WOREC Nepal

महिलामानवअधिकार रक्षकहरूको राष्ट्रिय अभियान

Printer-friendly versionSend to friend
Basic Information
Start Date: 
विही, 2010-01-07 (All day)


 
परिचय 
 
सन् १९४८ मा मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएपछि नागरिकका अधिकारहरूको संरक्षण र सम्मान गर्न राज्यलाई उत्तरदायी बनाउन मानवअधिकार रक्षकहरूले अथक सङ्घर्ष र निरन्तर अभियान सञ्चालन गरेका छन्। यस अवधिमा थुप्रै मानवअधिकार रक्षकहरूले व्यक्ति समुदायको आधारभूत स्वतन्त्रता, अधिकार वहाली र उपभोगका लागि काम गरेकै आधारमा हिंसा, विभेद, यातना, तिरस्कार, जेलयात्रा खप्नु परेको छ भने कैयौंले जीवन उत्सर्गसमेत गर्नु परेको छ। अरूको अधिकारका लागि अनवरतरूपमा लागि पर्ने अभियन्ताहरूले आफ्नै जीवनमा जोखिम भोग्नु पर्ने अवस्था सिर्जना भएपछि त्यसको अन्त्यका लागि पनि मानवअधिकारकर्मीहरूले आवाज उठाएका छन्। परिणामस्वरूप संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९८ मा मानवअधिकार रक्षकहरूसम्बन्धी घोषणापत्र पारित गर्‍यो र सन् २००० मा मानवअधिकार रक्षकहरूको संरक्षण गर्नर्ेे संयन्त्रको निर्माण गरी संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको अनुरोधमा संयुक्तराष्ट्रसङ्घीय महासचिवद्वारा मानवअधिकार रक्षकसम्बन्धी विशेष प्रतिनिधि नियुक्त गर्ने व्यवस्था भएको छ। 
 
संयुक्त राष्ट्रयसङ्घीय महासचिवका विशेष प्रतिनिधिले यस अवधिमा मानवअधिकार रक्षकहरूको अधिकार र सुरक्षाको प्रत्याभूतिका लागि प्रभावकारी रूपमा कार्य सम्पादन गर्दै आधुनिक सभ्यताले स्वीकार्न नसक्ने लज्जास्पद मान्यता, परम्परा, विभेद र हिंसाहरूका विरूद्ध आफ्नो जीवनलाई अत्यन्तै जोखिममा राखेर निरन्तर लागि परेका महिलाअधिकारको क्षेत्रमा काम गर्ने मानवअधिकार रक्षकहरू उक्त अधिकार र सुरक्षा प्राप्त गर्नबाट बञ्चित हुन परिरहेको यथार्थतासमेतलाई सार्वजनिक गर्नु भएको छ। महिला मानवअधिकार रक्षकहरू समाजमा बिभिन्न जोखिमहरू खपेर काम गर्दछन् तर समाज, राष्ट्र, पितृसत्तात्मक सोच भएका व्यक्तिहरूको बाहुल्यता भएको मानवअधिकार आन्दोलन र सामाजिक आन्दोलनहरूसमेतले उनीहरूको यो कामलाई मान्यता दिँदैनन् र दिइरहेका छैनन्। खासगरी हाम्रो जस्तो अल्पविकसित मुलुकहरूमा मानवअधिकार रक्षक भन्ने वित्तिकै ठूला ठूला मानवअधिकार संस्था भनी चिनिएका सङ्घ/संस्थाहरूमा काम गर्ने व्यक्तिहरू, संस्थासँग सम्बन्धित उच्च ओहदामा रहेका प्राय :  पुरुषहरू भनि चिन्ने र चिनाउने काम गरिन्छ तर वास्तवमा त्यो होइन। सही रूपमा अधिकार रक्षक भनी भन्ने आधार भनेको, उसको पेशा, उसले काम गर्ने संस्थाको आधार नभै, उनीहरूले गर्ने कामको प्रकृतिले निर्धारण गर्दछ। मानवअधिकार रक्षक भनि चिनाउने प्रमूख आधार भनेको उनको काम र सोच हुन्छ। कुनैपनि व्यक्ति आफ्नो कार्यको केन्द्रमा अरुको मानवअधिकारको सम्मान तथा सबै व्यक्ति समुदाय तथा समूहको आधारभूत अधिकार तथा नागरिक स्वतन्त्रताका लागि क्रियाशील हुन्छ भने त्यो व्यक्ति नै सही मानवअधिकार रक्षक हो। 
     
उक्त परिभाषा सबैका लागि लागू हुनु पर्दछ। तर सामाजिक, पारिवारिक, संस्थागत, राष्ट्रिय संरचना, नीति र व्यवहारलाई विश्लेषण गर्ने हो भने महिला मानवअधिकार रक्षक त्यही नै परिभाषाअन्तरगत परिभाषित भएता पनि उनको परिवेश बेग्लै हुन जान्छ , उनले भोग्ने समस्या फरक देखिन्छन्। फलस्वरूप उनीहरूमाथि जोखिम झन् बढ्दो छ। महिलाअधिकारको आन्दोलनमा संलग्न महिलाहरूले गरेको कामको मान्यता स्थापित नहुनुले एउटै क्षेत्र, तह र स्थानमा बसेर काम गर्ने पुरुष र महिलाहरूको दूुरी र अवस्था फरक रहेको छ। संयुक्त राष्ट्रसंघले १९९८ मा पारित मानवअधिकार रक्षकहरूको विश्वव्यापी घोषणापत्रले समेत महिलाका विशेष अवस्था र आवश्यकतालाई ध्यान दिन सकेको छैन। यसैले अधिकारको आन्दोलनमा लागेका महिलाहरूले आफ्नो विशेष आवश्यकता र अधिकारको निम्ति एकपटक संगठित अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता महशुस गरी विगत ५ वर्षदेखि महिला मानवअधिकार रक्षकहरूको राष्ट्रिय अभियान सञ्चालन गर्दै आइरहेका छन्। यसै सिलसिलामा सन् २००५ को नोभेम्बर २९ देखि डिसेम्बर २ सम्म श्रीलङ्काको राजधानी कोलम्बोमा आयोजित अन्तर्राष्ट्रिय परामर्श गोष्ठीद्वारा पारित योजनाहरूलाई समेतले अभियानलाई निरन्तरता दिइरहेको छ। 
 
यस अभियानले समेटेका क्षेत्रहरू  
 
सभ्यताको उषाकालदेखि नै महिलाहरू पुरूषसँग मिलेर मानवीय आर्जन र उपलब्धिका वैभवपूर्ण धरोहरहरू निर्माण गरेका छन् र लोकतान्त्रिक तथा मानवअधिकार रक्षाको आन्दोलनमा सरिक भएका छन्। महिला मानवअधिकारकर्मीहरूले अधिकारप्रतिको आस्था र प्रतिवद्धतामा निष्ठावान भई अदम्य साहस र धैर्यताका साथ आन्दोलनको मोर्चामा अगुवाइ मात्र गरेका छैनन्। सम्हालेका पनि छन्। विभेद र हिंसारहित समाज निर्माणको यज्ञ सम्पन्न गर्न जीवनको आहुती पनि दिएका छन्। 
 
महिलाहरूले मानवअधिकार आन्दोलनमा जुनस्तरको योगदान दिएका छन्, त्यही अनुपातमा उनीहरूले न त चर्चा नै पाएका छन् न त त्यसको मुल्याङ्कन नै गरिएको छ। राज्यले मानवअधिकारको विश्वव्यापी घोषणा र त्यसअन्तर्गतका अन्य महासन्धि, अभिसन्धि, प्रतिज्ञापत्रहरूलाई औपचारिकरूपमा अनुमोदन गरिसकेपछि मानवअधिकार र तिनका अभियन्ताहरूको संरक्षणका लागि संविधान र कानुनमा व्यवस्था गर्नुका साथै आवश्यकता परेको बेलामा सिद्धान्ततः ती प्रावधानहरूको प्रयोग पनि गर्न सकिन्छ। तर मानवअधिकारको रक्षाको क्रममा धेरै मानवअधिकार रक्षकहरूले संविधान र कानुनद्वारा प्रदत्त ती अधिकार व्यवहारमा भने प्रयोग गर्न नपाएको अनुभव र अनुभूतिका थुप्रै दृष्टान्तहरू तीतो सत्यका रूपमा रहेकाछन्। खासगरी पितृसत्तात्मक सोच र संरचना भएको हाम्रो जस्तो देशमा महिलाअधिकार, हिंसा र विभेदका विरूद्ध काम गर्ने अधिकांश महिला अधिकारकर्मीहरूको लागि त यो नियति नै बन्न पुगेको छ। 
 
मानवअधिकारको संरक्षण र सम्बर्द्धनका क्षेत्रमा क्रियाशील हुनु व्यक्ति तथा समुदायको आधारभूत स्वतन्त्रताको वकालत र रक्षा गर्नु तथा सामाजिक न्याय, जीविकोपार्जन र दिगो शान्ति स्थापनाका लागि काम गर्ने जो कोही व्यक्तिलाई सम्बोधन गर्दा मानवअधिकार रक्षक भनिन्छ। यस परिभाषाअनुसार महिला पुरूष जो पनि मानवअधिकार रक्षक हुन सक्छ यो काम गर्दा जोकोहीले पनि निश्चित जोखिम उठाउनै पर्छ। तर राष्ट्रिय, अन्तर्राष्ट्रिय, सामाजिक, पारिवारिक संस्थागत नीति, व्यवहार प्रवृति र संस्कारहरूको वस्तुगत विश्लेषण गर्दा पुरूषको तुलनामा महिलहरूको परिवेश र भोगाइ फरक खालको छ। पुरूषको तुलनामा महिलाहरूले जटिल प्रकारका जोखिम, झन्झट, समस्या र हैरानीहरू बेहोर्नु परेको छ। यस अर्थमा मानवअधिकार रक्षकहरूको सन्दर्भमा स्थापित तथा प्रचलित मान्यता र परिभाषाले मात्रै महिला मानवअधिकार रक्षकहरूलाई समेट्न र सम्बोधन गर्न नसकिरहेको तथ्य जीवन भोगाइको यथार्थको रूपमा हाम्रो सामु छर्लङ्ग छ। त्यसैले वर्तमान अवस्थामा महिलामानवअधिकार रक्षकहरूलाई सीमान्तिकृत बनाउने सबै खाले प्रवृति, व्यवहार र कृयाकलापहरूको अन्त्य गर्न सक्ने खाले कानुनी प्रत्याभूति गराउनु आवश्यक छ। सोही अनुरूपका परिभाषा बन्नु अनिवार्य छ। 
 
तसर्थ अधिकार प्राप्तिका लागि विभिन्न जोखिम खप्दै, आफ्नै मानवअधिकारकर्मी सहयात्रीहरू समेतबाट सीमान्तकृत सम्पूर्ण महिला मानवअधिकार रक्षकहरूको सुरक्षा, पहिचान र मान्यता स्थापित गर्नका लागि उच्चतम सामाजिक चेतनाको जागरण अर्थपूर्ण कानुनी प्रावधानहरूको व्यवस्था, सुलभ र छरितो राजकीय संयन्त्रको निर्माण र प्रभावकारी कार्यान्वयनको खाँचो खड्किएको छ। यो ऐतिहासिक आवश्यकता पूरा हुन सकेमा मात्र अधिकारको दियो अटुट र चीरस्थायी रूपमा बलिरहनेछ। यो अभियान यिनै पृष्ठभूमिमा महिला मानवअधिकार रक्षकहरूको कार्य पहिचान र मान्यता स्थापित गराउने उद्देश्यले सुरू गरिएको छ। 
 
यस अभियानको उद्देश्य 

  •  समुदायस्तरदेखि राष्ट्रिय स्तरसम्म मानवअधिकार महिलाअधिकारको क्षेत्रमा क्रियाशील सङ्घ, संस्थाहरूको समन्वयमा महिला मानवअधिकार रक्षकहरूको पहिचान, सुरक्षा र अधिकारका निम्ति क्रियाशील रहने।

 
निर्दिष्ट उद्देश्यहरू  

  •    महिला मानवअधिकार रक्षकहरूको पहिचान र मान्यता स्थापित गर्ने, 
  •    महिला मानवअधिकार रक्षकहरूको सुरक्षाका लागि प्रभावकारी कानुनी संयन्त्र निर्माण गर्न दवाव र पैरवी गर्ने , 
  •    महिला मानवअधिकार रक्षकहरूले महिला भएकै कारण खेप्नु परेका हिंसा, धम्की, जोखिम र अन्य महिला मानवअधिकार हनन्का घटनाहरूको अभिलेख राख्ने र त्यसबाट उनीहरूमाथि परेको र पर्नसक्ने प्रभावको बारेमा अध्ययन विश्लेषण गरी आवश्यक पैरवी गर्ने, 
  •    मानवअधिकारका विभिन्न क्षेत्रमा क्रियाशील महिला मानवअधिकार रक्षकहरूसँग सम्बन्ध विस्तार, सन्जाल निर्माण तथा सुदृढीकरण गर्ने, 
  •  समुदायस्तरमा कार्यरत मानवअधिकार रक्षकहरूको क्षमता अभिवृद्धिको लागि गतिविधि सञ्चालन गर्ने। 
  •    महिला मानवअधिकार रक्षकहरूको सरोकारवालाहरूसँगको समन्वय र सहकार्य वृद्धि गर्दै उनीहरूको सुरक्षाको लागि सहयोगी संयन्त्रको निर्माण गर्ने। 

 
गतिविधिहरू  

  •  महिला मानवअधिकार रक्षकहरूका विभिन्न मुद्दाहरूमा क्षेत्रीय गोष्ठी  गर्ने 
  •  महिला मानवअधिकार रक्षकहरूको राष्ट्रिय सन्जाल/जिल्ला सन्जालहरूको सम्मेलन  गर्ने। 
  • अन्तर्राष्ट्रियस्तरमा महिला मानवअधिकार रक्षकहरूको समन्वय तथा सम्बन्ध विस्तार गर्ने।
  •  महिला मानवअधिकार रक्षकहरूको सम्बन्ध समुदायदेखि राष्ट्रियस्तरसम्म स्थापित गर्न विभिन्न गतिविधिहरू सञ्चालन गर्ने। 
  •  क्षमता अभिवृद्धि गर्न तालिम तथा सन्जाल सवलीकरण र अभिमुखीकरण सञ्चालन   गर्ने। 
  •  महिला मानवअधिकार रक्षकहरूको अभियानसम्बन्धी शैक्षिक तथा सूचनात्मक सामाग्रीहरूको निर्माण गर्ने।
  •    महिला मानवअधिकार रक्षकहरूको सन्जाल विस्तार तथा सवलीकरण गरी सुरक्षा र पहिचानको निम्ति दवावमूलक तथा पैरवीमूलक कार्यक्रमहरू सञ्चालन गर्ने। 
  • महिला मानवअधिकार रक्षकहरूको सुरक्षाका लागि कानुनी संयन्त्र निर्माण गर्न तथा अध्ययन विश्लेषण गरी सुझावहरू पेश गर्ने।
  •    मानवअधिकार हनन र महिलामाथि हुने हिंसाहरूको निरन्तर अभिलेखन गरी डाटावेसमा राख्ने  र हिंसाका विरुद्ध दवाव तथा पैरवी गर्ने। 

 
आशातित उपलब्धिहरू

  •   महिला मानवअधिकार रक्षकहरूको पहिचान र मान्यता स्थापित हुनेछ। 
  •    महिला मानवअधिकार रक्षकहरूको सुरक्षाका लागि कानुनी संरक्षण प्राप्त भएको अवस्था हुनेछ। 
  •   मानवअधिकार हनन् र महिलामाथि भएका हिंसाहरूको अभिलेखन भई क्षेत्रीय र राष्ट्रिय अभियानको सचिवालय स्थापना हुनेछ। 
  •   महिला मानवअधिकार रक्षकहरूको सन्जाल स्थानिय तहदेखि राष्ट्रियस्तरसम्म विस्तार र सुदृढीकरण भई राम्रो समन्वय भएको अवस्था हुनेछ। 

    प्रभावकारी सूचना प्रणाली सञ्चालन भएको अवस्था हुनेछ । 
 
यो अभियान कसरी संचालन हुनेछ?

  •  महिला मानवअधिकार रक्षकहरू यस अभियानका अभियानकर्ताहरू हुन्। महिला अधिकारको रक्षाको क्षेत्रमा क्रियाशील जो सुकै महिला मानवअधिकारकर्मीहरू यस अभियानका सदस्य बन्ने छन्। 
  • अभियानका सदस्यहरूले आफ्ना गाविस, जिल्ल्ाा तथा अञ्चलमा क्रियाशील महिला मानवअधिकार रक्षकहरूसँग समन्वय र सहकार्य विकास गर्ने छन्। 
  •  जुनसुकै स्थानमा रहेर आधिकार आन्दोलनमा संलग्न भएको भएपनि काम गरेकै कारणले आउने चुनौति तथा जोखिमका विरुद्ध संगठित आन्दोलन सञ्चालन गर्ने छन्। 
  •     महिला मानवअधिकार रक्षकहरूको राष्ट्रिय सन्जालले देशभरी क्रियाशील महिला मानवअधिकार रक्षकहरूको पहिचान, सुरक्षा र मान्यता स्थापित गर्न राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा सम्बन्ध स्थापीत गरी कार्यक्रम सञ्चालन गर्ने यस अभियानको प्रमुख रणनीति हुनेछ।
  •  महिला मानवअधिकार रक्षकहरूको सुरक्षा, पहिचान, मान्यता र निर्णायक तहमा संलग्नता यस अभियानको प्रमुख कार्यक्षेत्र हुनेछ।

 
यस अभियानको सदस्य कसरी बन्न सकिन्छ ?
 

  •    मानवअधिकार संरक्षण र सम्बर्द्धनको निम्ति निरन्तर पैरवी गर्ने सबै महिला यस अभियानको सदस्य बन्न सक्नेछन्। 
  •   जुन सामाजिक संस्था वा समूहको कार्यसमितिमा महिला सदस्यहरूमात्र रहेका छन् वा रहने प्रवधान राखिएको छ त्यो संस्थाले संस्थागत सदस्यता लिन सक्नेछ। जुन संस्थामा महिला र पुरूष दुबै कार्यसमितिमा रहेका छन् वा रहनसक्ने प्रावधान छ ती संस्थामा क्रियाशील महिलाहरू व्यक्तिगत रूपमा सदस्य बन्न सक्नेछन्। 
  •   महिलाअधिकार रक्षकको रूपमा समावेशीकरणका सिद्धान्तहरूलाई अनुशरण गर्दै आफू जुनसुकै पेशा वा व्यवसायमा संलग्न रहेको व्यक्तिले महिला मानवअधिकार रक्षक अभियानको सदस्यता लिन सक्नेछ।
  •     सदस्य बन्न चाहने ब्यक्ति वा सङ्घ/संस्थाले महिला मानवअधिकार रक्षक अभियानको सदस्यता फारम अनिवार्य रूपमा भर्नुपर्ने हुन्छ 
  •    महिला मानवअधिकार रक्षक सन्जाल बनेका जिल्लाहरूमा महिला मानवअधिकार रक्षकहरूको जिल्ला सन्जालमार्फत सदस्यता लिनु पर्ने छ। 
  • सन्जाल नबनेका जिल्लाका महिला वा संस्थाहरू सदस्य बन्न चाहेमा महिला मानवअधिकार रक्षकहरूको राष्ट्रिय सन्जालको सचिवालयमा सम्पर्क गर्नुपर्ने छ। 

 
यस अभियानले के गर्दछ? 

  •  यस अभियानले मुख्यरूपमा महिला मानवअधिकार रक्षकहरूको पहिचान, सुरक्षा, मान्यता र सहभागीताको लागि निरन्तर पैरवी गर्ने छ। 
  •    महिला मानवअधिकार रक्षकहरूमाथि हुने हिंसाका विरुद्ध आन्दोलन गर्ने छ।
  •  सदस्य संस्थाहरू, व्यक्तिहरूले गरेका कार्यहरूलाई सचिवालयमार्फत प्रकाशित गर्ने, प्रचार गर्ने तथा उनीहरूको कामको पहिचानको लागि प्रयास गर्ने छ।  

 
यस अभियानले के गर्दैन ?
 
यस अभियानका सबै सदस्यहरू महिला मानवअधिकारको क्षेत्रमा क्रियाशील रहने हुँदा महिला मानवअधिकार रक्षक सन्जालको सचिवालयले उक्त कार्यका लागि सदस्य, संस्था वा व्यक्तिहरूको निम्ति स्रोत खोज्ने, जुटाउने वा दिने कार्य गर्ने छैन। 
 
महिला मानवअधिकार रक्षक सन्जाल 
सचिवालय
ओरेक नेपाल 
बालकुमारी, ललितपुर
पो.ब.नं. १३२३३
फेान नं. :  २१२३१२४, ५००६३७३
फ्याक्स :  ५००६२७१

<!--[if gte mso 9]> Normal 0 false false false MicrosoftInternetExplorer4 <![endif]--><!--[if gte mso 9]> <![endif]--><!--[if gte mso 10]> <! /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin:0in; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:10.0pt; font-family:"Times New Roman"; mso-ansi-language:#0400; mso-fareast-language:#0400; mso-bidi-language:#0400;} --> <!--[endif]-->

इमेल : <!--[if gte mso 10]> <! /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin:0in; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:10.0pt; font-family:"Times New Roman"; mso-ansi-language:#0400; mso-fareast-language:#0400; mso-bidi-language:#0400;} --> <!--[endif]-->worecnepal@wlink.com.np, <!--[if gte mso 9]> Normal 0 false false false MicrosoftInternetExplorer4 <![endif]--><!--[if gte mso 9]> <![endif]--><!--[if gte mso 10]> <! /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin:0in; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:10.0pt; font-family:"Times New Roman"; mso-ansi-language:#0400; mso-fareast-language:#0400; mso-bidi-language:#0400;} --><!--[endif]-->whrd@worecnepal.org

www.worecnepal.org  

 

Filed under: