WOREC Nepal

Reply to comment

मासिक प्रतिबेदन फागुन

Printer-friendly versionSend to friend
Basic Information
Editor: 
दुर्गा कार्कि
Published: 
शुक्र, 2010-03-19

पृष्ठभुमी
संक्रमणकालिन न्यायको ब्यबस्थाको अभाबमा मुलुकमा बढ्दै गएको द48डहीनताको प्रत्यक्षमारमा महिलाहरु निकै प्रभावित हुन थालेका छन्।  घरपरिवारबाट महिलामाथि हुने हिंसा,अपराधिक समूहबाट र जिम्मेवार सरकारी निकायका पदाधिकारीबाट समेत महिलामाथि हिंसा ,बलात्कार  र हत्या गर्ने क्रम बढेको छ। अपराधीलाई न्यायको कठघरामा उभ्याउन नसक्दा उनीहरुको मनोबल बढेका देखिएको छ। बिभीन्न राजनीतिक दलबाट प्राप्त संरक्षण र स्थानिय प्रशासन कमजोर भई अपराधीलाई कार्बाही हुन नसक्दा बढेको द48डहिनताका कारण महिलाहरु सबै भन्दा बढी प्रभावित भएका हुन्। दलहरु बीच बढेको असमझदारी र सत्ता प्राप्तिको हारालुछीले गर्दा देशमा शान्ति सूरक्षा र बिधिको शासन कायम गर्न सरकार असफल देखिएको छ। यसले संबिधान निर्माण प्रक्रिया समेत अबरुद्ध हुन पुगेको छ। संविधान निर्माण गरी जारी गर्न अब ६५ दिन मात्र बाँकी छ। नागरिकहरु संबिधान समय मै आउनुपर्छ भनी दबाब दिन रातदिन सडकमा छन्। यदि यो संबिधान समयमा नबनेको ख48डमा देशमा जारि अराजकता झन बढेर जाने खतरा छ भने यसबाट महिलाहरु सबैभन्दा बढी पीडित र प्रभावित हुने निश्चित छ। त्यसैले घोषणा गरिएको मिति २०६७ साल जेठ १४ गते नै एउटा महिला अधिकार सुनिश्चितता सहितको  पुर्ण संबिधान जारी हुनुपर्छ भन्ने सम्पुर्ण महिलाको जोडदार माग रहेको छ। 
 
बिषयबस्तु    
         
माघ  महिनाको तुलनामा महिला माथि हिंसा  भएका हिंसाका घटना फागुनमा घटेको देखिएको छ।    गत महिना महिला माथि १३२ वटा हिंसाका घटना भएका थिए भने यो महिना  देशभरीबाट १ सय २१ वटा महिला माथि भएका हिंसाका घटना ओरेक नेपाललाई प्राप्त भएका छन।  महिलामाथि भएका हिंसाका सबै भन्दा बढी घटना हामीलाई पुर्बाञ्चलबाट प्राप्त भएको छ। ओरेक शाखा कार्यालय मोरङ्गका अनुसार त्यस क्षेत्रमा ७५ जना महिला, हिंसाका शिकार भएका छन् , यी मध्ये  २४ जना महिला माथि कुटपीट भएको छ भने १८ जना  घरेलु हिंसाबाट पिडीत भए।

  घरेलु हिंसा

फागुन महिनामा  घरेलु हिंसा का ४१ वटा घटना हामीलाई प्राप्त भएका छन्।  माघ महिनामा ४४ जना महिलाले आफ्नै पविारबाट यातना पाएका थिए।  यो महिना महिलामाथि हुने घरेलुहिंसाका घटना केही कम देखिएका छन्।   पारिवारीक र सामाजिक कारणले घरेलुहिंसाबाट पिडीत महिलाहरु उजुरीका लागि जाने वा आफुमाथि भएको हिंसालाई बाहिर ल्याउने आँट गर्न सक्दैनन्। तैपनि पछिल्लो समयमा उजुरी गर्ने क्रम  बढेको देखिन्छ। महिलाहरुले आफुमाथि भएको हिंसा सहेर बस्ने मौनताको संस्कृतिले पीडकहरुलाई  कार्बाहीको दायरामा ल्याउन नसक्दा हिंसा गर्ने प्रबृत्ति बढेको देखिन्छ। 

हत्या 
    फागुन महिनामा ९ जना महिलाको हत्या भएको छ। बर्दियामा नेपाली सेनाको ज्वालादल गण ठाकुरद्वारबाट गएको नेपाली सेनाको टोलीले  गोली चलाउदा  बर्दिया राष्ट्रिय निकुञ्जमा काउलो टिप्न गएका तीन जना महिलाको  मृत्यु भएको  छ। सेनाको गोली लागी मर्नेहरुमा एकै परिवारका  १२ बर्षिया बालिका चन्द्रकला बिक, ३३ बर्षिया अमृता बि क र ३५ बर्षया देबीसरा बिक रहेका छन्। जिवन निर्बाहका लागि जंगलमा काउलोको बोक्रा संकलन गर्न गएका उनीहरुलाई  फागुन २६ गते गोली हानी हत्या गरिएको थियो।  धनकुटामा  अपहरणमा परेको १२ दिनपछि पाँचकन्या की २६ बर्षिया मीना सुब्बा मृत अबसथामा फेला परेकी छन्। उनको सामुहिक बलात्कार पछि हत्या गरिएको  अपहरणको आरोपमा पक्राउ परेकाहरुले स्वीकारी सकेका छन्। 
 
यसैगरी फागुन महिनामा १२ जना महिलामाथि बलात्कार भएको छ  भने २८ जना महिलालाई कुटपीट गरिएको  छ र ३ जना महिलामाथि बोक्सीको आरोप लगाईएको छ। 

फागुन महिनामा महिला माथि भएका हिंसाका घटनाको प्रकार र संख्या यसप्रकार रहेको छ।
 
 
क्र.सं.  हिंसाको प्रकार    संख्या

१    घरेलु हिंसा              ४१
२    कुटपिट                 २८
३    बलात्कार               १२
४    हत्या                    ९
५    सामाजिक हिंसा         ११
६    बेचविखन                ६
७    मानसिक यातना        ११
८    बोक्सीको आरोप         ३
जम्मा                       १२१
 
 

Filed under:

Reply

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.
9 + 10 =
Solve this simple math problem and enter the result. E.g. for 1+3, enter 4.