WOREC Nepal

Reply to comment

मासिक प्रतिबेदन चैत

Printer-friendly versionSend to friend
Basic Information
Published: 
बुध, 2010-04-21

पृष्ठभुमी

नेपाल सरकारले २०१० लाई लैङ्गिक हिंसा विरुद्धको वर्ष घोषणा गरेको छ महिना बितिसकेको छ। लैङ्गिक हिंसा बिरुद्धको बर्षको कार्ययोजना सार्बजनिक गरेको ६ महिनाको यो अवधीमा महिलामाथि भएका हिंसाका घटना र तथ्याङ्कलाई बिश्लेषण गर्ने हो भने स्थिति डर लाग्दो छ। महिलाहरुमाथि शारीरिक, मानसिक तथा सामाजिक हिंसा गर्ने क्रम दिनदिनै बढिरहेको छ राज्य संयन्त्रबाट ती पीडित महिलाहरुले न्याय पाउने र दिलाउने अबस्था सुन्य नै रहयो। उल्टो यी पीडित महिलाका पक्षमा वा हिंसाविरुद्ध आवाज उठाउने महिला मानवअधिकार रक्षकहरु लागि अन्यायको विरुद्धमा बोलेकै कारण धम्की दिने र सार्वजनिक स्थलमा हातपात गर्ने क्रम पनि बढेको छ। हिंसा पीडित महिलाकालागि आवाज उठाउने महिलाहरुमाथिको असुरक्षा झन झन बढेको छ। सरकारले लैङ्गिक हिंसा विरुद्धको वर्ष घोषणा गरेपछि ओरेक नेपालको तर्फबाट हामीले भनेका थियौ हामीले अभियानलाई सघाउनुका साथै नजिकबाट मुल्याङ्कन र खबरदारी गर्ने सार्बजनिक गरेका थियौ। तर बितेका छ महिनालाई हेर्दा एक जना महिलाले पनि आफु पीडित भएको भनेर न्याय पाएको रेकर्ड आएको छैन। उल्टै कतिपय घटनालाई राज्यले नै ढाकछोप गरेको पाईएको छ। सुन्तली धामीमाथि भएको अन्यायलाई यसको उदाहरणको रुपमा लिन सकिन्छ।

बिषयबस्तु

फागुन महिनाको तुलनामा महिला माथि हिंसा भएका हिंसाका घटना चैत लगभग दोब्बर भएको छ । गत महिना महिला माथि १२१ वटा हिंसाका घटना भएका थिए भने यो महिना देशभरीबाट २ सय १७ वटा महिला माथि भएका हिंसाका घटनाको तथ्याङ्क ओरेक नेपाललाई प्राप्त भएका छन। हामीले मासिक प्रतिबेदन प्रकाशित गर्न शुरु गरेको एक बर्षलाई बिश्लेषण गर्दा तुलनात्मकरुपमा महिलामाथि सबैभन्दा बढी घरेलु हिंसा भएको पाईयो। यसैगरी जघन्य अपराधमा बलात्कार र हत्या , कुटपटि र बेचबिखन अनि बोक्सीको आरोपमा महिलामाथि गरिने र्दुब्यबहारका घटनामा कुनै कमी आएन।

बलात्कार

चैत महिनामा मात्रै ३० वटा बलात्कारका घटना भएका छन्। यी मध्ये यो महिनामा मात्रै ४ वटा सामुहिक बलात्कारका घटना सार्बजनि भएका छन्। कैलालीमा १० बर्षिया बालिका, बाजुरामा १४ बर्षिया बालिका र एक श्रवण शक्ति नभएकी महिलामाथि सामुहिक बलात्कार भएको छ। यसैगरी रुकुममा महिलालाई सामुहिक बलात्कार गरी रकम समेत लुटेर लगेको खबर सार्बजनिक भएको छ। साथै धनुषा जिल्लाको सदरमुकाम जनकपुरमा एकजना महिला, प्रहरीचौकी भित्र बलात्कृत भएकी छन्। नुवाकोटमा एकजना पुरुषले आफ्नै साथीकी चार बर्षिया छोरीलाई बलात्कार गरेका छन्। हाम्रो जस्तो पितृसत्तात्मक सामाजिक संरचना जहा बलात्कारको कुरा गर्दा बलात्कारी होईन पीडितले सजाय पाउने स्थिति छ त्यँहा यो संख्या हामीले प्राप्त गरेको भन्दा धेरै छ भन्ने हामीले सहजै अनुमान लगाउन सक्छौ।

हत्या

चैत महिनामा ९ जना महिलाको हत्या भएको छ। ईलाममा कुखुराको चल्ला हराएको झोकमा बाबुले आफ्नी ११ बर्षिया छोरीको हत्या गरेका छन्। घर झगडाका कारण कञ्चनपुरमा देवरले आफ्नै भाउजुलाई बन्चरोले हानी हत्या गरेका छन् भने बीरगञ्जमा एउटा खन्तीको बिषयलाई लिएर शुरु भएको बिबादमा जेठाजुले बुहारीको हत्या गरेका छन्।

 

   चैत महिनामा घरेलु हिंसा का ३२ वटा घटना हामीलाई प्राप्त भएका छन्। फागुन महिनामा ४१ जना महिलाले आफ्नै परिबारबाट यातना पाएका थिए। यो महिना महिलामाथि हुने घरेलुहिंसाका घटना केही कम देखिएको छ। पारिवारीक र सामाजिक कारणले घरेलुहिंसाबाट पिडीत महिलाहरु उजुरीका लागि जाने वा आफुमाथि भएको हिंसालाई बाहिर ल्याउने आँट गर्न सक्दैनन्। तैपनि पछिल्लो समयमा उजुरी गर्ने क्रम बढेको देखिन्छ। महिलाहरुले आफुमाथि भएको हिंसा सहेर बस्ने मौनताको संस्कृतिले पीडकहरुलाई कार्बाहीको दायरामा ल्याउन नसक्दा हिंसा गर्ने प्रबृत्ति बढेको देखिन्छ ।  यसैगरी चैत महिनामा १३ जना महिलालाई बोक्सीको आरोपमा दुर्ब्यबहार र मानसिक यातना दिईयो, ७५ जना महिलामाथि कुटपीट भयो।

 

चैत महिनामा महिला माथि भएका हिंसाका घटनाको प्रकार र संख्या यसप्रकार रहेको छ।

क्र.सं.  हिंसाको प्रकार    संख्या
१    घरेलु हिंसा    ३२
२    कुटपिट      ७५
३    बलात्कार    ३०
४    हत्या           ९
५   सामाजिक हिंसा  २०
६    बेचविखन        १२
७   मानसिक यातना  २६
८   बोक्सीको आरोप    १३
   जम्मा                २१७
 
स्रोतः ओरेक नेपाल
बिभिन्न पत्रपत्रिका                                 
 
                                                                                                                          दुर्गा कार्की
                                                                                                                         संचार संयोजक 
                                                                                                                           ओरेक नेपाल
 
 
 

Filed under:

Reply

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.
19 + 1 =
Solve this simple math problem and enter the result. E.g. for 1+3, enter 4.