WOREC Nepal

Reply to comment

महिला मानब अधिकार रक्षकमाथि भएको कुटपिटको घटनाप्रति राष्ट्रिय सञ्जालको गम्भीर ध्यानाकर्षण

Printer-friendly versionSend to friend

                                                          प्रेस–विज्ञप्ती 

सिरहा जिल्लाको पडरिया गाबिसमा बहुबिबाह रोक्नका लागि पहल गर्दा महिला मानब अधिकार रक्षकहरुमाथि  भएको कुटपिटको घटनाप्रति महिला मानब अधिकार रक्षक राष्ट्रिय सञ्जालको गम्भीर ध्यानाकर्षण भएको छ। 
सिराह पडरिया गाबिसका एक युवकले बहुबिबाह गर्न खोजेका र सो को अनुगमन गरिदिन उनकी जेठी श्रीमतीले महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाल सिराहामा निवेदन दिएपछि महिला मानब अधिकार रक्षकहरुको एक टोली अनुगमनका लगि घटनास्थल गएको थियो। घटनाका बारेमा बझ्न गएका  महिला मानबअधिकार रक्षक संजाल सदस्यहरु सुनिता रसाईली, रिक्मा बिश्वकर्मा, रेणुका कर्ण लगायत पाँचजनामाथि असार २३ गते सिराहको धनगढी गाविस–१ छपराडी चौकमा केटी पक्षका आफन्तलेे बिबाह रोकाउन खोजेको आरोपमा निर्ममतापूर्वक कुटपीट गरेका छन्।  
    सिरहाको पडरिया गाविस ५ निवासी सुनिल चौधरीलेे चैत महिनामा सप्तरीको भगंहा गाबिस निवासी दलित युवतीसंग पहिलो प्रेम बिबाह गरेको चार महिना पनि नबित्दै परिवारको दबाबमा फेरी अर्को विवाह गर्न खोजेकोले उक्त कार्य रोक्न सुनिलकी श्रीमतीले महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाल सिराहामा निवेदन दिएर सहयोगको लागि आग्रह गरेकी थिइन्। 
    समग्र मानवअधिकारको संरक्षण तथा महिलामाथि हुने हिसांविरुद्ध काम गर्ने सक्रिय महिला मानवअधिकार रक्षकहरुमाथि महिला हिंसाको घटना अनुगमन गर्न गएको बेला  सुनियोजित ढगंले प्र्रहरी कै अगाडी सयौं जनाको समुहले अमानविय रुपमा गरेको उक्त कुटपिट घटनाको सञ्जाल लगायत सम्पुर्ण महिला अधिकारकर्मीहरु घोर भर्त्सना गर्दछौं। साथै महिला मानवअधिकार रक्षकहरुलाई महिलामाथि हुने कुनै पनि हिंसाका घटना वा मानवअधिकार उल्लंघनको घटनामा जाँदा उनीहरुको सुरक्षाको व्यवस्था स्थानिय प्रशासनले गर्न सर्वोच्च अदालतले निर्देशनात्मक आदेश जारि गरिसकेको अवस्थामा प्रहरी कै अगाडी महिला मानवअअधिकार रक्षकहरु कुटिएको यो घटनाले हामीलाई झन मर्माहत बनाएको छ। 
 
साथै नेपाल सरकारले सन् २०१० लाई महिला हिंसा विरुद्धको वर्षको रुपमा  घोषणा गरेका अभियानको हामी मध्यमा छौ , तरपनि महिला माथिको हिंसा दिनानुदिन वढिरहेको छ। महिला हिंसा न्युनिकारणका लागि लाग्ने महिला मानवअधिकार रक्षकहरु म्ाहिला हिंसाका घटना उठान गरेकै कारणले दिनानुदिन हिंसामा परिरहेका छन्।     
 यस घटनामा नेतृत्व लिने धनगढी र भवानीपुर गाबिस निवासी सूर्या चौधरी, अस्मितलाल चौधरी, कृष्ण चौधरी लगायतका व्यक्तिहरुलाई तुरुन्त कार्वाहीको लागि नेपाल सरकारसंग जोडदार माग गर्दछौं र सो समयमा संगै रहेका सुरक्षाकर्मीहरुले महिला मानवअधिकार रक्षकहरुको सुरक्षाको लागि किन पहल गर्न सकेनन् सो को जवाफ समेत हामी नेपाल सरकारसंग माग गर्दछौं।  
 
                                                                                                          टिका दाहाल
                                                                                                             सचिव
                                                                                                महिला मानवअधिकार रक्षक राष्ट्रिय 
 

Filed under:

Reply

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.
1 + 10 =
Solve this simple math problem and enter the result. E.g. for 1+3, enter 4.