WOREC Nepal

मासिक प्रतिबेदन मंसिर

Printer-friendly versionSend by email
Basic Information
Author: 
Durga Karki
Published: 
आईत, 2011-12-25

 

मिति २०६८ पुष १०, कुनै पनि हिंसा पीडित महिलाले उजुरी गरेको २४ घण्टाभित्र हिंसाको सही सम्वोधन गर्ने संयन्त्रको विकास गर्नुपर्ने र महिला मानव अधिकार रक्षक” हरूको सुरक्षाका लागि नीतिगत व्यवस्था गर्नुपर्ने माग सहित महिला हिंसा विरुद्धको १०० दिने अभियान सुरु भएको छ । महिलामाथि हुने हिंसा मानव अधिकारको हनन भन्ने कुरा अझैपनि हाम्रो समाजले बुझ्न सकेको छैन ।  महिलामाथि हुने हिंसाले महिलालाई मात्र होइन, घर परिवार र राज्यलाई नै प्रभाव पार्दछ,, नागरिकहरूको मानसिक, शारीरिक र देशको सामाजिक स्वास्थ्य स्थितिमा गम्भीर प्रभाव पार्छ भन्ने कुराको  आम अनुभुति  हुन नसकेको स्थिती छ । महिलामाथि हुने हिंसा अन्त्यकालागि नै सरकारले विभिन्न तहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिवद्धताहरू जारी गरेको छ यसै अनुसार केही नयाँ कानुनको निर्माण भएका छन् । यो निश्चय पनि सकारात्मक कदम हो तर यस्ता कानुन र नीतिहरूको कार्यान्वयन प्रभावकारी हुन सकेको छैन । देशमा बढ्दै गएको दण्डहीनता, राजनीतिको अपराधीकरण र अपराधको राजनीतिले हिंसा गर्नेहरूलाई बल पु¥याएको छ । पीडित अझ पीडित बन्न पुगेका छन् । देशमा बढ्दै गएको भ्रष्टाचारले यसलाई अझ जटिल बनाएको छ । यो स्थितिमा परिवर्तन नआएसम्म देशमा लोकतन्त्र बलियो हुन सक्दैन । शान्ति स्थापना हँुदैन । यही अवस्थामा केन्द्रित भई यस्तो अवस्थामा परिवर्तन ल्याउने उद्देश्यले महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय संजालले  दुईवटा माग राखी १०० दिने अभियानको शुरु गरेको  छ  जुन चैतको ८ गतेसम्म बिभिन्न कार्यक्रम गरि समुदायस्तरदेखि राष्ट्रिय स्तरसम्म मनाईनेछ ।  

बिषयबस्तु  

ओरेक नेपालले अभिलेखिकरण गरेका तथा विभिन्न दैनिक पत्रपत्रिकाहरुबाट प्राप्त तथ्याकंका आधारमा मंसिर महिनामा १४४ जना महिलामाथि हिंसा भएको पाईएको छ । जसमध्ये सबैभन्दा बढी घरेलु हिंसाका ४४ वटा घटना रहेका छन् । ओरेक नेपालद्घारा प्रकासित महिला हिंसाबिरुद्धको बर्ष पुस्तक ‘अन्वेषी २०११’ मा पनि अभिलेखिकरण गरिएका घटनाहरुमध्ये सबैभन्दा बढी ६७ प्रतिशत महिलाहरुमा घरेलु हिंसा रहेको पाईएको छ । यी घटना मध्ये पनि सबैभन्दा बढी ७४ प्रतिशत महिला आफ्नै श्रीमान्बाट हिंसामा परेको र २६ प्रतिशत परिवारका अन्य सदस्यहरुबाट हिंसा खप्न बाध्य रहेको तथ्याकंले देखाएको छ । महिलाहरु सबैभन्दा बढी  आफ्नै घरपरिवारमा असुरक्षित छन् भन्ने कुरालाई यस तथ्यांकले पुष्टि गरेको छ  ।   

मंसिर महिनामा ४४ जना महिलाले आºनै परिवारबाट यातना पाएका छन् । ७ जना महिलाको हत्या भएको छ  ३ सामुहिक सहित २१ वटा बलात्कारका घटना भएका छन् भने ३ जनामाथि वलात्कारको प्रयास भएको छ ।  ५ जनालाई कथित वोक्सीको आरोप लगाईएको छ । 

 

मंसिर महिनामा महिलामाथि भएका हिंसाका घटनाको प्रकार र संख्या यसप्रकार रहेको छ

हिंसाको प्रकार संख्या

घरेलु हिंसा ४४

कुटपिट १९

गाली गलौंज

बलात्कार १८

बलात्कार प्रयास

सामुहिक बलात्कार

हत्या

ठगी

अपहरण

सामाजिक हिंसा

धम्की

वेचविखन प्रयास

मानसिक यातना

बोक्सीको आरोप

अलपत्र, बेपत्ता 

बहुबिवाह १४

यौंन शोषण / चारीत्रिक आक्षेप

जम्मा   १४४

 

 

AttachmentSize
Monthly Report Mangsir 2068.doc102 KB
Filed under: