WOREC Nepal

Reply to comment

दोस्रो महिला सामाजिक मञ्चको पहिलो दिन आयोजित र्‍याली

Printer-friendly versionSend to friend

आदरणीय महानुभावहरु,

विषय : र्‍यालीमा सहभागी भईदिने बारे

सदियौदेखि पछाडि पारिएका, शोषण र दमनका कारण आर्थिक, सामाजिक र राजनैतिक रूपमा सीमान्तिकृत समूदायका दमित आवाजलाई बुलन्द गरी शक्ति, सत्ता र स्रोतलाई नियन्त्रणमा राख्ने शक्तिलाई सचेत र सजग गराउँदै नसुनिएका आवाजहरुलाई बुलन्द पार्ने एक महत्वपुर्ण थलो हो सामाजिक मंच । सामाजिक मञ्चको माध्यमबाट राज्यले आफूहरूमाथि गरेका विभेद, राजनैतिक दलहरूले खेलेको गैरजिम्मेवारपूर्ण भूमिका, समाजमा विद्यमान दण्डहीनता र वर्तमान विभेदपूर्ण सामाजिक, आर्थिक तथा राजनैतिक अवस्थाका कारणले आम नेपाली नागरिकमा परेको प्रभावको अवस्था र भोग्नु परेका समस्यामा छलफल गरि बिभिन्न फरक समस्या भएका,पछाडि पारिएका सिमान्तकृत समुदायका मुद्दालाई साझा समस्याका रुपमा एकिकृत मुद्दा बनाएर अघि बढ्न यहि २०६७ चैत्र १ र २ गते काठमाण्डौमा सामाजिक न्याय र समानतामा आधारित लोकतान्त्रिक नेपाल सम्भव छ– हामी बनाउँछौँ भन्ने मुल नारा सहित दोस्रो महिला सामाजिक मञ्चको आयोजना गर्न लागिएको ब्यहोरा यहाँहरुलाई सहर्ष जानकारी गराउन चाहन्छौं ।

यसै शिलशिलामा कार्यक्रमको पहिलो दिन र्‍यालीबाट कार्यक्रमको शुरुवात गर्न लागिएको हुँदा र्‍यालीमा यहाँहरु सबैको उपस्थितका लागि हार्दिक अनुरोध गर्दछौँ ।

मिति : २०६७ चैत्र १ गते

समय : बिहान १०:३० बजे

र्‍यालीको रुट : भद्रकाली (मन्दिर अगाडि) मा भेला भई सुन्धारा–रत्नपार्क–पुरानो बसपार्क–प्रदर्शनीमार्ग हुँदै भृकुटिमण्डपसम्म

सहयोगका लागि धन्यवाद ।

Filed under:

Reply

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.
7 + 11 =
Solve this simple math problem and enter the result. E.g. for 1+3, enter 4.