Home :: Press Release :: Contact :: Login
मिति ः २०६८ माघ २४
प्रेश विज्ञप्ती
हिंसारहित समाजमा सम्मानपूर्वक बाँच्न पाउनु मानिसको नैसर्गिक अधिकार हो । यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनहरुले पनि पुष्टी गरेको छ । नेपालले महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन महासन्धी १९९१ मा, महिला अधिकारको दमन र यौन शोषण सम्बन्धी महासन्धी १९९५ मा अनुमोदन गरीसकेको अवस्था छ । महिला अधिकार सम्बन्धी अन्तराष्ट्रिय कानुन देखि लिएर महिला हिंसा अन्त्यकालागि नेपालका विभिन्न ऐन तथा कानुन र सर्वोच्च अदालतले दिएको निर्देशनले पनि महिलामाथि हिंसा गर्नु अपराध हो भनिएको छ । तर महिला हिंसाकै कारण यस माघ महिनामा मात्र ११ जना महिला तथा बालबालिकाले ज्यान गुमाउनु परेकोमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।
११ जना मध्ये धेरै घरेलु हिंसाका कारण हत्या गरिएका छन् भने केहि महिलाले सामाजिक कुरीति र कुसंस्कारका कारण, छाउपाडी वार्दा गोठमा मृत्यूवरण गर्न परेको छ त केहिले दाइजो कम भएको कारण ज्यान गुमाएको तथ्यांकले देखाउछ । केहि बालिका तथा महिलाले यौन दुव्र्यवाहार र बलात्कारका शिकार भै ज्यान गुमाएका छन् । महिला भएकै कारण विभिन्न खालका यातना सहदै मारिनुमा राज्य पनि दोषी छ । छाउपडी प्रथालाई मिति २०६३ बैशाष २६ गतेको मन्त्री परिषद्को बैठकले कुरीति घोषणा गरी निर्देशिका जारी गरी सकेको अवस्थामा पनि २ जना महिलाले यही महिना ज्यान गुमाएका प्रति हाम्रो आपत्ती छ ।
यौनजन्य हिंसा, दाइजो प्रथा, बोक्सीको आरोप, छाउपडी जस्ता सामाजिक कुरीति र कुसंस्कार र घरेलु हिंसाका कारण करिब १५ दिनमा ११ जना महिला तथा बालिकाको हत्या भएको प्रति पुःन सबै निकायको ध्यानकर्षण गराउदै सरकारी निकाय, नागरिक समाज, संचार माध्यम, राजनीतिककर्मी प्रति महिला हिंसा अन्त्य गर्न आवश्यक संयन्त्रको विकास गराउदै दोषीलाई कडा भन्दा कडा सजाय र आगामी दिनमा यस्तो अपराध हुन बाट जोगाउन आह्वान गर्दछौं ।
बाबुराम गौतम
कार्यकारी निर्देशक
ओरेक,नेपाल
बालकुमारी, ललितपुर
| Attachment | Size |
|---|---|
| Press release on killed 11 women.doc | 113.5 KB |