WOREC Nepal

Reply to comment

मासिक प्रतिबेदन भदौ

Printer-friendly versionSend to friend
Basic Information
Author: 
दुर्गा कार्कि
Editor: 
दुर्गा कार्कि
Published: 
शनि, 2009-08-15

पृष्ठभुमी
सरकारले सन् २०१० मा नेपाललाई लैगिंक बिभेद बिरुद्धको बर्ष मनाउने घोषणा गरेको छ। 
सरकारी तर्फबाट प्रधानमन्त्रीले नै यो अभियानको शुरुवात गर्नु निकै सकारात्मक कुरा हो।  अभियान शुरुवात गर्ने क्रममा प्रधानमन्त्री माधव कुमार नेपालले यो अभियानलाई सफल बनाउन ठुलो राजनीतिक प्रतिबद्धता चाहिने पनि बताउनुभयो। महिला अधिकारको क्षेत्रमा काम गर्नेलाई खट्केको सबैभन्दा ठुलो कुरा पनी महिला माथि हुने हिंसाको  नियन्त्रण  र  अन्त्यका लागि  राजनितीक प्रतिबद्धता हो। अहिले समुदायमा  महिला माथिका हिंसा हुन या अन्य अपराधिक गतिबीधी , यीनमा संलग्न पीडकलाई राजनितीक दलहरुले नै संरक्षण दिदा द48डहिनता  बढेको कुरा  आईरहेको छ। १
 
  यो संगै यस भन्दा अघिका सरकारले ल्याएका यस्ता अभियानहरु लाई निरन्तरता दिएर  अरु अभियान शुरु गर्दा केही न केही प्रतिफल  पाउन सकिन्थ्यो। प्रत्येक पटक नया सरकार आउदा केही नया काम शुरु हुन्छ तर त्यसलाई कार्यान्वयन गर्ने संयन्त्र नबन्दै सरकारबाट हटनु पर्छ, कि घोषणा गर्ने तर काम नगर्ने प्रबृत्ति बढी देखिन्छ।  यस अघि  माओबादी सरकारमा हुदा प्रधानमन्त्री प्रच48डले २०६५ साल माघमा गरेको सम्बोधनमा एक साता भित्र दाईजो प्रथा निषेध गर्ने र  एक महिना भित्र हरेक गाबिसमा घरेलु हिंसा उजुरी केन्द्र स्थापना गर्ने घोषणा गर्नुभएको थियो। 
 
   बिषयबस्तु             
साउनको तुलनामा महिला माथि हिंसा  भएका  हिंसाका घटना भदौ महिनामा अपत्यारिलो ढंगले बढेका छन्।   गत महिना महिला माथि ९० वटा हिंसाका घटना भएका थिए भने यो महिना  देशभरीबाट २ सय ५३ वटा महिला माथि भएका हिंसाका घटना ओरेक नेपाललाई प्राप्त भएका छन।  महिलामाथि भएका हिंसाका सबै भन्दा बढी घटना हामीलाई सुनसरी जिललाबाट प्राप्त भएको छ। ओरेक शाखा कार्यालय सुनसरीका अनुसार त्यस जिल्लामा ८७ जना महिला, हिंसाका शिकार भएका छन् , यी मध्ये  ११ जना  घरेलु हिंसाबाट पिडति भए भने ४० जना महिला माथि कुटपीट भएको छ। यसैगरी उदयपुरमा ३३ , कैलालीमा ३२ , दाङ्गमा २४ र धनुषा जिल्लामा ८ जना महिला बिभीन्न खाले  हिंसाका शिकार भएको तथ्याङ्क प्राप्त भएका छन्। 
 
घरेलु हिंसा
 
   साउन महिनाको तुलनामा भदौ महिनामा घरेलु हिंसा का घटना धेरै नै बढेका छन्। साउन महिनामा ११ जना महिला घरेलु हिंसा बाट पिडीत भएका थिए भने भदौ महिना ६१ जना महिलाले आफ्नै पविारबाट यातना पाएका छन्। श्रीमानको दिर्घायुको कामना गर्दै ब्रत बसेकी कञ्चनपुर की २४ बर्षिया ल73मी बिष्टलाई  श्रीमान तारा बिष्टले क्रुर यातना दिएका छन्। रक्सी खाने पैसा नदिएको निहुमा उनका श्रीमानले लट्ठीले निर्घात कुटेपछि त्यही लट्ठी श्रीमतीको यौनाङ्गमा घुसारेका थिए।  हाल उनी बिरुद्ध  सार्बजनिक मुद्धा दर्ता गरिएको छ। यसैगरी सुनसरीमा ३ महिनाको बच्चालाई नुहाईदिन साबुन माग्दा  श्रीमान राजकिशोर पण्डितले सुत्केरी श्रीमती ल73मीलाई मरणासन्न हुनेगरी कुटेर घरबाट निकालेका छन् भने काभ्रे जिल्लामा पनि श्रीमानले श्रीमतीलाई घर निकाला गरेका छन्।  महिला माथि भएका घरेलु हिंसाका यी केही उदाहरण मात्र हुन्।  यसरी महिलाहरु दिनप्रति दिन आफ्नै घर भित्रै असुरक्षित बनिरहेका छन्। सरकारले घरेलु हिंसा बिरुद्धको कानुन ल्याए पनि एक त त्यो पर्याप्त छैन भने भएको कानुनको  पनि  नियमावली नआउदा  कार्यान्वयन हुन सकेको छैन। 
 
हत्या 
   साउन महिनाको तुलनामा भदौ महिनामा झ48डै दोब्बर संख्यामा महिलाहरुको हत्या भएको छन्। साउन महिनामा बिभीन्न कारणले ८ जना महिलाको हत्या भएको थियो भने यो महिना १९ जना महिलाको हत्या भएको छ। रामेछापकामा एक ८० बर्षिया महिला घर भित्रै हत्या गरी सुनको गरगहना लुटिएको छ। रौतहटको गौरमा आफेनै श्रीमान राम बहादुर चौधरीले  श्रीमती जीतनी देवीको हत्या गरेका छन्। उनी अहिले प्रहरी हिरासतमा छन्। सप्तरीमा पनि श्रीमानबाटै श्रीमतीले ज्यान गुमाउनु परेको छ। सुतिरेहको अबस्थामा सप्तरी मा श्रीमान अमरलाल चौधरीले २७ बर्षिया श्रीमती पुलोदेबी चौधरीको  धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन्।   
 
यसैगरी साउन महिनामा १० जना महिला बेचबिखनमा परेका थिए भने भदौमा ३४ जना महिलाको बेचबिखन भएको छ।  बिराटनगरमा आफ्नै बाबुबाट बेचिएका  २ छोरीलाई हजुरआमाले उद्धार गरकी छन्। कुवेतमा  आफ्नै काकीबाट बेचिएकी २० बर्षिया रीता मालिकको कडा यातना पछि बल्ल बल्ल घर फर्कन सफल भएकी छन् भने रसुवा की याङ्जीले  मानसिक सन्तुलन गुमाईन अनि  नवलपरासी की १९ बर्षिया एक किशोरी मालिकको यौन शोषणबाट गर्भवती भई ७ महिनाको गर्भ लिएर स्वदेश फर्केकी छन्। भदौ महिनामा २६ जना महिला बलात्कृत भएका छन् भने १२ जना माथि बोक्सीको आरोप लागेको छ। 
 
भदौ महिनामा महिलामाथि भएका हिंसाका घटनाको प्रकार र संख्या यसप्रकार रहेको छ। 
 
 
 
क्र.स    यातनाको प्रकार    संख्या
१    घरेलु हिंसा        ६१
२    हत्या              १९
३    बेचबिखन          ३४
४    बोक्सीको आरोप    १२
५    बलात्कार           २६
६    कुटपीट              ६१
७    अन्य               ४०
      जम्मा         २५३
 
 
         स्रोत :  ओरेक नेपाल
          बिभिन्न पत्रपत्रिका
 
 
 
         दुर्गा कार्की
       संचार संयोजक 
      ओरेक नेपाल   
                                                                                                   
 

Filed under:

Reply

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.
6 + 13 =
Solve this simple math problem and enter the result. E.g. for 1+3, enter 4.