Home :: Press Release :: Contact :: Login
प्रेश विज्ञप्ती
मिति ः २०६८ माघ १९ प्रत्येक नागरिकले आफ्नो आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गरी सम्मानजनक जीवनयापन गर्न पाउनु मानव अधिकार हो । नागरिकको यी अधिकारहरुको सम्मान, संरक्षण र परिपूर्ति गर्नु राज्यको प्रमुख दायित्व हो ।
(मिति २०६८÷१०÷१०) आम जनताको सुरक्षामा खटिएका सुरक्षाकर्मीद्वारा आफ्नी श्रीमती गीतालाई विभिन्न खालका हिंसा पश्चात् ६ वर्ष अगाडी देखि बेग्ला बेग्लै बस्दै आएको अवस्थामा पौष २७ गते गरिएको हत्या प्रति ओरेक नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । ओरेक नेपालको मंसिर महिनाको मासिक प्रतिवेदन अनुसार महिला हिंसाका घटनाहरु १४४ मध्ये ७ जनाको हत्या साथै पौष महिना अनुसार १२६ वटा मध्ये ९ जनाको हत्या भएको तथ्यांकले हत्या जस्तो जघन्य अपराध बढ्दै गएकोे तथ्य प्रमाणित हुन्छ । दण्डहिनताको अवस्था र अपराधीलाई राजनीतिक संरक्षण दिएका कारण पनि यस्ता घटनाहरु दिनानु दिन बढ्दै गएको अवस्था छ । यसरी देश र जनताको रक्षाका
वाग्मती लगायत उपत्यकाका नदी किनारमा बस्दै आएका सम्पुर्ण सुकुम्बासीहरुलाई नेपाल सरकारले मिती २०६८ कात्र्तिक २५ गतेको पहिलो सुचना अनुसार माघ २ गते देखि डोजर प्रयोग गरी हटाउने निर्णय गरेपश्चात् आफ्नो बास अधिकार संरक्षणका लागि सुकुम्बासी बस्तीमा बस्दै आएका बासीन्दाहरुले चरणवद्ध रुपमा विभिन्न किसिमका आन्दोलनहरु गर्दै आएका थिए । यसै क्रममा मिती २०६८ माघ २ गते शान्तिपूर्वक राँके जुलुस निकाल्ने क्रममा तथा आज मिती २०६८ माघ ३ गते उपत्यका बन्दका लागि प्रदर्शनीका लागि बस्तीबाट निस्कने क्रममा रहेका महिला तथा बालबालिका लगायत करिब ४००० व्यक्तिहरुलाई जबरजस्ती बल प्रयोग गरी कुटपीट गर्दै गिरफ्तार गरिएको घटना
ओरेक नेपालको २१ औं वार्षिक साधारण सभा यहि मिति २०६८ साल पौष १६ गते सम्पन्न भएको छ । वैठकको अध्यक्षता ओरेक नेपालका अध्यक्ष सरज गुरुङले गर्नुभएको थियो । ओरेक नेपालका संस्थापक तथा महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजाल अध्यक्ष डा. रेणुराज भण्डारी, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गौरी प्रधान, महिला मन्त्रालयका सहसचिव उपेन्द्र अधिकारी, जिल्ला विकास समितीका प्रतिनिधी नारायण अधिकारी, ओरेक नेपालका संस्थापक तथा सल्लाहाकार हर्षनारायण धौबडेल, ईन्सेक अध्यक्ष सुबोधराज प्याकुरेल तथा ओरेक नेपालका कार्यकारी सदस्यहरुले अतिथिको आशन ग्रहण गर्नुभएको थियो ।
विभिन्न ७३ जिल्लाका महिला मानव अधिकाररक्षकहरुको राष्ट्रिय भेलाको उद्घाटन सत्र महिला मानव अधिकार रक्षकहरुको सुरक्षाका विषयमा केन्द्रित भै उदयपुरमा पौष ८ गते सम्पन्न भयो । महिला मानव अधिकार रक्षकहरुको सुरक्षा, मानव अधिकार रक्षकहरुको रक्षा नाराका साथ महिला मानव अधिकार रक्षकको सुरक्षा र नेपालको नयाँ बन्ने संविधान सम्बन्धी सातौं राष्ट्रिय परामर्श गोष्ठी तथा चौंथो साधारण सभा दुइ दिने गोष्ठीका साथ पौष १० गते सम्पन्न हुदैछ .
महिला हिंसा विरुद्धको अभियान सोह्र दिवसिय अभियान अन्र्तगतको अन्तिम दिन तथा ६३ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस आज सिरहाको लहानमा विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दिपेन्द्र वहादुर क्षेत्रीले कृषि प्रधान देश भनिएपनि यसलाई मुल प्रवाहकिरण गर्न नसकिएको बताउनु भएको छ ।
नेपालमा अझैपनि ७० प्रतिशत महिलाहरु घर मै सुत्केरी हुनु नै उनीहरुमा पिसाव चुहिने फिष्टुला समस्याको प्रमुख कारण भएको विज्ञहरुले औल्याएका छन् । १६ दिने अभियानका सन्दर्भमा ओरेक नेपालले आज (मंसिर २२) गते काठमाण्डौमा आयोजना गरेका फिष्टुला रोकथामकालागि आवश्यकता पहिचान सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा वोल्दै विज्ञहरुले महिलाहरुमा यस समस्याबाट जोगाउन स्वास्थ्य संस्थामा सुत्केरी हुनुका फाईदा र महत्वका बारेमा सचेत बनाउनु पर्नेमा जोड दिए । अन्र्तक्रियामा वोल्दै
मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाहरुको पेशालाई सम्मानगर्दै उनीहरुको अधिकारको बारेमा सोच्नपर्ने र सर्वोच्चको निर्देशिका २०६५ कार्यान्वयनगर्न सबै निकायले सहयोग गर्न पर्ने