WOREC Nepal

Reply to comment

प्रेश बिज्ञप्ति

Printer-friendly versionSend to friend

सेनाद्वारा बर्दियामा ३ महिलालाई गोली हानी हत्या गरिएको घटनाप्रति  ओरेक नेपालको ध्यानाकर्षण 
 

बर्दिया राष्ट्रिय निकुञ्जमा काउलोको बोक्रा लिन गएका एकै परिवारका ३ जना महिलालाई नेपाली सेनाका सुरक्षाकर्मीद्वारा गोली हानी हत्या गरिएको घटना प्रति ओरेक नेपालको गम्भीर ध्यानाकर्षण भएको छ। 
नेपाली सेनाको ज्वालादल गण ठाकुरद्वार बर्दियाबाट गएको नेपाली सेनाको टोलीले  गोली चलाउदा तीन जना महिलाको  मृत्यु भएको  छ। स्थानिय महिला मानब अधिकार रक्षकहरुका अनुसार महिलाहरुलाइ नियन्त्रणमा लिएको दुई घ48टापछि गोलि हानी हत्या गरिएको छ भने सँगै रहेका १ जना पुरुष कृष्ण बहादुर बिकलाई हाल सम्म नियन्त्रण मै राखिएको छ। हत्या गरिएका महिलाहरुमा एकै परिवारका  १२ बर्षिया बालिका चन्द्रकला बिक, ३३ बर्षिया अमृता बि क र ३५ बर्षया देबीसरा बिक रहेका छन्। जिवन निर्बाहका लागि जंगलमा काउलोको बोक्रा संकलन गर्न गएका उनीहरुलाई यही फागुन २६ गते गोली हानी हत्या गरिएको थियो।  
मृतकहरुको शबपरिक्षणको रिपोर्ट राष्ट्रिय महिला आयोगका अध्यक्ष सहित अन्य अधिकारकर्मीहरुले हेर्न माग्दा बर्दिया जिल्ला अस्पतालले नदिएपछि घटना थप रहस्यमय बनेको छ। यसका साथै अधिकारकर्मीहरुलाई मृतकका  परिवारसंग भेटेर थप जानकारी र सुचना लिन समेत अनुमति  नदिनु र घटनास्थल अध्ययन गर्न पनि नदिईएकाले घटनाकोे ढाकछोप गर्न खोजिएको यथार्थता पुष्टि हुन्छ।  स्थानिय अधिकारकर्मीहरुले  शबको पुन परिक्षण हुनुपर्ने माग अघि सारेका छन्।
 
   संविधान निर्माण गरी शान्तिलाई दिगो बनाउने प्रक्रिया जारी रहेका बेला सुरक्षा निकायका पदाधिकारीबाट सिधै गोली हानी हत्या गर्ने यस्ता गैरजिम्मेवार कामले संक्रमणकालिन अबस्थामा मौलाएको द48डहिनतामा झन घ्यु थप्ने काम भएको ठहर हामीले गरेका छौ। त्यसैले यो घटनाको सत्य तथ्य तुरुन्तै पत्ता लगाई दोषीलाई तुरुन्त कडा कार्बाही र पीडितका परिवारलाई क्षतिपूर्तिको ब्यबस्था गर्न हामी सरकार लगायत सबै सम्बन्धित निकायसंग जोडदार माग गर्दर्छौ।   
                                 
                                      
                         
 
                                                            रचना भट्टराई
                                                             कार्यकारी निर्देशक
                                                        ओरेक नेपाल,बालकुमारी ललितपुर
 

Filed under:

Reply

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.
3 + 0 =
Solve this simple math problem and enter the result. E.g. for 1+3, enter 4.