WOREC Nepal

ध्यानाकर्षण: समयमा संविधान निर्माणकालागि महिला दवाव अभियान

Printer-friendly versionSend to friend
Basic Information
Start Date: 
शनि, 2011-02-19 (All day)

<!--[if gte mso 9]> Normal 0 false false false EN-US X-NONE NE MicrosoftInternetExplorer4 <![endif]--><!--[if gte mso 9]> <![endif]--><!--[if gte mso 10]> <! /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-qformat:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin-top:0in; mso-para-margin-right:0in; mso-para-margin-bottom:0in; mso-para-margin-left:.5in; mso-para-margin-bottom:.0001pt; text-indent:-.25in; mso-pagination:widow-orphan; font-size:11.0pt; mso-bidi-font-size:10.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-fareast-font-family:"Times New Roman"; mso-fareast-theme-font:minor-fareast; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin;} --> <!--[endif] -->

माननिय सभासद्ज्यू 

........................

ध्यानाकर्षण ।

२०६२÷६३ को ऐतिहासिक जनआन्दोलन र शान्तिपूर्ण रूपमा सम्पत्र भएको संविधानसभाको निर्वाचन मार्फत नेपालले लोकतन्त्र र लोकतान्त्रिक रूपान्तरणमा विश्वास राख्ने करोडौं जनतामा आशाको सञ्चार गराएको छ । महिला, सीमान्तकृत, पछाडिपारिएको समुदाय, दलित, मधेशी, तेस्रो लिंगी, जनजाति लगाएत अन्य सबैका मुद्धालाई संविधानमा सम्बोधन गर्नको लागि संविधान निर्माण प्रक्रियामा सबैको समान समावेसी सहभागीताको आवश्यकता महसुस गरी संविधानसभामा हामीले ६०१ जनालाई पठाएका थियौं । 

तर संविधानसभाको निर्वाचन भएको ३ बर्ष पुगिसकेको छ । दुइ वर्षको अवधिमा संविधान जारी गर्न जनताले दिएको समय समाप्त भई पुन एक वर्षमा संविधान जारी गर्ने प्रतिवद्धता सहित समय थप गरिएको हो । पछिल्लो समयमा राजनैतिक पार्टिहरुको बिचमा सममmदारी, सहकार्य र एकता हुन नसक्दा थप गरिएको समयावधिको पनि ८ महिना बितिसकेको छ । तर संविधान निर्माणको प्रक्रिया अझै अन्योलको अवस्थामा छ । यो स्थितिका कारण देशभर राजनैतिक पार्टि र सभासदहरु प्रति नकारात्मक धारणा बन्दै गएको स्थिति छ । यो स्थितिले प्रतिक्रियावादी र देशलाई परिवर्तन हुन नदिने चलायमान शक्तिहरुलाई सकारात्मक सन्देस दिइराखेको छ । देशमा विभिन्न प्रकारका जडशुत्र वादीहरुको चलखेल बढि राखेको छ । त्यस कारण हाम्रा राजनीतिक पार्टिका नेताहरुले जनताको भावना र मर्मको कदर गर्दै देस र नेपाली जनताले अहिले सम्म प्राप्त गरेका उपलब्धिहरुलाई संस्थागत गर्नेछन् भन्ने विश्वास हामीले लिएका छौं । 

हामी महिलाहरु जस्ले विभिन्न रुपमा देशलाई परिवर्तन गर्ने आन्दोलनमा अगुवाइ गर्‌यौं, सहयोग गर्‍यौं, जेल नेल खाएकालाई यो स्थिति मान्य छैन । देश परिवर्तन नभए फेरी हिंसा र अराजकताबाट ग्रसित हुन्छ त्यसको प्रत्यक्ष मारमा हामी महिला, सिमान्तकृत समुदाय पर्दछौं । हामी सबै परिवर्तन (प्रगति) चाहने नेपालीहरुको विश्वासमा तुषारापात हुन्छ । यो स्थिति हामीलाई मान्य छैन नत यो स्थिति हाम्रा सभासदहरु लाई नै मान्य हुनेछ । 

त्यसैले वर्तमान परिप्रेक्षमा सम्पूर्ण नागरिक, महिला अधिकार रक्षक, मानवअधिकार रक्षकहरू सबैको मान्यता एउटै छ समयमा संविधान आउनुपर्छ । 

नेपालको इतिहासलाई फर्केर हेर्दा सङ्घर्षका विभिन्न चरणहरू र मोर्चाहरूमा महिलाहरूको भूमिका निर्णायक रहेको पाइन्छ । तर राजनैतिक परिर्वतन पछि वा संघर्षको मैदानबाट बाहिरिएपछि उनीहरू पुनः पछाडि पारिन्छन् । त्यही प्रवृतिका कारण आज पनि महिलाहरू उनै पुराना मुद्दा लिएर सडकमा ओर्लिनु पर्ने अवस्था छ । महिलाका सवालहरूलाई संविधानमा सम्बोधन नगरे सम्म समस्या समाधान हुदैन भन्ने हाम्रो ठम्याई छ । त्यस कारण नयाँ संविधान निर्माणको प्रक्रियामा महिला सभासदहरुको महत्वपूर्ण भूमिका रहने छ भन्ने आशा र विश्वास सम्पूर्ण नेपाली महिलाहरुलाई रहेको छ । 

हामी अझै विश्वस्त छौं सभासदहरूले समयमा संविधान जारी गर्न सकारात्मक र महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुनेछ । हाम्रा सभासदहरूले दलगत स्वार्थभन्दा माथि उठी नेपाली नागरिकको अधिकार सुनिश्चित गर्ने दिशामा एक भएर लाग्नु हुनेछ । त्यसैले हामी गाउँ, बस्ति, शहर, पहाड, मधेश, हिमाल सबै ठाउँका हाम्रा सभासदहरुलाई प्रगतिशील संविधान, देशलाई रुपान्तरण गर्न सक्ने संविधान, महिलाको अधिकार सुनिश्चित गर्ने संविधान तोकिएको समय भित्रमा बनाउन अनुरोध गर्दछौं । 

समयमा संविधान निर्माणकालागि महिला दवाव अभियान

 

Filed under: