WOREC Nepal

Reply to comment

मासिक प्रतिबेदन माघ

Printer-friendly versionSend to friend
Basic Information
Editor: 
दुर्गा कार्कि
Published: 
सोम, 2010-03-01

                                                                                                           मिति २०६६ फागुन १० 
                           
पृष्ठभुमी
 
सामाजिक सुधार ऐन २०३३ ले दाईजो वा तिलक लिएको ख48डमा रकम जफत गरी १२ देखि २५ हजारसम्म जरिवाना वा ३० दिनसम्म कैद वा दुबै सजाय हुने ब्यबस्था गरेको छ। तर विबाह हुंदा लगाएको एकसरो गहनाबाहेक, आफ्नो परम्परा अनुसार १० हजार रुपैयासम्म  दाईजो लिन पाउने ब्यबस्था पनि यस ऐनमा गरिएको छ। ऐनमा दुलाहको पढाईमा लागेको वा लाग्ने खर्च वा उसलाई ब्यापार, ब्यबसायमा लगाउन चाहिने पँजी र दुलाहातर्फको विवाह खर्च दुलहीपक्षबाट लिन नहुने र जन्त लग्दा लागेको बाटो तथा खाना खर्च दुलही पक्षले व्यहोर्नु नहुने उल्लेख छ। 
यो सँगै माओबादी सरकारको पालामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रच48डले  २०६५ साल माघमा गरेका सम्बोधनमा एकसाता भित्र दाईजो प्रथालाई पुर्णतः निषेध गर्ने बताउनुभएको थियो। दाईजो लिने र दिने दुबै कानुनतः द48डका भागिदार हुनेकुरा प्रच48डको सम्बोधनमा उल्लेख छ। तरपनि दाईजो नल्याएको निहुँमा महिलाहरुको हत्या हुने क्रम रोकीनुको सट्टा झन बढिरहेका छन्। यस्ता घटना तराईका जिल्लाहरुमा बढी देखिएको छ।
 यसैगरी कानुनतः सजायको भागीदार हुने जति भनिएपनि दाईजो मागेको वा लिएको  कुरामा अहिलेसम्म  प्रहरीमा उजुरी  दर्ता भएका घटना  जानकारीमा आएको पाईदैन। हाम्रो समाजमा दाईजो नल्याएको र भनेजति दाईजो नदिएको निहुँमा बर्षेनी सयौ महिलाहरुले ज्यान गुमाईरहेका छन्। 
 
बिषयबस्तु             
पुष महिनाको तुलनामा माघ महिलामाथि हिंसा  भएका  हिंसाका घटना बढेका छन्।   गत महिना महिला माथि १२२ वटा हिंसाका घटना भएका थिए भने यो महिना  देशभरीबाट १ सय ३२  वटा महिलामाथि भएका हिंसाका घटना ओरेक नेपाललाई प्राप्त भएका छन।  महिलामाथि भएका हिंसाका सबै भन्दा बढी घटना हामीलाई यो महिना बिराटनगर र सिराहबाट प्राप्त भएको छ। ओरेक शाखा कार्यालय मोरङ्गका अनुसार  यी क्षेत्रमा ८० जना महिला, हिंसाका शिकार भएका छन् , यी मध्ये यो क्षेत्रमा ६ जनाको हत्या भएको छ भने ३४ जना महिला कुटपीटको शिकार भएका छन्। यो क्षेत्रमा  १८ जना महिला घरेलु हिंसाबाट पिडीत भएका छन् । यसैगरी सुदुरपश्चिमाञ्चलमा २२ जना महिलामाथि हिंसा भएको छ। 
 
हत्या 
    माघ महिनामा १२ जना महिलाको हत्या भएको छ। दाइजो नल्याएको र भनेजति नदिएको निहुँमा माघ महिनामा ३ जना महिलाको हत्या भएको छ। मागेजति दाईजो नदिइको भन्दै जनकपुर नगरपालिका वडा  निवासी १८ बर्षिया रुपा कर्णको हत्या गरिएको छ। दाईजो कै कारण सप्तरीकोे राजबिराजमा २० बर्षिया कल्पनादेवी मुखियाको हत्या भएको छ भने रौतहटमा  बिहेमा  माईति पक्षले दिने भनेको १५ हजार रुपैया  नल्याएको भन्दै १९ बर्षिया मञ्जुदेवीको उनकै श्रीमानले हत्या गरेका छन्। जनकपूरमा हत्या गरिएकी रुपा कर्णको हत्यारा बिरुद्ध ओरेक जनकपुर लगायत अन्य अधिकारबादी संघसंस्थाको पहलमा  प्रहरीमा उजुरी दर्ता गरिएको छ। प्रहरीले हत्याराको खोजीमा अनुसन्धान भईरहेको बताएपनि प्रभावकारी नभएको महिला मानब अधिकार रक्षकहरुले बताएका छन्। बाग्लुङ्गमा १८ बर्षिया  शुशीला सहनीको हत्या भएको छ । १२ कक्षामा अध्ययनरत छात्रा माघ २० गते राती हत्या गरिएको हो। 
माघ  महिनामा घरेलु हिंसा का ४४ वटा घटना हामीलाई प्राप्त भएका छन्। पुष महिनामा ३९ जना महिलाले आफ्नै पविारबाट यातना पाएका थिए।  पुष महिनामा घरेलु हिंसामा केही कम देखिएपनि  माघ महिनामा बढेको देखिएको छ। यसैगरी ४४ जना महिला माथि कुटपीट भएको छ भने १६ जना महिला बलात्कारको शिकार भएका छन्। 

माघ महिनामा महिला माथि भएका हिंसाका घटनाको प्रकार र संख्या यसप्रकार रहेको छ। 
 
क्र.सं.    हिंसाको प्रकार    संख्या
१    घरेलु हिंसा       ४४
२    कुटपिट          ४४
३    बलात्कार         १६
४    हत्या              १२
५    सामाजिक हिंसा     ९
६    बेचविखन        ३
७    मानसिक यातना    ३
८    बोक्सीको आरोप      १
जम्मा                     १३२
 
 
 
 
 
 
 
स्रोतः ओरेक नेपाल
पत्रपत्रिका         

Filed under:

Reply

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.
12 + 5 =
Solve this simple math problem and enter the result. E.g. for 1+3, enter 4.