Home :: Press Release :: Contact :: Login
म अन्वेषी एक महिला हुँ। मेरो देशमा महिलाहरूलाई दोस्रो दर्जाको नागरिकका रूपमा हेरिन्छ र उनीहरूमाथि थुप्रै प्रकारका बिभेद गरिन्छ। मैले पनि मेरा दिदीबहिनीहरूले झेलेका कुराहरू नै झेलिरहेकी छु। हामी महिलाहरूले ब्यक्तिगत र सार्बजनिक ठाउमा भोग्नुपरेका हिंसाका थुप्रै उदाहरणहरू छन्। तरपनि हामीले यस्ता दुखद र पीडादायी घटनाहरू लुकाउछौँ र उजुरी पनि दर्ता गर्दैनौ। किनकी आफूमाथि भएका हिंसाका यस्ता घटना हामीले बाहिर ल्यायौ भने हामीलाई कलंकित पारिन्छ र एक्ल्याईन्छ। यो एक्ल्याउने क्रममा केही दिदी बहिनीहरूलाई परिवार जसलाई महिलाको सुरक्षित ठाउँ भनिन्छ त्यसलाई समेत छोड्न बाध्य पारिन्छ।
म बिगत २ बर्ष देखि महिलामाथि हुने हिंसाको नजिकको प्रत्यक्षदर्शी हु। यदि हामीले अर्न्तराष्ट्रिय सन्दर्भ हेर्यौ भने महिला विरुद्धको हिंसा उन्मूलनसम्बन्धी घोषणापत्र, संयुक्त राष्ट्र संघ, १९९३ का अनुसार “लैङि्गिकतामा आधारित हिंसा भन्नाले सार्वजनिक वा निजी जीवनमा लिङ्गको आधारमा हुने हिंसाजन्य कार्य हो, जसले महिलालाई शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पुर्याउँछ वा पुर्याउने सम्भावना हुन्छ, जसअन्तर्गत यस्तो कार्य गर्ने धम्की, दबाब र स्वेच्छाचारी रूपमा महिलाको स्वतन्त्रतामा बन्देज लगाउने समेत पर्दछ।” यस घोषणापत्रले निजी र सार्वजनिक जीवनमा हुने हिंसाहरूलाई पनि वर्णन गरेको छ जस्तै : परिवारभित्र हुने हिंसा, समुदायमा हुने हिंसा, राज्यद्वारा गरिने हिंसा आदि।
संयुक्त राष्ट्रसंघको विशेष समाधिक्षकको १५ वर्षको महिला हिंसासम्बन्धी अध्ययनले हिंसालाई निम्न लिखित हिसाबले वर्णन गरेको छ जस्तै :
1 परिवारमा हुने हिंसा– घरेलु हिंसा कुटपीट, बैबाहिक बलात्कार,परिवारद्धारा जर्बजस्ती यौन ब्यबसायमा संलग्न गराउनु, घरेलु कामदारहरू माथिको हिंसा , दाईजो र बिभीन्न धार्मिक, यौन अंग काट्ने, भु्रुण हत्या र सांस्कृतिक मूल्यमान्यताका नाममा गरिने हिंसा
2 सामाजिक हिंसा– बलात्कार, यौनिक हिंसा, संस्था भित्र गरिने हिंसा, बेचबिखन,जर्बजस्ती यौन ब्यबसायमा धकेल्नु, बैदेशिक रोजगारीमा गएका महिलामाथि गरिने हिंसा, अश्लिल चलचित्रहरू।
3 राज्यद्वारा गरिने हिंसा : द्वन्द्वका क्रममा भएका लैगिंक हिंसा, जेलभित्र हुने हिंसा, शरणार्थीमाथि हुने हिंसा, आन्तरीक रूपमा बिस्थापित र जनजाती तथा सीमान्तीकृत महिलाहरूमाथि हुने हिंसा।
यी माथि वर्णन गरिएका धेरैजसो हिंसाका प्रकारहरू मैले आफ्नै देशमा देखेकी छु। नेपालमा मैले महिला माथि हुने हिंसामा यस्ता घटनाहरूलाई यस प्रतिवेदन मार्फत प्रकाशमा ल्याएकी छु। म विश्वस्त छु कि महिलामाथि हुने यस्ता घटनाहरूको सूचना प्रवाहले नेपालको लामो द्वन्द्वपछि रुपान्तरण हुन लागेको शान्तिप्रक्रिया दिगो हुने छ। महिलाहरूले भित्रदेखि शान्तिको अनुभव गर्नका लागि उनीहरूले आफ्ना व्यक्तिगत जीवनमा भएका हिंसाका घटनाहरूलाई चुपचाप सहेर बस्ने मौनताको संस्कृति त्याग्नु पर्ने छ जसको लागि उनीहरूले आफ्नो व्यक्तिगत जीवनमा भएका घटनाहरूलाई बाहिर ल्याउनुपर्ने आवश्यकता देखिन्छ यसले गर्दा भोली उनीहरूले न्याय पाउन सकुन्।
मैले आफ्नो प्रतिवेदनमा यो विश्लेषण गरेको छु कि महिलामाथि हुनुे हिंसा समाजमा विद्यमान असमान शक्ति सम्बन्धको परिणाम हो।
महिला माथि हुने हिंसा देशको आधा भन्दा बढी जनसंख्यामाथिको निजी, राज्य र गैरराज्यपक्षले गरेको अन्याय हो, उनीहरूको अधिकारको हनन हो।
महिलाहरूको मानव अधिकारको हननका कारण सँगसँगै यसको परिणाम नै महिला माथि हुने हिंसा हो। समाजमा तबसम्म महिलामाथि हिंसा हुन्छ जबसम्म असमान शक्ति सम्बन्ध कायम रहन्छ। असमान शक्ति सम्बन्ध विद्यमान भएका कारण हिंसाले निरन्तरता पाईरहेको छ भने यो सँगै मानिसहरूले एक अर्का विरुद्ध शोषण र भेदभाव गरिरहेको छन्।
महिला माथि हुने हिंसाको अन्त्य विना समाजमा मानव अधिकारको संस्कृति स्थापित हुन सक्दैन। साथै कुनैपनि प्रकृतिका हिंसा समाजमा छन भने त शान्ति दिगो हुन सक्छ न त नेपालका लोकतान्त्रिक व्यवस्था नै। नेपाल, अहिले सामाजिक, आर्थिक, र राजनैतिक रुपान्तरणको प्रक्रियामा छ। यो तव मात्र पूर्ण हुन सक्छ जव मानवअधिकार सम्मान गर्ने परिपाटी समाजमा स्थापित हुन्छ।
यद्यपी नेपालमा धेरै प्रगतिशील परिवर्तनहरू भए तर महिलामाथि हुने हिंसाका प्रभावित हुनेहरूलाई सम्बोधन गर्न र पिडितहरूको संरक्षणका लागि काम भनेे कछुवाको गतिमा छ। यस सर्न्दभमा महिलामाथि हुने हिंसाका प्रकृतिहरू र कारणहरूलाई कम गर्न महिलाहरूका विशेष प्रकारका आवश्यक्ताहरूलाई सम्बोधन गर्न महिलामूखि मापद48डहरूको आवश्यक्ता पर्दछ। यसका लागि उपयुक्त अनुसन्धान र व्यवस्थित अभिलेखीकरणबाट मात्र यो संभव हुन्छ। तर यी अनुसन्धान र अभिलेखीकरणमा यो नै महिलावादि दृष्टिकोण समावेस हुनु अत्यन्त आवश्यक छ।
मैले घरेलु हिंसाको प्रत्यक्ष अवस्था जुन वर्णन गरे यसबाट के स्पष्ट हुन्छ भने घर जसलाई महिलाको लागि सुरक्षित स्थान मानिन्छ त्यही नै सबभन्दा असुरक्षित छ। किनभने त्यही घरभित्र जो महिलाका नजिकका व्यक्तिहरू छन् उनीहरूबाट हिंसा हुन्छ। यस्तो किसिमको नकारात्मक परिस्थितिमा पनि महिलाहरूहरू जुन उत्साहपूर्वक अगाडि बढिरहेका छन् त्यो प्रशंनीय छ।
यस सन्दर्भमा महिलामाथि भएका घटनासम्बन्धी जानकारीलाई समेट्नु महत्वपूर्ण हो। जस्तो मलाई लाग्छ।
नेपालमा महिलामाथि हुने हिंसाका स्थितिलाई यो प्रतिवेदनमा समेटिएको छ। यसले राज्यका नीति निर्माण कार्ययोजनामा गम्भिरतापूर्वक सम्बोधन गर्ने महत्वपूर्ण तथ्याङ्क उपलब्ध गराएको छ।
प्रतिवेदनका मूख्य उदेश्यहरू
1 पिडितहरूलाई न्यायमा पहँच पुर्याउन सरकारसँग प्रभावकारी सम्बोधनका लागि पहल गर्न।
2 महिला हिंसाको स्थितिको पहिचान गरी महिलामाथि हुने हिंसा विरुद्ध राज्यलाई उचित कानुन, नीति नियम, योजना निर्माण गरी आवश्यक संयन्त्रको विकास गर्न दबाब दिने तथा सचेत गराउने,
3 हिंसाबाट पीडितको न्यायमाथि पहुँच सुनिश्चित गर्न आवश्यक पर्ने क्षेत्रहरूको पहिचान गरी कार्यान्वयनका लागि सरकारलाई अपिल गर्ने,
4 हिंसापीडित महिलाहरूको लागि आवश्यकता पहिचान गरी आवश्यक सहयोगी संयन्त्र निर्माणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पैरवी गर्ने।
उपलब्धीहरु
यस प्रतिबेदनका निम्न उपलब्धीहरु हुनेछन्।
१ महिलामाथि हुने हिंसाका दृश्यलाई मापन गर्न मद्दत गर्ने छ।
२ सरकारलाई महिला हिंसा कम गर्न बिभिन्न बिभिन्न नीति तथा कार्ययोजना निर्माणका लागि सहयौग पुग्नेछ।