WOREC Nepal

Reply to comment

मासिक प्रतिबेदन कात्तिक

Printer-friendly versionSend to friend
Basic Information
Editor: 
दुर्गा कार्कि
Published: 
विही, 2009-10-15

 पृष्ठभुमी
सरकारले सन् २०१० मा नेपाललाई लैगिंक बिभेद बिरुद्धको बर्ष मनाउने कार्ययोजना सार्बजनिक  गरेको  छ। लैगिंक हिंसामा पनि महिलामाथि हुने हिंसा बिरुद्ध उजुरी दिन जांदा सम्बन्धित निकायले दर्ता नगर्ने र दर्ता भईहाले पनि  पीडकलाई राजनीतिक लगायत अन्य क्षेत्रबाट दिईने संरक्षणले दन्ड नपाइरहेको अबस्थालाई सरकारद्धारा सार्बजनिक गरिएको लैङ्गिक हिंसा बिरुद्धको कार्ययोजनामा उल्लेख गरिएको छ। कार्ययोजना सार्बजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री माधब कुमार नेपालले महिला हिंसामा संलग्न पीडकलाई राजनितीक संरक्षण नदिएको खन्डमा मात्रै पनि समाजमा महिलामाथि हुने हिंसा ५० प्रतिशत आफै कम हुने बताउनुभयो यसले के देखाउँछ भने कमसेकम मुलुकको नेतृत्व तहमा बसेका ब्यक्तित्वहरुबाट यो यथार्थतालाई स्वीकारिएको छ यो नै सबैभन्दा ठुलो उपलब्धी मान्नुपर्छ। प्रधानमन्त्रीले जे कुरा गर्नुभयो यो सत्य हो र समुदायमा महिलामाथि हुने हिंसा कम हुन नसक्नुमा अपराधीलाई दिईने संरक्षणले बढेको दन्डहिनताले नै हो  भन्ने कुरा महिला अधिकारका क्षेत्रमा काम गर्ने अधिकारबादीहरुले उठाउदै आईरहेका हुन्।  त्यसैले सरकारले शुरु गरेको यो अभियानलाई यस कै लागि काम गर्र्दै आएका संघसंस्थाले नसघाउने त कुरै आउदैन यो कार्ययोजनालाई सही ढङ्गले कार्यान्वयन भयो भएन खबरदारी गर्ने अझ ठुलो जिम्मेवारी पनि  यस क्षेत्रमा काम गर्ने अधिकारबादी र नागरीक समाजको काँधमा आएको छ। 
  यो संगै हामी अहिले महिलामाथि हुने हिंसा बिरुद्धको महत्वपुर्ण मानिने  १६ दिने अभियानमा छौ।  बर्षभरी महिला अधिकारका लागि समुदायमा केन्द्रित कार्यक्रमबाट आएका मुद्धालार्ई यो अभियानले राष्ट्रियस्तरमा बहस चलाउन मद्दत पु–याउछ। साथै यस अभियानले हिंसालाई प्रतिरोध गर्नै क्षमतामा पनि अभिबृद्धि गर्छ।
   बिषयबस्तु             
असोज महिनाकोे तुलनामा महिला माथि हिंसा  भएका  हिंसाका घटना कार्तिक महिनामा केही घटेका छन्।   गत महिना महिला माथि १८७ वटा हिंसाका घटना भएका थिए भने यो महिना  देशभरीबाट १ सय २२ वटा महिला माथि भएका हिंसाका घटना ओरेक नेपाललाई प्राप्त भएका छन।  महिलामाथि भएका हिंसाका सबै भन्दा बढी घटना हामीलाई या महिना मोरङ्ग जिल्लाबाट प्राप्त भएको छ। ओरेक शाखा कार्यालय मोरङ्गका अनुसार त्यस जिल्लामा १९ जना महिला, हिंसाका शिकार भएका छन् , यी मध्ये  ४ जना  घरेलु हिंसाबाट पिडति भए भने १० जना महिला माथि कुटपीट भएको छ। 
घरेलु हिंसा
 
असोज महिनाकोे तुलनामा कात्तिक  महिनामा घरेलु हिंसा का १८ वटा घटना हामीलाई प्राप्त भएका छन्। असोज महिनामा ३२ जना महिला घरेलु हिंसा बाट पिडीत भएका थिए भने भदौ महिना ६१ जना महिलाले आफ्नै पविारबाट यातना पाएका थिए। यो तथ्याङ्कले घरेलु हिंसा घट्दै गएको देखाएको छ। ्। घनुषामा २ जना महिलालाई परिवारले घर निकाला गरेका छन् भने अर्की एक महिला दाईजो कम ल्याएको निहुमा श्रीमानबाट कुटिएकी छन्। सरकारले घरेलु हिंसा बिरुद्धको कानुन ल्याए पनि एक त त्यो पर्याप्त छैन भने भएको कानुनको  पनि  नियमावलीको अभाबमा  कार्यान्वयन हुन नसक्दा दोषीहरुले उन्मुक्ति पाईरहेको  अबस्था छ। 
 
हत्या 
    कात्तिक महिनामा ६ जना महिलाको हत्या भएको छ। सालीसंग बिहे गर्न नपाएको निहुमा दार्चुलामा  एक युवकले श्रीमती सहित सालीको हत्या गरेका छन। २५ बर्षिय गोबिन्द सिंह धामीले ५ महिना की छोरीलाई दुध खुवाईरहेकी श्रीमती जसमतीको हत्या गरेका छन्। यसैगरी आफ्नै घरमा रहेकी साली सुर्मतीको गोली हानी हत्या गरेर आफुले पनि आत्महत्या गरेका थिए। 
 
 कात्तिक  महिनामा १३ जना महिलामाथि बलात्कार भएको छ भने १५ जना महिला बेचबिखनमा परेका छन्, यसैगरी ४३ जना महिला माथि कुटपीट भएको छ भने ५ जनालाई बोक्सीको आरोप लागेको छ।   
 
 
कात्तिक महिनामा महिलामाथि भएका हिंसाका घटनाको प्रकार र संख्या यसप्रकार रहेको छ। 
 
 
 
क्रस    यातनाको प्रकार    संख्या
१    घरेलु हिंसा            १८
२    हत्या                 ६
३    बेचबिखन           १५
४    बोक्सीको आरोप    ५
५    बलात्कार            १३
६    कुटपीट             ४३
७    मानसिक यातना    १०
८     बहु बिबाह          ७
९    दाईजो              १
१०     गाली बेइज्जती    ४
    जम्मा    १२२
 
 
         
स्रोत  ओरेक नेपाल
  बिभिन्न पत्रपत्रिका
 
 
 
       दुर्गा कार्की
       संचार संयोजक 
      ओरेक नेपाल 
 
 

Filed under:

Reply

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.
15 + 2 =
Solve this simple math problem and enter the result. E.g. for 1+3, enter 4.