WOREC Nepal

१६ दिने महिला हिंसा विरूद्ध अभियान २०११

Printer-friendly versionSend to friend
Basic Information
Start Date: 
विही, 2011-11-24 (All day)
End Date: 
शनि, 2011-12-10 (All day)

कार्यक्रम तालिका


२१ औं अन्तराष्ट्रिय १६ दिने महिला हिंसा विरूद्ध अभियान २०११ - अवधारणा पत्र

अन्तर्राष्ट्रिय नारा ः “विश्वमा शान्ति छाउन घरबाट सुरूवात गरौं ः महिला हिंसा अन्त्य गर्न सैन्यवादलाई चुनौती दिउँ”

  

 ओरेक नेपालको नाराः यौनजन्य र लैङ्गिक हिंसा विरूद्ध सरकारी निकाय र सुरक्षाकर्मीको जवाफदेहिता ः शान्ति र संविधानकालागि ऐक्यवद्धता’ 

 

परिचय 

विश्वभर नोभेम्बर २५ तारिखलाई महिलामाथि हुने हिंसा विरूद्ध अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउदै आएको २१ बर्ष भईसकेको  छ । नोभेम्बर २५ लाई महिलामाथि हुने हिंसा विरूद्ध अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउनुको सन्दर्भ डोमिनिकन गणतन्त्रका एकै मिरावेल परिवारका तीन राजनीतिक कार्यकर्ता दिदीबहिनीलाई तत्कालिन त्रुजिलो तानाशाही सरकारले सन् १९६० मा गरेको निर्मम हत्यासँग जोडिएको छ । यस घटनालाई लिङ्गको आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिइन्छ । यसै प्रतिरूप पेट्रिया, मिनर्भा र मारिया नाम गरेका यी तीन दिदीबहिनीको हत्यालाई महिला विरूद्धको हिंसाको रूपमा लिई महिलावादीहरूले यिनीहरूको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गर्दै  मनाउने परम्पराको सुरूवात गरेका हुन् । 

विभिन्न अन्तर्राष्ट्रिय दिवसहरू भन्दा भिन्न तरिकाले महिला हिंसा विरूद्धको दिवसलाई एक दिनमा मात्र सिमित नभई प्रत्येक वर्ष नोभेम्बर २५ मा मनाइने अन्तर्राष्ट्रिय महिला हिंसा विरूद्धको दिवसदेखि डिसेम्बर १० मा मनाइने अन्तर्राष्ट्रिय मानव अधिकार दिवससम्म जम्मा  १६ दिन महिला  सम्म महिला हिंसा अन्त्यका लागि विभिन्न दवावमूलक तथा चेतनामूलक कार्यक्रमहरू आयोजना गरी अभियानकै रूपमा मनाउने गरिन्छ ।  प्रत्येक वर्ष झै यस वर्ष पनि अन्तर्राष्ट्रिय स्तरका नाराहरूप्रति ऐक्यवद्धता जनाँउदैे देशको परिस्थिति र अवस्था अनुरूप नारा तय गरी ओरेक नेपालले समुदायस्तर देखि राष्ट्रिय तहसम्म १६ दिन नै विभिन्न कार्यक्रमहरू संचालन गर्दै यो अभियानलाई निरन्तरता दिइरहेको छ । 

१६ दिने अभियानका क्रममा महत्वपूर्ण दिवसहरू

नोभेम्बर २५ महिला हिंसा विरूद्धको दिवस

नोभेम्बर २९ महिला मानव अधिकार रक्षक दिवस

डिसेम्बर १ विश्व एड्स दिवस

       डिसेम्बर ३ विश्व अपाङ्गता दिवस 

डिसेम्बर ५ विश्व स्वयंसेवक दिवस

डिसेम्बर ६ मण्ट्रियलमा गरिएको छात्रा आम हत्याको सम्झना दिवस (मण्ट्रियल विश्व विद्यालयमा  महिला अधिकारबादीहरूले अघि सारेका सुधारवादी नीतिहरूको विरोध गर्दै एक बन्दुकधारीद्वारा १४ छात्राहरूको हत्या गरिएको थियो ) यस दिनलाई नेपालका महिला शहिदहरूलाई श्रद्धान्जली 

डिसेम्बर १०  अन्तर्राष्ट्रिय मानवअधिकार दिवस

नेपालको द्वन्द्वकाल र शान्ति निर्माण प्रक्रिया समेतमा महिलामाथि भएका हिंसाको स्थिति र अहिलेको देशको परिस्थितिलाई केन्द्रित गर्दै अन्तर्राष्ट्रिय नारालाई आफ्नो अनुरूप ढाल्दै ओरेक नेपालद्वारा यसवर्षको नारा ‘यौनजन्य र लैङ्गिक  हिंसा विरूद्ध सरकारी निकाय र सुरक्षकर्मीको जवाफदेहिता ः शान्ति र संविधानका लागि ऐक्यवद्धता’ तय गरिएको छ । सरकार र सुरक्ष्ाँकर्मीले आफ्नो जवाफदेहिता पुरा नगरून्जेलसम्म महिलामाथि हुने हिंसा अन्त्य हुन  सक्दैन । महिलामाथि हुने हिंसा अन्त्य नभई शान्ति स्थापना हुन सक्दैन । त्यसका लागि हामी सवैको ऐक्यवद्धता आवश्यक छ भन्ने मान्यताका साथ ओरेक नेपालद्वारा ‘महिला हिंसा विरूद्ध शुन्य सहनशीलता’ को लक्ष्य राख्दै समुदायदेखि राष्ट्रियस्तर सम्म अभियान संचालन गरिरहेको छ । महिलामाथि हुने हिंसा बिरूद्धको अभियान बर्षैभरी संचालन गर्नुपर्दछ भन्ने मान्यता अनुरूप ओरेक नेपालले देशका बिभिन्न भाग र राष्ट्रियस्तरमा चलाईएका अभियानका निष्कर्षहरूलाई वाहिर ल्याउने र सरोकारवालाहरूलाई सुसुचित गर्न अवसरको रूपमा १६ दिने अभियानलाई लिने गरेको छ ।    

बिभिन्न कार्यक्रम मार्फत आफ्ना उपलब्धि र चुनौतिलाई महिला अधिकारसँग सरोकार राख्ने पक्षहरूसँग छलफल गरी नयाँ योजनाको खाका बनाउने र नयाँ रणनीतिका साथ महिलामाथि हुने हिंसा अन्त्य गर्न प्रतिवद्धता जारी गरिन्छ । ूख्ष्अतष्mजययम तय बनभलअथू भन्ने मूल मान्यताका साथ संचालन भईरहेका ओरेक नेपालका महिला हिंसा अन्त्य गर्ने कार्यक्रमको केन्द्रविन्दुका रूपमा समुदायस्तरदेखि राष्ट्रियस्तरसम्म महिला हिंसा विरूद्ध क्रियाशील महिला मानव अधिकार रक्षकहरू रहेकाछन् । 

नेपालमा शान्ति छाउन यी महिला मानव अधिकार रक्षकको जीवनमा शान्ति छाउनुपर्छ । यसका लागि हरेक घरमा शान्ति छाउने वातावरण हुनुपर्छ  तर  हाम्रो समाजमा दिनहुँ बढ्दो बल प्रयोग बिना केही पनि गर्न सकिदैन भन्ने सोचाई सैन्यवादी सोचको उपज हो । नियन्त्रण र बल प्रयोगद्वारा शान्ति ल्याउन सकिन्छ भन्ने मान्यताले आफूलाई बलवान देखाउन साना हात– हतियारहरूको प्रयोग बढ्दै गएको छ । यो स्थितीको अन्त्य नभएसम्म देशमा शान्ति स्थापना हुन सक्दैन साथै कुनैपनि नेपालीले शान्तिको अनुभूति गर्न सक्दैन ।  त्यसैले शान्ति स्थापना एक क्षेत्रको  प्रयासवाट मात्र  संभव छैन । यसका लागि सवै तह र तप्कामा रहेका व्यक्ति जिम्मेवार बन्नुपर्दछ । शान्तिको सुरूवात घरवाट हुदँै, राजनीतिक दल र पद्धतिवाट हुनुपर्छ । यी दुईमा कुन पहिला भन्ने नभई दुवैसँगै जानुपर्छ । यो स्थीति देशमा संविधान निर्माण नभए संभव हुदैन ।  यो बर्ष समुदायस्तरदेखि राष्ट्रियस्तरसम्म ‘ यौनजन्य र लैङ्गिक हिंसा विरूद्ध सरकारी निकाय र सुरक्षाकर्मीको जवाफदेहिता ः शान्ति र संविधानकालागि ऐक्यवद्धता’ भन्ने नाराका साथ ७३ वटै जिल्लाहरूमा विभिन्न कार्यक्रमहरू संचालन गरिने छ र सवै तह  र तप्कामा रहेका नेपालीलाई आफ्नो उत्तरदायित्व बोध गराउदै महिलाहिंसा अन्त्य गर्न जवाफदेहि बन्न अपिल गर्नेछ । 

उद्देश्यहरू ः यस वर्ष महिला हिंसा विरूद्धको १६ दिने अभियानका  उद्देश्यहरू निम्नानुसार छन् ः 



  • महिला हिंसा अन्त्यका लागि आम नागरिकमा सचेतना अभिवृद्धि गर्नु ।


  • महिला हिंसाका घटनाहरूको विश्लेषण गरिएको “अन्वेषी” पुस्तिका विमोचन गरी वर्षभरी महिलामाथि भएका हिंसाको सत्य तथ्य प्रमाणका रूपमा प्रस्तुत गर्नु र सरोकारवालाहरूलाई यसका लागि जिम्मेवार बनाउनु  ।


  • महिला मानव अधिकार रक्षकको महत्व र उनीहरूले निभाईरहको भूमिकाका वारेमा सवैलाई जानकारी गराउनु साथै पहिचान र सुरक्षाका लागि पैरवी गर्नु ।


  • महिला हिंसा अन्त्यकालागिसवै क्षेत्रका महिलाहरूबीच एैक्यवद्धताका लागि वातावरण बनाउनु ।


  • लैङ्गिक हिंसा विरूद्ध सरकारी निकाय तथा प्रहरी र सेनालाई जवाफदेही बन्न अभिप्रेरित गर्नु  ।


  • शान्ति र संविधानका लागि पैरवी गर्नु ।



अपेक्षित उपलब्धिहरु



  • समुदायदेखि राष्ट्रियस्तरसम्म सम्पूर्ण महिला मानव अधिकार रक्षकहरू महिला हिंसा अन्त्यका लागि ऐक्यवद्ध हुनेछन् ।


  • सन् २०१० जुलाई देखि २०११ जुनसम्मका महिला हिंसाका घटनाहरूको विश्लेषण सहितको  महिला हिंसा विरूद्ध बर्ष पुस्तक  “अन्वेषी” सार्वजनिक गरिन्छ । 


  • लैङ्गिक हिंसा विरूद्ध राष्ट्रिय कार्ययोजना÷कार्यक्रमहरूलाई प्रभावकारी वनाउने वातावरण तयार हुनेछ ।


  •  महिला मानव अधिकार रक्षकको आफ्नो पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित   गराउन पहल हुनेछ । 


  • देशभर संचालित महिला हिंसा विरूद्धका कार्यक्रमका बारेमा सवैलाई जानकारी प्राप्त हुनेछ ।


  • शान्ति र संविधान निर्माणका लागि दवाव सिर्जना हुनेछ ।


  • महिला हिंसा अन्त्यका लागि विभिन्न स्तरबाट ऐक्यवद्धता जाहेर गरी प्रतिवद्धता व्यक्त गर्नेछन् 


 

 

मुख्य कार्यक्रमहरू ः




  • महिला हिंसाका घटनाहरूको विश्लेषण गरिएको वर्ष पुस्तक “अन्वेषी”सार्वजनिकीकरण


  • “महिला मावन अधिकार रक्षकहरूको जीवन कथा” पुस्तकको विमोचन


  • “महिला हिंसा अन्त्यका लागि स्थानीय स्तरमा महिला मानव अधिकार रक्षकहरूले अपनाएका उपायहरू” विषयक कार्याशाला गोष्ठी


  • फिस्टुला व्यवस्थापन सम्बन्धी आवश्यकता पहिचान अध्ययनको प्रतिवेदनमाथि छलफल


  • अन्तरक्रिया कार्यक्रमहरू 


    • एकिकृत महिला स्वास्थ्य कार्यक्रमः कार्यान्वयन र चुनौतीहरू 


    • राजनीतिमा महिला हिंसा र शान्ति र संविधानका लागि महिलाको भूमिका


    • वैदेशिक रोजगारीमा गएका व्यक्तिका श्रीमतिहरूको अवस्था


    •  लैङ्गिक विभेदमा आधारित हिंसा विरूद्ध कार्य संचालन कार्य विधिमाथि छलफल


  • महिला शहिदहरूको तस्वीरमा दिप प्रज्वलन 


    • सूचना तथा शिक्षा सामाग्री प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम


  • महिला हिंसा विरूद्ध कचहरी नाटक (यौनजन्य हिंसा, दाइजो प्रथा, बोक्सी आरोप)


  • महिला हिंसा विरूद्धको मेला


  • रेडियो कार्यक्रम, 


  • महिलामाथि हुने हिंसा विरूद्ध ¥याली तथा कोणसभा




  • महिलामाथि भएका हिंसाका घटनाका प्रकृतिहरूबारे अन्तरक्रिया 


  • महिला हिंसा अन्त्यका लागि सचेतना अभिवृद्धिका लागि अभिमुखीकरण कार्यक्रम्


 

 

 

Filed under: