WOREC Nepal

Reply to comment

मासिक प्रतिबेदन असोज

Printer-friendly versionSend to friend
Basic Information
Editor: 
दुर्गा कार्कि
Published: 
मङ्गल, 2009-09-15

                                                                
                              मासिक प्रतिबेदन असोज 
 पृष्ठभुमी
 
असोज महिनामा जिल्ला प्रहरी कार्यालय अछाममा  प्रहरी महिलालाई आफ्नै सहकर्मीेले गरेको सामुहिक बलात्कारको घटनाले  सम्पुर्ण नेपालीलाई  स्तब्ध तुल्यायो। राज्यले निर्माण गरेका कानुन कार्यान्वयन  गर्ने , न्यायकाका लागि पिडीतलाई सहयोग गर्ने , दन्ड सजाय दिने र नागरीकको शान्ति सुरक्षाकौ जिम्मा लिएर बसेको निकायमै भएको यस्तो घटनाले आम नागरीकलाई चिन्तित बनाउनु स्वभाविक हो। संक्रमणकालीन अबस्थाको फाईदा उठाउदै मुलुकमा बढेको अपराधिक गतिबधिीमा संलग्नलाई कार्बाही गरी  दन्डहिनतालाई कम गर्नुको साटो झन आफै यस्तो आपराधिक गतिबीधीमा संलग्न हुनुले  आम नागरीकलाई निराश र आक्रोसित बनाएको छ।    
 
 हुन त कुनै ब्यक्तिले गरेका गल्तिलाई संगठनसगं जोड्नु पक्कै पनि न्याय हुदैन। तर एक/दुई जना मात्र नभई सात जना यस्तो अपराधिक गतिबीधीमा संलग्न हुनुले प्रहरी संगठलाई नै प्रश्न गर्न बाध्य बनाएको छ। 
   बिषयबस्तु             
असोज महिनामा महिला माथि १८७ वटा हिंसाका घटना भएका छन्। हामीलाई ओरेक नेपालका शाखाहरुबाट प्राप्त तथ्याकं अनुसार असोज महिनामा  ३३ वटा घरेलु हिंसाका घटना भएका छन्।  यसैगरी  २६ जना महिला माथि बलात्कार भएको छ , ५ जना मारिएका छन्।  १९ जना महिला बेचबिखनको शिकार भए भने ११ जनालाई बोक्सीको आरोप लागेको छ। महिलालाई आफ्नै घरबाट समेत बोक्सीको आरोप लागेको छ। ।  बिभिन्न निहुमा ७३ जना महिला कुटिएका छन । यी तथ्याकं हामीलाई उदयपुर,सिराह,दाङ्ग,धनुषा,ईलाम,ताप्लेजुङ्ग,धनकुटा,मोरङ्ग,  सुनसरी लगायतबाट प्राप्त भएका हुन्। साथै हामीले पत्रपत्रिकामा महिलाहरु माथि भएका हिंसाका घटना सम्बन्धी प्रकाशीत समाचारहरुलाई पनि समेटेका छौ।  
 
बलात्कार
 
 यो महिना  ४ जना महिला सामुहिक बलात्कारको शिकार भएका छन्।  अछाममा महिला प्रहरीलाई आफ्नै ६ सहकर्मीले बलात्कार गरेका छन्।  सिराहमा एक जना बालिका माथि २ जना प्रहरीले बलात्कार  गरेका छन् , सिन्धुपाल्चौकमा घांस काटन गएकी महिलालाई स्थानिय युवकहरुले सामुहिक बलात्कार गरेका छन् भने बुटवलमा आफ्नो बच्चा सहित होटलमा बास बसेकी महिलाकाथि सामुहिक बलात्कार भएको छ। यसैगरी बालाजुमा आफ्नै बाबुले १५ बर्षिय छोरीलाई बलात्कार गरेको सार्बजनिक भएको छ। 
 
घरेलु हिंसा
असोज महिनामा ३२ जना महिला घरेलु हिंसा बाट पिडीत भएका छन्। भदौ महिनाको तुलनामा असोजमा घरेलु हिंसा आधाजसो घटेको छ। भदौमा ६१ वटा घरेलु हिंसाका घटना भएका थिए।  
 
असोज महिनामा महिलामाथि भएका हिंसाका घटनाको प्रकार र संख्या यसप्रकार रहेको छ। 
 
 
 
क्र.स    यातनाको प्रकार    संख्या
१    घरेलु हिंसा      ३२
२    हत्या            ५
३    बेचबिखन            १९
४    बोक्सिको आरोप    ११
५    बलात्कार             २६
६    कुटपीट            ७३
७    सामाजिक हिंसा     २१
    जम्मा        १८७
 
 

Filed under:

Reply

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.
14 + 0 =
Solve this simple math problem and enter the result. E.g. for 1+3, enter 4.