WOREC Nepal

Reply to comment

प्रेश बिज्ञप्ति

Printer-friendly versionSend to friend

                                                                                                       मिति २०६६।८।२५
 
 
समाचार लेखेको र आफ्नो बिचार राखेकै भरमा पत्रकारहरुमाथिको आक्रमण जारी छ। लेख मार्फत आफ्नो  बिचार राखेका कारण फेरी  रुकुमकी पत्रकार टीका बिष्ट माथि संघातिक आक्रमण भएको घटनाप्रति ओरेक नेपालको गम्भीर ध्यानाकर्षण भएको  छ। महिलाहरु  आफ्नो कार्यक्षेत्रमा कहिपनि सुरक्षित नभएको पुष्टि यो घटनाले गरको छ। सुरक्षा निकायमा प्रहरी पोशाक मै एकजना महिला प्रहरीलाई आफ्नै सहकर्मीहरुले सामुहिक बलात्कार गरेको घटना सेलाउन नपाउदै अर्की महिलामाथि कार्यक्षेत्र मै अति अमानबिय र संाघातिक आक्रमण भएको छ ।  देशमा लोकतान्त्रिक गणतन्त्र आईसकेको छ। अन्तरिम संबिधानले अभिब्यक्तिको स्वतन्त्रता र  स्वतन्त्र रुपमा लेख्न र आफ्नो बिचार राख्न पाउने अधिकारको ग्यारेन्टी गरेको छ। तर समाचार लेखेकै निहुमा चोथो अगंमाथिको आक्रमण जारी रहनुले मुलुक उनीहरुको सुरक्षाप्रति उदासिन रहेको प्रतित हुन्छ।  धनुषा की पत्रकार उमा सिंहको हत्या भएको एक बर्ष पनि नपुग्दै ज्यान मार्ने नियतले नै रुकुम की पत्रकार टिका बिष्ट माथि  आक्रमण भएको छ।  
  महिला हिंसा बिरुद्धको १६ दिने अभियान जारी भएकै बेला मुलुकको चौथो अंग मानिने संचारकर्मी र त्यसमा पनि महिलामाथि भएको यो आक्रमणलाई दन्डहिनताले निम्त्याएको पराकाष्टको रुपमा बिश्लेषण गर्न बाध्य बनाएको  छ। मुलुकमा राज्यविहिनताको स्थितीले नागरीक माथि बढदै गएको असुरक्षा र बाँच्न पाउने संबिधान प्रदत्त मौलिक अधिकार कुण्ठित हुदै गएको महसुस आम नागरीकले गर्न थालेका छन्। दोषीलाई दन्डसजाय दिन नसक्दा यस्ताखालका अपराधीक गतिबिधी बढ्दै गएको ठहर ओरेक नेपालले गरेको छ। त्यसैले यो घटनाको छिटो भन्दा छिटो निष्पक्ष छानबीन गरी संलग्न दोषी जोसुकै भएपनि कडा काबाही गर्न हामी सम्बन्धित निकायसंग जोडदार माग गर्दछौ। घाईते बिष्टको उपचारमा कुनै कन्जुस्याई नगर्न पनि हामी सरकारसंग माग गर्दछौ
   
                             
 
 
                                                                                                           डा.रेणु राजभ48डारी
                                                                                                             अध्यक्ष 
                                                                                                              ओरेक नेपाल 

Filed under:

Reply

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.
7 + 1 =
Solve this simple math problem and enter the result. E.g. for 1+3, enter 4.