WOREC Nepal

Reply to comment

बोक्सीको आरोपमा महिलामाथि हुदै आएको यातनाका बारेमा ओरेक नेपालमा आएका तथ्याङ्कका आधारमा तयार पारिएको प्रतिवेदनको अबधारणपत्र

Printer-friendly versionSend to friend
Basic Information
Start Date: 
विही, 2009-12-10 (All day)

परम्परादेखि नै महिलाहरुले विभिन्न किसिमका हिंसा तथा विभेदकारी  आरोप प्रत्यारोपहरु व्यहोरदै आएको तितो यर्थाथतालाई हामी नर्कान सक्दैनौ। पितृसत्तात्मक सामाजिक संरचना र असन्तुलित शक्ति सम्बन्धका कारण महिलाहरुले आफ्नो घर परिवार र समाजद्धारा गरिने विभेदकारी र हिंसात्मक यातनाहरु सहनु परेको अवस्था छ। महिला भएकै  कारण उनीहरुमाथि गरिने विभेद र द48डहिनताका कारण बढेको हिंसाजन्य अपराधका कारण वर्षेनि धेरै नेपाली महिलाहरुले ज्यान गुमाउनु परिरहेको छ भने कयौं अपाङ्ग समेत भएर बाँच्नुपरेको हामीले सुनेका र देखेका छौं। २१ औं शताब्दीसम्म आई पुग्दा पनि नेपाली महिलाहरुले सामाजिक, शारीरिक, यौनजन्य हिंसाहरु भ्ाोग्नु  परिरहेको छ तर उनीहरुलाई न्यायको लागि पँहुच छैन। यस्ता प्रकारका हिंसाबाट सबै भन्दा बढि प्रभावित हुनेहरुमा आर्थिक रुपले कमजोर वर्गका महिला, विधवा, वृद्ध, साधन र स्रोतमाथिको पहुँच र नियन्त्रणबाट टाढा रहेका महिलाहरु रहेका छन। यसरी महिला भएकै कारण उनीहरुमाथि हुने विभिन्न प्रकारका हिंसाहरु मध्ये पनि बोक्सीको आरोप लगाउनु र बोक्सीकै नाममा उनीहरुलाई मानव मलमुत्र समेत खुवाउने जस्ता सामाजिक, शारीरिक र मानसिक  हिंसाबाट धेरै महिलाहरु पीडित छन्। समाजमा मानिस होस वा गाईबस्तु बिरामी परेको वा मरेको ख48डमा त्यो समुदायमा सबै भन्दा कमजोर, विधवा, वृद्ध , साधन र स्रोतमाथिको पहुँच नभएका महिलालाई आरोप लगाईन्छ।  उसका कारण आफ्नो गाईबस्तु वा छोराछोरी मरेको आरोपमा दुर्ब्यबहार गरिन्छ। यसरी बोक्सीको आरोपका कारण  महिलाहरुलेे ज्यान समेत गुमाउनु परेका घटनाहरु विभिन्न संचार माध्यमहरुबाट सुन्नमा आईरहन्छन। वैज्ञानिक रुपमा कुुनै प्रमाण नभएको वा नदेखिने तर अत्यन्तै अन्धबिश्वासी र मनगढन्ते विचारलाई आधार बनाएर  महिलामाथि आरोप लगाउने र उनीहरुलाई यातना दिने कार्यहरु दिन प्रतिदिन बढ्दै गएको छ। हुन त नेपाल सरकारले महिलामाथि हुने सबै प्रकारका हिंसा विरुद्धको महासन्धि (सिड) लाई एक वाध्यकारी कानुनको रुपमा स्वीकार गरी सकेको छ तर पनि महिलामाथि हुने हिंसा र अप्रमाणित आरोप लगाई उनीहरुमाथि गरिने अमानविय यातनाहरु  कम हुन सकेको छैन। यद्यपी अहिले महिलाका पक्षमा धेरै सकारात्मक कानुनहरु बनेका भएपनि अझ व्यवहारीक रुपमा लागुहुन सकेका छैनन्। पिडकलाई राज्यले कडा सजाय दिन नसक्दा द48डहिनता मौलाएको छ र महिलामाथिको हिंसा बढ्दै गएको छ।  यसो हुनुको मुख्य कारण कानुनको फितलो कार्यान्वयन  हो भन्नु सार्न्दभिक हुन्छ। मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपनि महिलामाथि हुने यस्ता निकृष्ट खालका हिंसाको क्रम घट्नुको सट्टा झन बढिरहेका छन् ।
चरम रुपमा रहेको बोक्सीको आरोपका घटनाको तथ्याङ्क राख्ने साथै अपराधीलाई कारबाही गर्ने कार्यमा नेपाल सरकारको ध्यान अझै जान सकेको छैन। सरकारले घटना अभिलेखनको प्रयास नगरेको भए पनि केहि संघ संस्थाहरुको अभिलेखन प्रयासबाट  केहि मात्रामा घटनाका तथ्यांकहरु उपलब्ध भएको पाईन्छ। 
 
प्रतिवेदनको मुख्य उदेश्य : 

  •    बोक्सीको आरोपका घटनाहरुलाई समसामयिक मुद्धाका रुपमा उठान गर्ने र घटना प्रति राज्यलाई उत्तरदायी बनाउने 
  •  नेपालमा कुन उमेर, जाति र महिलालाई कस्तो प्रकारको यातना दिईएको छ भनि हेर्न खोजिएको छ 
  •    पिडीतहरुलाई उचित न्याय दिलाउन र उनीहरुको सुरक्षाका लागि उपयुक्त संयन्त्र स्थापनाका लागि पैरबी गर्न 


 
तथ्याक संकलनका विधिहरु
यस प्रतिवेदनमा ओरेक नेपालको अभिलेखन शाखामा सन् २००७ देखी २००९ सम्म रेर्कड भएका बोक्सीको आरोपका घटनाहरु साथै ओरेक नेपालको जिल्ला शाखा कार्यालयबाट संकलन गरेका घटनाहरुको विश्लेषण गरीएको छ। 
साथै यस अवधिमा विभिन्न पत्र पत्रिकाहरुमा प्रकाशित घटनाहरु र  जिल्ला प्रहरी कार्यलयहरुमा दर्ता भएका बोक्सीको आरोपका घटनाहरुलाई विश्लेषण गरी तयार पारिएको हो। प्रतिवेदन प्राथमिक तथा द्धितीय सा्रेतबाट प्राप्त घटनामा आधारित भई तयार परिएको हो। 
 
अध्यानका सिमाहरु :  विभिन्न जिल्लाबाट संकलीत बोक्सीको आरोपका घटनाहरुलाई समेटेर यो प्रतिवेदन तयार गर्ने भनिएको भए पनि धेरै जसो घटनाहरु ओरेक नेपालको तथ्यांक शाखामा र प्रहरी कार्यलयमा पनि दर्ता नभएको कारणले यो प्रतिवेदनले ओरेक नेपालको तथ्यांक शाखामा आएका, केहि प्रहरी कार्यलयहरुमा दर्ता भएका घटनाहरु साथ पत्रपत्रिकामा प्रकाशित घटनाहरुलाई मात्र समेटेर तयार पारिएको छ।
 
 
 

Filed under:

Reply

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.
10 + 3 =
Solve this simple math problem and enter the result. E.g. for 1+3, enter 4.