WOREC Nepal

Reply to comment

कथित बोक्सीको आरोपमा कुटपीट र दुर्ब्यबहार गरिएको घटनाका बारेमा प्रेश बिज्ञप्ति

Printer-friendly versionSend to friend

                                                                                                       मिति २०६७ बैशाख २ गते 

 

मोरङ जिल्लामा चैत महिनामा एकै परिवारका दुईजना र सुनसरीमा एकजना महिलालाई कथित बोक्सीको आरोपमा कुटपीट र दुर्ब्यबहार गरिएको घटना प्रति ओरेक नेपालको गम्भीर ध्यानाकर्षण भएको छ।  
मोरङ जिल्ला आमगाछी गाबिसको एकै परिवारका २ जना महिलालाई गाउँलेले कुटपीट गरी दुर्ब्यबहार गरेका छन्। चैत ७ गते ५० बर्षिया कलावती (नाम परिबर्तन) र ८ गते उनकै  ४५ बर्षिया नन्द  सितादेवी (नाम परिबर्तन) लाईस्थानिय गाउँलेले बोक्सीको आरोपमा कुटपीट गरी मलमूत्र खुवाउने प्रयास गरेका थिए। भाउजू कलावतीलाई मुलमुत्र खुवाउन लागेको थाहा पाएर  चैत ७ गते राती भारतमा आफन्तकोमा शरण लिन गएपछि गाउँलेेले उनकी नन्दलाई कथित बोक्सीको आरोपमा  दुर्ब्यबहार गरेका थिए। कलावतीले बिगत एक बर्षदेखि नै छिमेकीबाट यस्तो आरेापमा मानसिक यातना खेप्दै आएकी थिईन ।  यसैगरी सुनसरी  अमडेवा गाबिसकी ४३ बर्षिया बानोदेबी (नाम परिबर्तन) लाई पनि छिमेकीहरुले घर मै धामी समेत ल्याएर कुटपीट गरेका छन्।  स्थानिय महिला मानब अधिकार रक्षक, ओरेक नेपाल लगायतका मानव अधिकारवादी संघ संस्थाको पहलमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। तरपनि पीडितहरुलाई गाउँमा बस्न सक्ने वातावरण नभएपछि कलावती पासवान अहिले बिराटनगरस्थित ओरेक नेपालको सुरक्षित बासमा बस्दै आएकी छन् भने घरमा बालबच्चाको रेखदेख गर्नका लागि प्रतिकुल परिस्थितीका बाबजुदपनि  नन्द सितादेवी गाउँमै बस्न बाध्य छन्। गाउँलेहरुले यो मुद्दालाई गाउँमै नमिलाए जेपनि गर्न सक्ने धम्की दिएको पीडितहरुले बताएका छन्।  यसरी महिलाहरुमाथि महिला भएकै कारणले गरिने हिंसा दिन प्रतिदिन बढिरहेको छ। सरकारले महिला हिंसाबिरुद्धको बर्षको घोषणा गरेको ५ महिना पुगेको छ। तर हिंसापीडित महिलामाथि समाजले गर्ने ब्यबहार, प्रशासनले न्याय दिने कुरामा देखाउने चासो, पीडकलाई राजनीतिक दलले दिने संरक्षणमा यो अवधीमा कुनै परिबर्तन आएको छैन  न त महिलामाथि हुने हिंसामा नै कमी आएको छ।  
  उनीहरुलाई आवश्यक सुरक्षित गृह छैनन् मानसिक तथा कानुनी परामर्श– कुरामा मात्रै सिमित छ। यो स्थितीले सम्माननीय प्रधानमन्त्रीद्धारा घोषणा गरिएको महिलाहिंसाबिरुद्धको बर्षलाई महिलाहरुले शकांस्पद रुपमा हेरिरहेका छन्। 
  त्यसैले ओरेक नेपालले कथित बोक्सीको आरोपमा पीडित बनाईएकाहरुलाई न्याय  र आफ्नै घरमा सुरक्षितसंग बस्न पाउने वाताबरण तयार गरी उचित क्षतिपुर्तिको ब्यबस्था गर्न  र पीडकहरुलाई कडा कार्बाही गर्न सम्बन्धित निकायसंग जोडदार माग गर्दछ।   
  
                                                                                                       रचना भट्टराई
                                                                                                    कार्यकारी निर्देशक 
                                                                                                   ओरेक नेपाल 

Filed under:

Reply

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.
11 + 2 =
Solve this simple math problem and enter the result. E.g. for 1+3, enter 4.