Home :: Press Release :: Contact :: Login
मिति २०६७ असार १०
पृष्ठभुमी
लैङ्गिक बिभेदमा आधारित हिंसा विरुद्ध सबै सरोकारवाला क्षेत्र र निकायलाइ बिषयप्रति अवधारणागत स्पष्टताका लागि नेपाल सरकार, संयुक्त राष्ट्रसंघ जनसंख्या कोष र बिभिन्न संघ संस्थाको पहलमा लैङ्गिकतामा आधारित हिंसा रोकथाम तथा प्रतिक्रियासम्बन्धी कार्यशालाहरु बिभिन्न ठाउँमा आयोजना गरिएको छ। नेपाल सरकार, संयुक्त राष्ट्रसंघ जनसंख्या कोष र ओरेक नेपालले संयुक्तरुपमा गरेको कार्यशालामा स्थानिय प्रशासनका प्रमुखहरु, सुरक्षा निकाय प्रतिनीधिहरु, स्वास्थ्यकर्मी, कानुन ब्यबसायीहरु र बिभिन्न गैरसरकारी संघ संस्थाका प्रतिनीधिहरु सहभागी छन्। खासगरि हिंसामा परेका महिलाहरु स्वास्थ्य परिक्षणका लागि स्वास्थ्यचौकी जाँदा उनीहरुको शारिरीक चोटपटकको मात्र उपचार गरिने तर उसलाई परेको मानसिक असरको लेखाजोखा नहुने भएकाले यस्ता कार्यशालाले हिंसा पीडितलाई परेको मानसिक असरको उपचार अर्थात मानोबिमर्शका लागि सहयोग पुर्याउने छ।
यो संगै यी क्षेत्र र निकायहरुले हरेक लैङ्गिक हिंसालाई आफ्नो कार्यक्षेत्रमा संबेदनशील भएर छानबीन लागि पहल गर्न सहयोग पुगोस भन्ने उद्देश्ले अन्य संघ संस्थाले पनि यस्ता खालका कार्यक्रमहरु आयोजना गर्दै आएका छन्।
सरकारद्वारा घोषित लैङ्गिक हिंसामुक्त बर्ष सन् २०१० लाई लक्षित गरि यसलाई सफल बनाउन यस्ता कार्यक्रम ल्याईएको हो।
बिभिन्न सरकारी निकायहरु जस्तै प्रहरी, प्रशासन, अदालत जस्ता निकायमा लैङ्गिक हिंसाका मुद्दामा कार्बाहि अघि बढाउदा लैङ्गिक संबेदनशीलताको अभाव खड्किएको भन्ने कुरा अधिकारकर्मीहरुबाट हामीले सुन्दै आएको हो। त्यसैले यी यस्ता खालका कार्यक्रमले आगामी दिनमा यी कमी कमजोरी हटाउन मद्दत मिल्ने छ भन्ने आशा गर्न सकिन्छ ।
बिषयबस्तु :
बैशाख महिनाको तुलनामा महिलामाथि भएका हिंसाका घटना जेठमा फेरी बढेको छ । गत महिना महिला माथि १२४ वटा हिंसाका घटना भएका थिए भने जेठ महिनामा देशभरीबाट १ सय ५७ वटा महिलामाथि भएका हिंसाका घटनाको तथ्याङ्क ओरेक नेपाललाई प्राप्त भएका छन। यो महिना पनि पुर्बाञ्चलमा महिलामाथि सबै भन्दा बढी हिंसाका घटना भएका छन्। पुर्बाञ्चलको बिराटनगरबाट ४५ वटा महिलामाथि भएका घटना हामीलाई प्राप्त भएका छन्। पुर्बी तराईमा सिराहामा ९ , मध्यपश्चिमको दाङ्ग मा १६ उदयपुरमा ३३ वटा महिलामाथि भएका हिंसाका घटना हामीलाई प्राप्त भएका छन्।
घरेलु हिंसा
जेठ महिनामा घरेलु हिंसा का २४ वटा घटना हामीलाई प्राप्त भएका छन्। बैशाख महिनामा १९ जना महिलाले आफ्नै पविारबाट यातना पाएका थिए। यो महिना महिलामाथि हुने घरेलुहिंसाका घटना बढेको छ। पारिवारीक र सामाजिक कारणले घरेलुहिंसाबाट पिडीत महिलाहरु उजुरीका लागि जाने वा आफुमाथि भएको हिंसालाई बाहिर ल्याउने आँट गर्न सक्दैनन्। घरेलुहिंसा सम्बन्धि कानुन आएको बर्ष दिन बितिसक्दा पनि यो कार्यान्वयनमा आउन नसक्दा हिंसा पीडित महिलाहरुले त्यस ऐनमा ब्यबस्था भए अनुसारको कानुनी उपचार पाउन सकेका छैनन्।
हत्या
जेठ महिनामा ९ जना महिलाको हत्या भएको छ। सर्लाहीमा दाईजो नल्याएको निहुँमा १८ बर्षिया यूवतीको परिवारले हत्या गरेका छन् । ईलामको सोयाकमा खानेपानीको बिबादमा छोराले आफ्नै असी बर्षिया आमाको हत्या गरेका छन्। मकवानपुर डाँडाखर्ककी ३५ बर्षिया आशामाया स्याङतानलाई बोक्सीको आरोपमा हत्या गरिएको छ। हत्याको आरेापमा प्रहरीले केहीलाई पक्राउ गरेको छ भने रौतहठको गौरमा श्रीमानले आफ्नी श्रीमतीलाई छुरा प्रहार गरी हत्या गरेका छन्।
यसैगरि जेठ महिनामा २१ जना महिला बलात्कारको शिकार भएका छन्। काठमा48डौ कै बाँसबारीमा एक महिलाको सामुहिक बलात्कार भएको छ। धरानमा एक किशोरी सामुहिक बलात्कारको शिकार भएकी छिन। मानसिक रुपमा बिक्षिप्त ती किशोरीको शारिरीक तथा मानसिक उपचार अहिले ओरेक नेपाल बिराटनगरले गरिरहेको छ।
यसैगरी जेठ महिनामा ८ जना महिलालाई बोक्सीको आरोपमा दुर्ब्यबहार र मानसिक यातना दिईयो, ५७ जना महिलामाथि कुटपीट भयो भने २८ जना म हिलाले बिभीन्न आरोपमा मानसिक यातना पाएका छन्।
ंजेठ महिनामा महिला माथि भएका हिंसाका घटनाको प्रकार र संख्या यसप्रकार रहेको छ।
क्र.सं. हिंसाको प्रकार संख्या
१ घरेलु हिंसा २४
२ कुटपिट ५७
३ बलात्कार २१
४ हत्या ९
५ सामाजिक हिंसा २
६ बेचविखन ८
७ मानसिक यातना २८
८ बोक्सीको आरोप ८
९ बेपत्ता २
जम्मा १५७
स्रोतः ओरेक नेपाल
बिभिन्न पत्रपत्रिका
दुर्गा कार्की
संचार संयोजक
ओरेक नेपाल, बालकुमारी, ललितपुर