Home :: Press Release :: Contact :: Login
परिचय
सन् १९४८ मा मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएपछि नागरिकका अधिकारहरूको संरक्षण र सम्मान गर्न राज्यलाई उत्तरदायी बनाउन मानवअधिकार रक्षकहरूले अथक सङ्घर्ष र निरन्तर अभियान सञ्चालन गरेका छन्। यस अवधिमा थुप्रै मानवअधिकार रक्षकहरूले व्यक्ति समुदायको आधारभूत स्वतन्त्रता, अधिकार वहाली र उपभोगका लागि काम गरेकै आधारमा हिंसा, विभेद, यातना, तिरस्कार, जेलयात्रा खप्नु परेको छ भने कैयौंले जीवन उत्सर्गसमेत गर्नु परेको छ। अरूको अधिकारका लागि अनवरतरूपमा लागि पर्ने अभियन्ताहरूले आफ्नै जीवनमा जोखिम भोग्नु पर्ने अवस्था सिर्जना भएपछि त्यसको अन्त्यका लागि पनि मानवअधिकारकर्मीहरूले आवाज उठाएका छन्। परिणामस्वरूप संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९८ मा मानवअधिकार रक्षकहरूसम्बन्धी घोषणापत्र पारित गर्यो र सन् २००० मा मानवअधिकार रक्षकहरूको संरक्षण गर्नर्ेे संयन्त्रको निर्माण गरी संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको अनुरोधमा संयुक्तराष्ट्रसङ्घीय महासचिवद्वारा मानवअधिकार रक्षकसम्बन्धी विशेष प्रतिनिधि नियुक्त गर्ने व्यवस्था भएको छ।
संयुक्त राष्ट्रयसङ्घीय महासचिवका विशेष प्रतिनिधिले यस अवधिमा मानवअधिकार रक्षकहरूको अधिकार र सुरक्षाको प्रत्याभूतिका लागि प्रभावकारी रूपमा कार्य सम्पादन गर्दै आधुनिक सभ्यताले स्वीकार्न नसक्ने लज्जास्पद मान्यता, परम्परा, विभेद र हिंसाहरूका विरूद्ध आफ्नो जीवनलाई अत्यन्तै जोखिममा राखेर निरन्तर लागि परेका महिलाअधिकारको क्षेत्रमा काम गर्ने मानवअधिकार रक्षकहरू उक्त अधिकार र सुरक्षा प्राप्त गर्नबाट बञ्चित हुन परिरहेको यथार्थतासमेतलाई सार्वजनिक गर्नु भएको छ। महिला मानवअधिकार रक्षकहरू समाजमा बिभिन्न जोखिमहरू खपेर काम गर्दछन् तर समाज, राष्ट्र, पितृसत्तात्मक सोच भएका व्यक्तिहरूको बाहुल्यता भएको मानवअधिकार आन्दोलन र सामाजिक आन्दोलनहरूसमेतले उनीहरूको यो कामलाई मान्यता दिँदैनन् र दिइरहेका छैनन्। खासगरी हाम्रो जस्तो अल्पविकसित मुलुकहरूमा मानवअधिकार रक्षक भन्ने वित्तिकै ठूला ठूला मानवअधिकार संस्था भनी चिनिएका सङ्घ/संस्थाहरूमा काम गर्ने व्यक्तिहरू, संस्थासँग सम्बन्धित उच्च ओहदामा रहेका प्राय : पुरुषहरू भनि चिन्ने र चिनाउने काम गरिन्छ तर वास्तवमा त्यो होइन। सही रूपमा अधिकार रक्षक भनी भन्ने आधार भनेको, उसको पेशा, उसले काम गर्ने संस्थाको आधार नभै, उनीहरूले गर्ने कामको प्रकृतिले निर्धारण गर्दछ। मानवअधिकार रक्षक भनि चिनाउने प्रमूख आधार भनेको उनको काम र सोच हुन्छ। कुनैपनि व्यक्ति आफ्नो कार्यको केन्द्रमा अरुको मानवअधिकारको सम्मान तथा सबै व्यक्ति समुदाय तथा समूहको आधारभूत अधिकार तथा नागरिक स्वतन्त्रताका लागि क्रियाशील हुन्छ भने त्यो व्यक्ति नै सही मानवअधिकार रक्षक हो।
उक्त परिभाषा सबैका लागि लागू हुनु पर्दछ। तर सामाजिक, पारिवारिक, संस्थागत, राष्ट्रिय संरचना, नीति र व्यवहारलाई विश्लेषण गर्ने हो भने महिला मानवअधिकार रक्षक त्यही नै परिभाषाअन्तरगत परिभाषित भएता पनि उनको परिवेश बेग्लै हुन जान्छ , उनले भोग्ने समस्या फरक देखिन्छन्। फलस्वरूप उनीहरूमाथि जोखिम झन् बढ्दो छ। महिलाअधिकारको आन्दोलनमा संलग्न महिलाहरूले गरेको कामको मान्यता स्थापित नहुनुले एउटै क्षेत्र, तह र स्थानमा बसेर काम गर्ने पुरुष र महिलाहरूको दूुरी र अवस्था फरक रहेको छ। संयुक्त राष्ट्रसंघले १९९८ मा पारित मानवअधिकार रक्षकहरूको विश्वव्यापी घोषणापत्रले समेत महिलाका विशेष अवस्था र आवश्यकतालाई ध्यान दिन सकेको छैन। यसैले अधिकारको आन्दोलनमा लागेका महिलाहरूले आफ्नो विशेष आवश्यकता र अधिकारको निम्ति एकपटक संगठित अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता महशुस गरी विगत ५ वर्षदेखि महिला मानवअधिकार रक्षकहरूको राष्ट्रिय अभियान सञ्चालन गर्दै आइरहेका छन्। यसै सिलसिलामा सन् २००५ को नोभेम्बर २९ देखि डिसेम्बर २ सम्म श्रीलङ्काको राजधानी कोलम्बोमा आयोजित अन्तर्राष्ट्रिय परामर्श गोष्ठीद्वारा पारित योजनाहरूलाई समेतले अभियानलाई निरन्तरता दिइरहेको छ।
यस अभियानले समेटेका क्षेत्रहरू
सभ्यताको उषाकालदेखि नै महिलाहरू पुरूषसँग मिलेर मानवीय आर्जन र उपलब्धिका वैभवपूर्ण धरोहरहरू निर्माण गरेका छन् र लोकतान्त्रिक तथा मानवअधिकार रक्षाको आन्दोलनमा सरिक भएका छन्। महिला मानवअधिकारकर्मीहरूले अधिकारप्रतिको आस्था र प्रतिवद्धतामा निष्ठावान भई अदम्य साहस र धैर्यताका साथ आन्दोलनको मोर्चामा अगुवाइ मात्र गरेका छैनन्। सम्हालेका पनि छन्। विभेद र हिंसारहित समाज निर्माणको यज्ञ सम्पन्न गर्न जीवनको आहुती पनि दिएका छन्।
महिलाहरूले मानवअधिकार आन्दोलनमा जुनस्तरको योगदान दिएका छन्, त्यही अनुपातमा उनीहरूले न त चर्चा नै पाएका छन् न त त्यसको मुल्याङ्कन नै गरिएको छ। राज्यले मानवअधिकारको विश्वव्यापी घोषणा र त्यसअन्तर्गतका अन्य महासन्धि, अभिसन्धि, प्रतिज्ञापत्रहरूलाई औपचारिकरूपमा अनुमोदन गरिसकेपछि मानवअधिकार र तिनका अभियन्ताहरूको संरक्षणका लागि संविधान र कानुनमा व्यवस्था गर्नुका साथै आवश्यकता परेको बेलामा सिद्धान्ततः ती प्रावधानहरूको प्रयोग पनि गर्न सकिन्छ। तर मानवअधिकारको रक्षाको क्रममा धेरै मानवअधिकार रक्षकहरूले संविधान र कानुनद्वारा प्रदत्त ती अधिकार व्यवहारमा भने प्रयोग गर्न नपाएको अनुभव र अनुभूतिका थुप्रै दृष्टान्तहरू तीतो सत्यका रूपमा रहेकाछन्। खासगरी पितृसत्तात्मक सोच र संरचना भएको हाम्रो जस्तो देशमा महिलाअधिकार, हिंसा र विभेदका विरूद्ध काम गर्ने अधिकांश महिला अधिकारकर्मीहरूको लागि त यो नियति नै बन्न पुगेको छ।
मानवअधिकारको संरक्षण र सम्बर्द्धनका क्षेत्रमा क्रियाशील हुनु व्यक्ति तथा समुदायको आधारभूत स्वतन्त्रताको वकालत र रक्षा गर्नु तथा सामाजिक न्याय, जीविकोपार्जन र दिगो शान्ति स्थापनाका लागि काम गर्ने जो कोही व्यक्तिलाई सम्बोधन गर्दा मानवअधिकार रक्षक भनिन्छ। यस परिभाषाअनुसार महिला पुरूष जो पनि मानवअधिकार रक्षक हुन सक्छ यो काम गर्दा जोकोहीले पनि निश्चित जोखिम उठाउनै पर्छ। तर राष्ट्रिय, अन्तर्राष्ट्रिय, सामाजिक, पारिवारिक संस्थागत नीति, व्यवहार प्रवृति र संस्कारहरूको वस्तुगत विश्लेषण गर्दा पुरूषको तुलनामा महिलहरूको परिवेश र भोगाइ फरक खालको छ। पुरूषको तुलनामा महिलाहरूले जटिल प्रकारका जोखिम, झन्झट, समस्या र हैरानीहरू बेहोर्नु परेको छ। यस अर्थमा मानवअधिकार रक्षकहरूको सन्दर्भमा स्थापित तथा प्रचलित मान्यता र परिभाषाले मात्रै महिला मानवअधिकार रक्षकहरूलाई समेट्न र सम्बोधन गर्न नसकिरहेको तथ्य जीवन भोगाइको यथार्थको रूपमा हाम्रो सामु छर्लङ्ग छ। त्यसैले वर्तमान अवस्थामा महिलामानवअधिकार रक्षकहरूलाई सीमान्तिकृत बनाउने सबै खाले प्रवृति, व्यवहार र कृयाकलापहरूको अन्त्य गर्न सक्ने खाले कानुनी प्रत्याभूति गराउनु आवश्यक छ। सोही अनुरूपका परिभाषा बन्नु अनिवार्य छ।
तसर्थ अधिकार प्राप्तिका लागि विभिन्न जोखिम खप्दै, आफ्नै मानवअधिकारकर्मी सहयात्रीहरू समेतबाट सीमान्तकृत सम्पूर्ण महिला मानवअधिकार रक्षकहरूको सुरक्षा, पहिचान र मान्यता स्थापित गर्नका लागि उच्चतम सामाजिक चेतनाको जागरण अर्थपूर्ण कानुनी प्रावधानहरूको व्यवस्था, सुलभ र छरितो राजकीय संयन्त्रको निर्माण र प्रभावकारी कार्यान्वयनको खाँचो खड्किएको छ। यो ऐतिहासिक आवश्यकता पूरा हुन सकेमा मात्र अधिकारको दियो अटुट र चीरस्थायी रूपमा बलिरहनेछ। यो अभियान यिनै पृष्ठभूमिमा महिला मानवअधिकार रक्षकहरूको कार्य पहिचान र मान्यता स्थापित गराउने उद्देश्यले सुरू गरिएको छ।
यस अभियानको उद्देश्य
निर्दिष्ट उद्देश्यहरू
गतिविधिहरू
आशातित उपलब्धिहरू
प्रभावकारी सूचना प्रणाली सञ्चालन भएको अवस्था हुनेछ ।
यो अभियान कसरी संचालन हुनेछ?
यस अभियानको सदस्य कसरी बन्न सकिन्छ ?
यस अभियानले के गर्दछ?
यस अभियानले के गर्दैन ?
यस अभियानका सबै सदस्यहरू महिला मानवअधिकारको क्षेत्रमा क्रियाशील रहने हुँदा महिला मानवअधिकार रक्षक सन्जालको सचिवालयले उक्त कार्यका लागि सदस्य, संस्था वा व्यक्तिहरूको निम्ति स्रोत खोज्ने, जुटाउने वा दिने कार्य गर्ने छैन।
महिला मानवअधिकार रक्षक सन्जाल
सचिवालय
ओरेक नेपाल
बालकुमारी, ललितपुर
पो.ब.नं. १३२३३
फेान नं. : २१२३१२४, ५००६३७३
फ्याक्स : ५००६२७१
<!--[if gte mso 9]> इमेल : <!--[if gte mso 10]> www.worecnepal.org