WOREC Nepal

Reply to comment

महिलाहरुद्वारा राष्ट्रिय सहमतिको सरकार गठनको माग

Printer-friendly versionSend to friend

         राष्ट्रिय सहमतिको सरकार गठन गर्न माग गर्दै महिला मानब अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालको आयोजनामा २०६७ असारको २७ र २८ गते  संविधान सभाको भवन अगाडि धर्ना र प्रदर्शन गरियो। राष्ट्रिय सरकारको गठनबिना शान्ति प्रक्रिया निष्कर्षमा पुग्न नसक्ने र संबिधान निर्माण हुन नसक्ने भन्दै महिलाहरुले संबिधान सभा भवन अगाडि धर्ना दिएका हुन। देशमा संक्रमणकालिन अबस्था लम्बिदै जाँदा मुलुकमा अराजता बढ्ने र

यसको प्रत्यक्षमारमा महिलाहरु पर्ने भएकाले संबिधान निर्माणका लागि राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने माग गर्दै उनीहरुले धर्ना दिएका हुन्। यसक्रममा बिभिन्न पार्टिका सभासदहरु धर्नामा आई आफुहरुले पनि राष्ट्रिय सहमतिको सरकारको गठनका लागि पहल गरिरहेको र दबाब दिईरहेको जानकारि दिएका थिए। महिला हिंसा अन्त्यको लागि वातावरण तयार गर्ने महत्वपुर्ण आधार पनि राष्ट्रिय सरकार भएको आम महिलाहरुको ठहर छ। 
विशेष गरी तीन ठूला राजनीतिक दलहरुले नागरिकहरुको भावनाको कदर गर्दै बृहत शान्ति संझौताको पालना गर्दै सहमतिको सरकार निमार्ण गरी समयमा नै संविधान निमार्णका लागि लाग्न महिलाहरुले  अनुरोध गरेका थिए । 

धर्ना कार्यक्रममा प्रतिक्रिया दिदै महिला मानब अधिकार राष्ट्रिय सञ्जालका राष्ट्रिय संयोजक डा रेणु राजभन्डारीले शान्ति प्रकृयालाई निष्कर्षमा पुर्‍याउनका लागि, थपिएको समय भित्र राम्रो हाम्रो संविधान निमार्ण, महिला हिंसा अन्त्य गर्न वातावरण निमार्णका लागि र दन्डहिनताको अन्त्यका लागि राष्ट्रिय सहमतिको सरकार अपरिहार्य भएको बताउनुभयो 

देशमा स्थाई शान्ति र राज्य पुर्नसंरचनाका लागि   १९ दिने जनआन्दोलनमा थुप्रै नेपालीहरुले आफ्नो ज्यानको आहुती दिएका थिए।  उनीहरुको वलिदानीको एउटै कारण थियो नेपालमा  दिगो स्थाई शान्ति , तर वृहत शान्ति संझौता हुदै संविधान सभाको निर्वाचन पछि पनि नेपाली नागरिकहरुले शान्तिको महसुस गर्न पाएका छैनन् 
 
 
 
मुलकमा झन अशान्ति र हत्या हिंसा घटना बढिरहेका छन्। आम नागरिकले चाहेको  देशमा दिगो शान्ति नयाँ संविधानको निमार्णपछि मात्रै संभव छ। 
  संबिधान निर्माणका लागि अहिलेको आवश्यकता भनेको सबै राजनीतिक दल एकै ठाउँमा रहेर सहमतिको सरकार निमार्ण गर्नु हो। कुनै पनि एक दल वाहिर रहेर देशमा संविधान निमार्ण गर्न सकिने अवस्था छैन।

राजनीतिक दलहरुको खिचातानि र लडाईले देश अनिर्णयको वन्दि वनिरहेको छ। नागरिकहरुको भावनालाई वेवास्ता गर्दै राजनीतिक दलहरु सत्ताका लागि लडिरहेका छन्। जस्को फलस्वरुप नागरिकहरुमा विस्तारै निराशा छाउदै छ र फेरी अर्को विद्रोह हुने संभावना बढेको छ।  
    देशमा रहेको यो अवस्थाको सबै भन्दा वढिमार महिलाहरुले भोग्नु परिरहेको छ। दिन दिनै महिलाहरुमाथि हत्या, वलात्कार, कुटपिट जस्ता हिंसा बढिरहेका अवस्था  छ।  महिलाहरुले आफुमाथि भएको हिंसाको न्याय खोज्न जाँदा न्याय पाएका छैनन् र उनीहरुले यो बारेमा भन्ने ठाउँ पनि छैन।  देशमा जति लामो संक्रमणकाल हुन्छ त्यसको सबै भन्दा बढि र भयावह असर महिलाहरुमा पर्ने  र परिरहेकाने कुरा कसैबाट छिपेको छैन ।  त्यसकारण पनि आम नेपाली महिलाहरु छिटो भन्दा छिटो सहमतिको सरकार गठन गरि समयमा नै राम्रो र हाम्रो संविधान निमार्ण गर्नका लागि राजनीतिक दलहरुलाई दबाब र  आग्रह गर्नुपर्छ । आम नेपाली महिलाहरुको अहिलेको माग भनेको सहमतिको सरकार गठन गरी महिला हिंसा अन्त्यको लागि वातावरण तयार गर भन्ने नै हो। विशेष गरी तीन ठूला राजनीतिक दलहरुलाई नागरिकहरुको भावनाको कदर गरि बृहत

शान्ति संझौताको पालना गर्दै सहमतिको सरकार निमार्ण गरी समयमा नै संविधान निमार्णका लागि लाग्नका लागि हार्दिक अनुरोध छं। 
 
 
 
 

Filed under:

Reply

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.
17 + 1 =
Solve this simple math problem and enter the result. E.g. for 1+3, enter 4.