Home :: Press Release :: Contact :: Login
पृष्ठभुमि
महिलाहरुलाई बोक्सीको आरोप लगाई शारिरीक र मानसिक यातना दिने क्रम ग्रामीण भेगमा मात्र नभई शहरी क्षेत्रमा पनि बढ्दै गएको छ । चितवनको माडीमा कथित बोक्सी को आरोपमा मारिएकी ढेगनीदेवी महत्तोको घटना घटेको १ महिना पनि नहुँदै फेरि काठमाडौंमा २ जना महिलालाई ज्यानै लिने गरि बोक्सी को आरोपमा दिईएको यातनाले बोक्सीको आरोपमा महिलाहरु कसरी प्रताडित भईरहेका छन् भन्ने तथ्यलाई उजागर गर्दछ । हानिकारक सांस्कृतिक परम्परा र रुढवादी सोचका कारण महिलाहरु कथित बोक्सी को नाममा दिनहुँ हिंसामा पर्दैछन् । ओरके नेपालद्धारा प्रकाशित मासिक प्रतिवेदन अनुसार २०६८ बैशाख देखि फाल्गुन महिनासम्म ९२ जना महिलाहरुमाथी बोक्सीको आरोपमा भएको हिंसाको तथ्यले पनि पुष्टि गर्दछ ।
बोक्सी प्रथाको अन्त्यको लागी बोक्सीको आरोप लगाई हुने गरेको अन्याय, अत्याचार, उत्पीडन, यातना दिने कार्यको रोकथाम नियन्त्रण र सजाय गर्ने प्रभावकारी कानुनको तर्जुमा र सामाजिक सचेतना अभिबृद्धि गरी रुढीवादी अज्ञानता हटाउन सचेतना कार्यक्रमहरु चलाउने व्यवस्था गर्नका लागि सर्वाच्च अदालतले निर्णय समेत दिईसकेको छ । महिला विरुद्ध भेदभाव उन्मूलन समिति ९ऋभ्म्ब्ध् ऋयmmष्ततभभ० ले समेत पित्तृसत्ताले जरो गाडेको संस्कृति र सामाजिक संरचनाका कारण महिलाहरु हिंसामा रहेको ठहर गर्दै लैङ्गिक पूर्वाग्रही र हानिकारक परम्परागत अभ्यासहरुको अन्त्यका लागि सुझावहरु पेश गरेको छ । जसमा पित्तृसत्तात्मक प्रवृत्ति र लैङ्गिक पूर्वाग्रही भूमिकाको अन्त्यका लागि ठोस उद्देश्य र कार्यतालिका सहितको विस्तृत रणनीति लागू गर्ने, जनचेतना अभिबृद्धि तथा शैक्षिक कार्यक्रमहरुको सुदृढ गर्ने र महिलाहरुमाथि भेदभाव गरिनु हुँदैन भन्ने किसीमको संन्देश प्रवाह गर्न संचार जगतसँग सहकार्य गर्ने, र हानिकारक सामाजिक अभ्यासहरुका सम्बन्धमा चाँडै कानुन निर्माण गर्न नेपाल सरकारलाई सुझाव समेत प्रस्तुत गरेको छ ।
नेपाल सरकारले मानव अधिकारको संरक्षण र प्रवद्र्धनका लागि विभिन्न अन्तराष्ट्रिय सन्धि तथा महासन्धीहरुमा हस्ताक्षर गरेका अवस्थामा पनि महिलामाथि हुने हिंसाका घटना कमी नहुनु र बोक्सी जस्तो अमानुषिक प्रथाको अन्त्यका लागि सर्वाच्च अदालतले आदेश दिईसकेको अवस्था र सिडो समितीले सुझाव समेत दिईसकेको अवस्थामा पनि हानिकारक परम्परागत अभ्यासको अन्त्यका लागि विशेष कानुनको व्यवस्था हुन नसक्दा महिलाहरु दैनिक रुपमा हिंसाको शिकार बन्दै गएका छन् । जसले नेपाल सरकार महिला अधिकार सुनिश्चिताका लागि अझ पनि संवेदनशिल, जिम्मेवार र उत्तरदायी बन्न सकेको छैन भन्ने पुष्टि गर्दछ ।
बिषयबस्तु
ओरेक नेपालले अभिलेखिकरण गरेका तथा विभिन्न राष्ट्रिय पत्रपत्रीकाहरुबाट प्राप्त तथ्यांकका आधारमा फाल्गुन महिनामा १२४ जना महिलाहरुमाथि हिंसा भएको पाईएको छ ।
यस महिनापनि सबैभन्दा बढी महिलाहरुमाथि घरेलु हिंसा भएको पाईएको छ । घरेलु हिंसामा पनि सबैभन्दा बढी महिलाहरुलाई शारिरीक हिंसा भएको पाईएको छ । यस महिनामा मात्र १३ जना महिलाहरुको हत्या गरिएको छ जसमा श्रीमान्बाट मात्र ४ जना, घरपरिवार सदस्यहरुबाट ५ जना र समाजका व्यक्तिहरुबाट ५ जना महिलाको हत्या भएको पाईएको छ । ५ जना महिलाहरुलाई बोक्सीको आरोपमा यातना दिईएको छ भने ६ जना महिलाहरु बेचबिखनमा परेका छन् ।
फाल्गुन महिनामा महिलामाथि भएका हिंसाका घटनाको प्रकार र संख्या यसप्रकार रहेको छ
| Attachment | Size |
|---|---|
| Monthly report_Falgun_2068-10_Chaitra-1.doc | 74 KB |