WOREC Nepal

Reply to comment

आम हडतालमा मानवअधिकार अनुगमन

Printer-friendly versionSend to friend

 

 

नेकपा माओबादीद्वारा आव्हान गरिएको आमहडतालको ओरेक नेपाल र महिला मानवअधिकार रक्षक राष्ट्रिय सञ्जालले संयुक्त रुपमा अनुगमन गर्यो।  एकिकृत नेकपा माओबादीले अर्न्तराष्ट्रिय श्रमिक दिवश मे १ (बैशाख १८) को अवशरमा काठमा48डौको खुलामञ्चमा  गरेका बिशाल जनसभा र बैशाख १९  गतेदेखि शुरु गरेको आमहडतालको ओरेक नेपाल र महिला मानवअधिकार रक्षक  राष्ट्रिय सञ्जालले संयुक्तरुपमा निरन्तर अनुगमन गरे।  आुगमनका क्रममा अनुगमन टोलीहरु  माओबादीले  आन्दोलन केन्द्रित गरेका काठमान्डौका बिभिन्न चोकहरुमा खटिएका थिए।  मुख्य मुख्य चोकहरु काठमान्डौको रत्नपार्क, सुन्धारा, पुतलीसडक, नँया बानेश्वर , कोटेश्वर, कलंकी, शामाखुसी, गोंगबु र ललितपुरको जाउलाखेल, लगनखेल, कुपन्डोल लगायतका ठाउँको अनुगमन गरिएको थियो। अनुगमनका क्रममा आमहडताल शान्तिपुर्ण पाईएको थियो भने आन्दोलनकारीहरु संयमित भएर नाचगान र मनोरञ्जन गर्दै बसेका थिए। आन्दोलनको चौथो दिन बैशाख २२ गते बुढानीलक‌ठ र जोरपाटीमा आन्दोलनकारी र स्थानिय बासिन्दाबीच झडप भएको थियो भने भक्तपुरमा  २ राउनड गोली चलेको थियो। यस घटनामा एकिकृत नेकपा माओबादी निकट वाइ सि एल र नेकपा  एमाले निकट युथफोर्सबीच एकअर्काले गोली चलाएको भन्दै आरोप प्रत्यारोप भयो। घटनास्थलबाट प्रहरीले २ वटा गोलीको खोका पनि फेला पार्यो तर गोली कसले चलायो भन्ने यकिन हुन सकेन। 
 
  यसैगरी बन्दका कारण अस्पतालमा खास गरी प्रसुतीका लागि अस्पताल आउने र सुत्केरी भईसकेपछि घर फर्कन  कस्तो परेको समस्या परेको छ भनेर काठमा48डौका प्रसुती गृह थापाथली, मोडल अस्पताल र त्रिभुवन बिश्वसबद्यालय शिक्षण अस्पतालमा अनुगमन केन्द्रित गरिएको थियो। बन्दमा महिलाहरुलाई असपतालमा आउन र घर फर्कन निके समस्या परेको पाईएपछि यसलाई ध्यानमा राख्दै  बैश्ााख २४ गते आम हडतालको साँतौ अन्तिम दिन प्रसुतीगृह थापाथलीबाट ५६ जना सुत्केरी महिलालाई एम्बुलेन्सको ब्यबस्था गरी न्युनतम भाडामा घर फर्कने ब्यबस्था मिलाईएको थियो।  यस अवशरमा केही संस्थाहरुले निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएका थिए।   

Filed under:

Reply

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.
7 + 4 =
Solve this simple math problem and enter the result. E.g. for 1+3, enter 4.