WOREC Nepal

मासिक प्रतिवेदन बैशाख २०६९

Printer-friendly versionSend by email
Basic Information
Published: 
बुध, 2012-05-23

पृष्ठभुमि

संविधान निर्माणका लागि चौथो पटक थप गरिएको समय समाप्त हुन ४ दिन बाकि रहेको छ । तर संविधान निर्माणका लागि नेपाली जनताले विश्वास गरि चुनेर पठाएका नेताहरु जनताप्रति बफादार हुन नसक्दा आम नेपाली नागरिकको संविधान पाउने अधिकार यस पटक पनि कुण्ठित त हुने छैन भन्नेमा सबै चिन्तित रहेका छन् । समयमा संविधान जारी हुन नसक्दा देशमा बढेको संक्रमणकालिन स्थितीको सबैभन्दा ठूलो मार नेपाली महिलाहरुले खेपिरहेका छन् । लम्बिएको संक्रमणकालमा भएका हिंसाको सम्बोधन हुने स्थिती नभएकै कारण महिला माथि हुने हिंसा बढ्दो छ । महिलामैत्री तथा समानता सहितको संविधानले मात्र महिलाको समान अधिकार, न्याय तथा नीति निर्माणमा पहुँच पु¥याउने भएकोले समयमै लैङ्गिकमैत्री संविधान निर्माणका लागि हामी संविधान सभा र राजनितीक पार्टीको ध्यानाकर्षण गराउन चाहन्छौं ।  

बिषयबस्तु  

ओरेक नेपालले अभिलेखिकरण गरेका तथा विभिन्न राष्ट्रिय पत्रपत्रीकाहरुबाट प्राप्त तथ्यांकका आधारमा बैशाख महिनामा १०५ जना महिलाहरुमाथि हिंसा भएको तथ्याङ्क पाईएको छ । 

महिलाहरु सबैभन्दा बढी श्रीमान्, घरपरिवारका सदस्यहरु, आफन्तबाटै पीडित बनाईएका छन् भन्ने तथ्यलाई यस महिनाको तथ्याङ्कले पनि पुष्टि गरेको छ । यस महिनामा मात्र ५३ जना महिलाहरुमाथि घरेलु हिंसा भएको छ । जसमा ३८ जना महिलाहरुमाथि श्रीमानले हिंसा गरेका छन् भने ११ जना महिलाहरु  परिवारका सदस्यहरुबाट हिंसामा परेका छन् । 

यस महिना २० जना महिलाहरुमाथि सामाजिक हिंसा भएको पाईएको छ । जसमा ६ जना महिलाहरुलाई बोक्सीको आरोपमा शारिरीर र मानसिक यातना दिईएको छ, ५ जना महिलाहरुमाथि कुटपीट, १ जना बालिकाको बालविवाह, २ जना महिलालाई ज्यानमार्ने धम्की दिईएको छ । 

यस्तैगरि ९ जना महिलाहरुको हत्या भएको छ । जसमा श्रीमान्द्धारामात्र ६ जना, परिवारका सदस्यहरु मिलेर ३ जनाको हत्या भएको छ ।  १४ जना (सामूहिक बलात्कार ४) महिलाहरुमाथि बलात्कार भएको । ६ जना महिलाहरुमाथि यौनीक हिंसा भएको छ भने २ जना महिलाहरुको हत्याको प्रयास भएको तथ्याङ्क यस महिना पाईएको छ । 

 

बैशाख महिनामा महिलामाथि भएका हिंसाका घटनाको प्रकार र संख्या यसप्रकार रहेको छ ।

घटनाको प्रकार            संख्या       कैफियत

 

घरेलु हिंसा जम्मा           ५३      

कुटपिट                  ३७         श्रीमानबाट ३१, परिवारका सदस्यहरुबाट ६ 

बहुविवाह                 ४           

मानसिक यातना           ५          श्रीमानबाट ४, परिवारका सदस्यहरुबाट १ 

घर निकाला               ५          श्रीमानबाट ३, परिवारका सदस्यहरुबाट २ 

गाली गलौज              २          परिवारका सदस्यहरुबाट २ 

 

सामाजिक हिंसा जम्मा      २० 

बोक्सिको आरोप           ६          छिमेकीबाट ५, परिवारका सदस्यहरुबाट १

मानसिक यातना           ३          छिमेकीबाट १,साथीबाट १,मालिकबाट १

कुटपिट                  ५          छिमेकीबाट ४,साथीबाट १

बालविवाह                १         

धम्की÷ज्यान मार्ने धम्की    २          छिमेकीबाट

गाली गलौज              ३          छिमेकीबाट

 

बलात्कार                 १०         परिवारका सदस्यहरुबाट ५, अपरिचित व्यक्तिबाट २छिमेकीबाट ३

सामुहिक बलात्कार         ४          ३ अपरिचित व्यक्तिबाट, १ सीमा सुरक्षा बल(भारत)

बलात्कारको प्रयास         १          छिमेकीबाट १

यौंनिक हिंसा              ६          १ श्रीमानबाट, परिवारका सदस्यबाट १,छिमेकीबाट १, होस्टल ईन्चार्जबाट १, प्रहरीबाट १,                                                                   मालिकबाट १

 

हत्या                    ९          श्रीमानबाट ६, परिवारका सदस्यहरु मिलेर  ३

हत्याको प्रयास            २          श्रीमानबाट १ , घरपरिवारका सदस्यबाट १

जम्मा  १०५

---- प्रकाशित मिति २०६९ जेष्ठ १०

Filed under: