WOREC Nepal

Reply to comment

प्रेश बिज्ञप्ति

Printer-friendly versionSend to friend

अधिकार सुनिश्चितताका लागि सहकार्य र जवाफदेहिताको माग सहित  महिला हिंसा बिरुद्धको १६ दिने अभियान को अर्को नँया बर्ष २००९ हाम्रो अगाडी आएको छ। लेटिन अमेरिकामा महिला आन्दोलनबाट शुरु भएको यस अभियानले संसारभरी महिलाहरुका बिबीध  र गंभीर बिषयमा भएका धेरै आन्दोलन लाई  नया दृष्टि दिन सफल भएको छ।  यस अभियानले  महिला हिंसा बिरुद्ध काम गर्ने  सबै सरोकारवालाहरुलाई १६ दिनसम्म एउटै थलोमा आएर  महिला हिंसा बिरुद्ध का आफ्ना आवाजहरुलाई अझै बलियो बनाउन मद्दत पुर्याएको छ। 

नोभेम्बर २५ देखि शुरु र डिसेम्बर १० अर्थात अर्न्तराष्टिरय  मानब अधिकार दिवशका दिन अन्त्य हुने    यो १६ दिने अभियानले महिलामाथि हुने हिंसालाई मानब अधिकार हनन्का रुपमा बिश्लेषण गर्ने अवशर प्रदान गर्दछ। महिला माथि हुने हिंसा बिरुद्धको  यो १६ दिने अभियानमा गरिने कार्यक्रमले महिलाहरुलाई आफुमाथि भएका र हुने गरेका हिंसाका बिरुद्धमा आवाज उठाउने एंव प्रतिरोध गर्ने क्षमतामा अभिबृद्धि गर्दछ। 

पित्तृसत्तात्मक मुल्य मान्यता, राजनेैतिक संचनाका कारण उनीहरुमाथि हिंसा हुने क्रम पनि बढ्दो छ। महिलामाथि हुने हिंसा बिरुद्ध महिलाहरुको बढ्दो प्रतिरोध गर्ने क्षमतालाई समेत  यो अभियानले उर्जा थप्छ , त्यसकारण पनि यस अभियानलाई उत्सबका रुपमा मनाईन्छ। मानब अधिकारको बिश्वब्यापी घोषणापत्र जारी भएको ६० बर्ष पुगिसकेको छ। देशमा लोकतान्त्रिक ब्यबस्था स्थापित भईसकेको छ तर अझसम्म पनि देशमा महिलाहरुको मानब अधिकार सुनिश्चित हुन सकेको छैन। शसस्त्र  द्धद्दद्धर्‍कालमा पिडीत र प्रभावित भएका महिलाहरु अझै न्यायको बाटो हेरीरहेका छन्। 

राजनैतिक परिबर्तनपछि पनि सामाजिक संरचना परिबर्तन हुन नसकेका कारण महिलाहरुमाथि बलात्कार, हत्या,बोक्सीको आरोप जस्ता हिंसा घट्नुको बढ्दो छ।

ऐतिहासिक संबिधानसभा मार्फत नया बन्ने संबिधानलाई लैंगिकमैत्री कसरी बनाउने भन्ने बहस  र यस सम्बन्धमा सुझाबहरु समीतिहरुलाई दिने क्रम अझै सकिएको छैन। संबिधान सभामा प्रतिनिधीत्व गर्ने १९७ जना महिला सभासदहरु पनि लैंगिकमैत्री संबिधान बनाउन प्रयासरत छन् तर पित्तृसत्तात्मक मुल्य मान्यताबाट हुर्केको हाम्रो जस्तो समाजबाट प्रतिनीधीत्व गरेका जन प्रतिनीधीहरुमा रहेको यस्तो सोचका कारण पछाडि पारिएका बर्ग,लिग‌ र समुदायका  अधिकारका कुरा, बन्न लागेको संबिधानमा समेट्न निकै कसरत गर्नु परेको र अझै गर्नुपर्ने कुरा कसैबाट लुकेको छैन।   त्यसैले यो  बर्षको १६ दिने अभियानलाई हामी संबिधान बनाउने काम समय मै सम्पन्न गर्न र  महिला माथि हुदै आएका सम्पुर्ण भेदभाबको अन्त्य गरी   उनीहरुका अधिकार, संबिधानमा सुनिश्चित गर्न पैरबी गर्ने र  दबाब दिन केन्द्रित गर्ने छौ। 

राज्यका तर्फबाट महिलाहरुको अधिकार सुनिश्चित गर्न र उनहिरुमाथि हुने हिंसालाई संबोधन गर्न केही पहलहरु नभएका भने होईनन्। जस्तै सन् २०१० लाई महिलामाथि हुने हिंसा बिरुद्धको बर्ष मनाउने सरकारको घोषणा, प्रधानमन्त्री कार्यालय अर्न्तगत महिला हिंसा बिरुद्धको ईकाई बनाउने पहल, अघिल्लो सरकारका प्रधानमन्त्रीले प्रत्येका गाबिसमा महिला हिंसा बिरुद्धका उजुरी केन्द्र स्थापना गर्ने र दाईजो प्रथालाई निषेध गर्ने भन्ने जस्ता प्रतिबद्धता, परिणाम मुलक नभएपनि महिलाहरुलाई केही  हौसला तत्कालीन रुपमा नदिएको होईन । यी सबै घोषणा महिलाअधिकारकार्मीहरूको सकृयता उनीहरुको पैरबी र दबाबमुलक कार्यक्रमले गर्दा हो भन्ने कुरा सबै सामु छर्लग‌ छ। उनीहरुको यही सक्रियताले गर्दा समाजका अपाग‌, दलित, कमलरी, आदीवासी, बेचबिखनबाट फर्किएकाहरू, लैिगक अल्पसंख्यक, बादी, मधेसी, एकल महिला, मुक्त कमैया, हलिया, सुकुम्बासी तथा अन्य विभिन्न समूहका आन्दोलनलाई सशक्त बनाएको छ र यौ अबवाजलाई राज्यले थेग्न नसकी बेलाबेलामा यस्ता घोषणा र सम्बोधन गर्ने हामीले बुझेका छौ। त्यसैले महिला हिंसावरूद्धको  यो १६ दिने अभियानले विभिन्न आन्दोलनमा संलग्न महिलाअधिकारकर्मीहरूले विविध सरोकारका विषयहरू र उनीहरूले सामना गर्नु परेका चुनौतीहरूको वकालत गर्दै उनीहरूको रूपान्तरण र पुनःसंरचनाको मुद्दालाई अगाडि ल्याउने विश्वास हामीले लिएका छौँं।
 
हाम्रा यिनै विश्वासहरूलाई कार्यक्रममा रूपान्तरित गर्न महिला हिंसाविरूद्धको १६ दिने अभियानले महिलाअधिकारमा कार्यरत सम्पूर्ण अधिकारकर्मीहरूलाई एउटा थलो प्रदान गर्नेछ। यस अभियान अन्तरगत गर्ने कामहरूले महिला हिंसाविरूद्ध महिलाहरूको संगठित प्रतिरोधलाई बाहिर ल्याई एक अर्कामा आङ्गना सफलता र चुनौतिहरू साटासाट हुनेछन्। महिलाहिंसामा सम्पूर्ण मानवअधिकार तथा महिलाअधिकारकर्मीहरू, संवेदनशील राजनैतिककर्मीहरू, नागरिक आन्दोलनका अगुवाहरू अब चुप लागेर बस्ने छैनन् भन्ने स्पष्ट सन्देश प्रवाह हुनेछ।  
                                     
डा. रेणु राजभण्डारी  
संयोजक
महिला मानब अधिकार रक्षकहरुको राष्टिरय संजाल
अध्यक्ष      
महिला पुनर्स्थापना केन्द्र

मंसिर ९ गते मंगलबार

Filed under:

Reply

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.
17 + 3 =
Solve this simple math problem and enter the result. E.g. for 1+3, enter 4.