क्षेत्रमा काम गर्ने संघ/संस्थाहरुले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश  ८ मार्चमा सप्ताहब्यापी  बिशेष कार्यक्रम को आयोजना गरेका छन्।  महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल, ओरेक नेपाल लगायतका बिभिन्न संघसंस्थाको आयोजनामा कार्यक्रमहरु भइरहेका छन्। 
काठमाग्डौमा फागुन २० गते देखि  महिला मानवअधिकार रक्षकहरुको छैठौ राष्ट्रिय परामर्श गोष्ठी सुरु भएको छ। सताब्दीऔ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ऐक्यबद्धता समितिको आयोजनामा भएको गोष्ठीको उद्घाटन समारोहमा महिला आन्दोलनमा २००७ देखि निरन्रतर रुपमा लागिरहेका बिभिन्न क्षेत्रका ६ जना महिलालाई सम्मान गरियो। सम्मानित हुनुहुने महिलाहरुमा राजनीतिमा  निरन्तर लागेर  महिला आन्दोलनमा योगदान पुर्याउनुहुने साहना प्रधान, शिक्षा क्षेत्रबाट अगंुरबाबा जोशी, दलित महिला आन्दोलनमा शसक्त भुमिका निर्बाह गर्ने मिठाईदेवी बिश्वकर्मा, अर्थशास्त्रको क्षेत्रमा डाक्टर मीना आचार्य, महिला अधिकारको आन्दोलनमा योगदान दिनुहुने दुर्गा घिमीरे र  कानुनी क्षेत्रमा डाक्टर शान्ता थपलियालाई सम्मान गरिएको थियो। यसअवशरमा पुराना पुस्ताको ज्ञानलाई नया पुस्तामा हस्तान्तरण गर्न नयाँ शैलीमा सम्मान गरिएको थियो। सम्म्ाानित हुने ब्यक्तित्वहरुले प्रज्वलित दियोलाई ५ वटा बिकास क्षेत्रबाट गोष्ठीमा सहभागी हुन आएका महिला मानवअधिकार रक्षकहरुलाइ हस्तान्तरण गरि महिला आन्दोलनलाई अझ सशक्त रुपमा अघि बढाउन सन्देश स्वरुप जिम्मेवारी सुम्पेका थिए। 
यसैगरी नागरिक आन्दोलनका तर्फबाट पद्मरत्न तुलाधर, डाक्टर सुन्दरमणि दिक्षित र श्याम श्रेष्ठलाई पनि कायक्रममा सम्मान गरिएको थियो।
  समारोहलाई सम्बोधन गर्दै महिला मानब अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालका संयोजक तथा ओरेक नेपालका अध्यक्ष डाक्टर रेणु राजभन्डारीले १०० बर्षको  महिला आन्दोलनको ईतिहासमा महिलाहरुले सामाजिक र आर्थिक क्षेत्रमा धेरै फड्को मारेको  चर्चा गर्नुुभयो। यसैगरी उद्घाटन समारोहमा सम्मानित ब्यक्तित्वहरु र पाँच बिकास क्षेत्रबाट गोष्ठीमा सहभागि हुन आएका महिला मानब अधिकार रक्षकहरुले पनि सम्बोधन गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै  प्रमुख अतिथि राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले मानव अधिकारको मूल सिद्धान्त वा चुरो समानताको हक भएको भन्दै महिला अधिकार प्राप्तिको आन्दोलनमा आयोग सँधै सँगै रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो। 
  

Filed under:

Reply

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.
1 + 5 =
Solve this simple math problem and enter the result. E.g. for 1+3, enter 4.