WOREC Nepal

मासिक प्रतिबेदन मसिंर

Printer-friendly versionSend to friend
Basic Information
Editor: 
दुर्गा कार्कि
Published: 
शुक्र, 2009-12-25

पृष्ठभुमी
सरकारले सन् २०१० मा नेपाललाई लैगिंक बिभेद बिरुद्धको बर्ष मनाउने घोषणा गरेको एक महिना पुग्यो। यो एक महिनालाइृ सर्सती हेर्दा कार्यक्रम ल्याउने बित्तिकै महिला माथि हुने हिंसा संख्यात्मक रुपमा घट्ने आश गर्नु त्यति उपयुक्त देखिदैन तर  पिडीत महिलाहरुलाई न्याय दिने कुरामा पनि राज्यले  त्यति तत्परता देखाएको अनुभब भएन।  सुन्तली धामी कै  मुद्धालाई लिने हो भने उनलाई न्याय दिने कुरामा राज्य उदाशिन देखिएको  छ। पीडक  छ जना मध्ये तीन जनालाई छोडिएको छ ।  जो पुर्पक्षका लागि थुनामा छन् उनीहरुले पनि तारिकमा रिहा हुन पाउनु पर्ने भन्दै पुनराबेदन गरेका छन्। अनुसन्धानलाई प्रभावित पार्न राज्यले  अहिले अछामका सरकारी वकीलदेखि सबै नया कर्मचारी नियुक्त गरेको छ। जसले सुन्तली धामीको मुद्धालाई   झन कमजोर बनाएको ठहर ओरेक नेपालले गरेको छ। 
  लैगिंक बिभेदमुक्त बर्ष मनाउने कार्ययोजना सार्बजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री माधब कुमार नेपालले महिला हिंसामा संलग्न पीडकलाई राजनितीक संरक्षण नदिएको ख48डमा मात्रै पनि समाजमा महिलामाथि हुने हिंसा ५० प्रतिशत आफै कम हुने बताउनुभएको थियो। तर उहाकै पार्टीबाट गृहमन्त्री बन्नु भएका भीम रावलले यो घटनाका पिडीतलाई न्याय दिने तत्परता नदेखाएको कुरा बारम्बार उठीरहेको छ। त्यसैले कार्यक्रम ल्याएर मात्र केही कुरा कम गर्न सकिने भन्दा पनि  ब्यबहारमा उतार्न र  यसका लागि ब्यबहार परिबर्तन मुख्य चुनौतिको रुपमा देखिएको छ।   
बिषयबस्तु             
कात्तिक महिनाको तुलनामा महिला माथि हिंसा  भएका  हिंसाका घटना मंसिर महिनामा बढेका छन्।   गत महिना महिला माथि १२२ वटा हिंसाका घटना भएका थिए भने यो महिना  देशभरीबाट २ सय १० वटा महिला माथि भएका हिंसाका घटना ओरेक नेपाललाई प्राप्त भएका छन।  महिलामाथि भएका हिंसाका सबै भन्दा बढी घटना हामीलाई यो महिना पुर्बाञ्चलबाट प्राप्त भएको छ। ओरेक शाखा कार्यालय मोरङ्गका अनुसार त्यस क्षेत्रमा ९४ जना महिला, हिंसाका शिकार भएका छन् , यी मध्ये  ४० जना महिला माथि कुटपीट भएको छ भने २० जना  घरेलु हिंसाबाट पिडीत भए। यसैगरी सुदुरपश्चिमाञ्चलमा ३० जना महिलामाथि हिंसा भएको छ। 
घरेलु हिंसा
मंसिर  महिनामा घरेलु हिंसा का ४५ वटा घटना हामीलाई प्राप्त भएका छन्। कात्तिक महिनामा १८ जना महिलाले आफ्नै पविारबाट यातना पाएका थिए।  कात्तिक महिनामा घरेलु हिंसा  केही कम देखिएपनि  मंसिर महिनामा बढेको देखिएको छ। संखुवासभामा दाईजो र पढ्ने खर्च नल्याएको भन्दै १६ दिन कि सुत्केरीलाई घरबाट निकालिएको छ। संखुवासभा धुपु की १८ बर्षिया अम्बिका अधिकारीलाई श्रीमान लगायत परिवारले कुटपीट गरी घर निकाला गरेका हुन्। कास्की लाहाचोकमा बिबाह गरेर एक युवकले श्रीमतीलाई अलपत्र पारेका छन्।  पारिवारीक र सामाजिक कारणले घरेलुहिंसाबाट पिडीत महिलाहरु उजुरीका लागि जाने वा आफुमाथि भएको हिंसालाई बाहिर ल्याउने आँट गर्न सक्दैनन्। तैपनि पछिल्लो समयमा उजरी गर्ने क्रम  बढेको देखिन्छ। महिलाहरुले आफुमाथि भएको हिंसा सहेर बस्ने मौनताको संस्कृतिले पीडकहरुलाई  कार्बाहीको दायरामा ल्याउन नसक्दा हिंसा गर्ने प्रबृत्ति बढेको देखिन्छ। 
हत्या 
    मंसिर महिनामा ४ जना महिलाको हत्या भएको छ। बिबाहको प्रस्ताब अस्वीकार गर्दा  रौतहटमा  २३ बर्षिय  मुकेश प्रसाद शाहले १८ बर्षिया सुमन कुमारी मुखियाको हत्या गरेका छन्।  मंसिर  महिनामा २९ जना महिलामाथि बलात्कार भएको छ  भने ५२ जना महिलालाई कुटपीट गरिएको छ। यसैगरी ८ जना महिलामाथि बोक्सीको आरोप लगाईएको छ। 

मंसिर महिनामा महिला माथि भएका हिंसाका घटनाको प्रकार र संख्या यसप्रकार रहेको छ। 
 
 
 
क्र.स    यातनाको प्रकार    संख्या
१    घरेलु हिंसाख      ४५
२    हत्या               ४
३    बेचबिखन            १४
४    ब्ाोक्सीको आरोप    ८
५    बलात्कार            २९
६    कुटपीट              ५२
७    मानसिक यातना    ३७
८    बाल बिबाह          २
९    दाईजो               १
१०     सामाजिक हिंसा    १७
११    तेजाब              १
      जम्मा            २१०
 
 
         स्रोत  ओरेक नेपाल
          बिभिन्न पत्रपत्रिका
 
 
 
                                                                                                 
    
 
 
 

Filed under: