WOREC Nepal

पुष महिनाको मासिक प्रतिवेदन

Printer-friendly versionSend by email
Basic Information
Published: 
मङ्गल, 2012-01-24

मिति २०६८ माघ १०

पृष्ठभुमि 

देशमा लोकतन्त्रको स्थापना भएको वर्ष पुरा भई सक्दा पनि अझ पनि महिलाहरु माथिको विभेद हिंसामा कमि आएको पाईदैन देश शान्ति संविधानको प्रक्रियामा अगाडि बढीरहेको अवस्था तर देशको विभिन्न कुनामा रहेका नेपाली महिलाहरु अझै पनि आर्थिक, सामाजिक, सांस्कृति हिंसाको चरम चपेटाबाट गुज्रिनु परिरहेको छाउपडी जस्तो रुढीवादी परम्पराको शिकार नेपाली महिलाहरु अझै पनि हुनुपरिरहेको   प्राकृितक रुपमा रजश्वला भएकै कारण महिलाहरुलाई घरबाट बाहिर गोठमा राख्ने गरिन्छ   जसले गर्दा वर्षेनी कैयौं महिलाहरुले अकालमै ज्यान गुमाउनुपरेको  

रजश्वला भएको बेलामा महिलाहरुलाई गोठमा राखिएका कारण भर्खरै मात्र अछाम जिल्लाकी एक महिलाले अकालमा नै ज्यान गुमाउनु परेको सुदुरपश्चिमको आछाम जिल्लामा ४० वर्षिय बेलु दमाईलाई रजश्वला भएको बेलामा घरबाहिर, झ्याल, ढोकापनि नभएको छुटै गोठमा राखेको बेलामा निजको मृत्यु भएको रजश्वला भएको बेलामा महिलाहरुलाई दुध, दहि जस्ता पौष्टिक आहारजन्य खानामा रोक लगाईन्छ, साथै फोहोर तथा असुरक्षित गोठमा स्वच्छ हावा समेत नपाउनेगरी राखिन्छ, भने पशु मानिसलाई छुन समेत बञ्चित गराईन्छ यसबाट महिलाहरुको बाँच्न पाउने अधिकार, स्वास्थ्य अधिकार, खाद्य अधिकार आवाशको अधिकार लगायतका अधिकारहरुको हनन् भएको  

नेपाल सरकारले मानव अधिकारको संरक्षण प्रवद्र्धनका लागि विभिन्न अन्तरराष्ट्रिय सन्धी, महासन्धीहरुमा हस्ताक्षर गरी प्रतिबद्धता जनाएको भने राष्ट्रिय कानून पनि निर्माण गरेको महिलामाथि हुने सबै प्रकारको हिंसा विरुद्धको महासन्धी (सिडो, १९७९), मानव अधिकारको विश्व व्यापी घोषणापत्र (१९४८) को पक्षराष्ट्र समेत रहेको नेपाल सरकारको कार्यान्वयन पक्ष प्रभावकारी हुन नसकेको कुरा माथिको घटनाबाट अझ स्पष्ट भएको महिला माथि हुने हिंसा अन्त्यका लागि राज्यले यस्ता किसीमका घटनाहरुप्रति संवेदनशिल भई भएका नीति नियमहरुको प्रभावकारी कार्यान्वयन गर्न अति आवश्यक रहेको यसै गरि महिला माथि हुने हिंसाका घटनाहरुको अनुगमन तत्काल सक्रिय रुपमा गरी यसको अन्त्यका लागि हिंसा प्रभावीत महिलाले उजुरी गरेको २४ घण्टा भित्र सम्बोधन गर्ने संयन्त्रको विकास गर्नु जरुरी रहेको  

 

बिषयबस्तु  

ओरेक नेपालले अभिलेखिकरण गरेका तथा विभिन्न राष्ट्रिय पत्रपत्रीकाहरुबाट प्राप्त तथ्यांकका आधारमा पौष महिनामा १२६ जना महिलाहरुमाथि हिंसा भएको पाईएको जसमध्ये सबैभन्दा बढी घरेलु हिंसाको केश ३९ वटा रहेका छन् यस महिना पनि सबैभन्दा बढी महिलाहरुमा आफ्नै श्रीमान् तथा घरपरिवारका अन्य सदस्यहरुबाट हिंसा भएको पाईएको यस महिना १३ जना महिलाहरुमाथि बलात्कार (बलात्कार १०, सामुहिक बलात्कार ) भएको भने जना महिलाहरुमाथि बलात्कारको प्रयास भएको पाईयो   त्यसैगरि जना महिलाहरुमाथि बोक्सिको आरोप लगाई गाउँ निकाला गर्ने, कालो मोसो दल्ने तथा दिशा पिसाब समेत ख्वाउने प्रयास भएको पाईएको  

 

पौष महिनामा महिलामाथि भएका हिंसाका घटनाको प्रकार संख्या यसप्रकार रहेको

घटनाको प्रकार संख्या

घरेलु हिंसा ३९

कुटपिट २५

बलात्कार  १०

सामुहिक बलात्कार

बलात्कारको प्रयास

सामाजिक हिंसा  १०

हत्या

वहुविवाह

बोक्सिको आरोप

बहुविवाह

बेचबिखन 

बेचबिखनको प्रयास

घरनिकाला

यौन शोषण

मानसिक यातना

जम्मा १२६

AttachmentSize
Monthly Report_Paush_2068_VAW cases.doc83 KB
Filed under: