WOREC Nepal

ओरेक नेपाल बीसौँ बर्षमा प्रवेश

Printer-friendly versionSend to friend

 

 

महिला अधिकारको क्षेत्रमा लामो समयदेखि क्रियाशील महिला पुर्नस्थापना केन्द्र ओरेक नेपालले २०६६ साल चैत ३ गते आफ्नो २० औ बार्षिकोत्सब मनायो। १९ बर्ष पुरा गरी २० औ बर्ष प्रवेशका अवशरमा ओरेक नेपालले एक बिशेष कार्यक्रमको आयोजना गर्यो।  यस अवशरमा मीन बस्नेतले ओरेक नेपालले आफ्नो स्थापनाकाल देखि अहिलेसम्म गरेका गतिविधि र उठाएका मुद्दाका बारेमा संक्षिप्त जानकारी प्रस्तुत गर्नुभएको थियो।  कार्यक्रममा  ओरेक नेपालको स्थापना गरि महिला अधिकारको मुद्दामा बहसको सुरुवात गर्ने  ओरेक नेपालका संस्थापक अध्यक्ष डा. रेणु राजभन्डारी लगायत अमुल्य सुझाब दिई ओरेक नेपालाई मार्गनिर्देशन गर्ने सल्लाहकारहरु डा. मीना आचार्य, डा. बिनायक राजभन्डारी, प्रा. हर्ष नारायण धौभडेल, डा.देबेन्द्र चापागाईं, डा. कैलाशनाथ प्याकुरेल, डा. मोहन खरेल र श्री पिताम्बरा उपाध्यायलाई सम्मान गरिएको थियो। यसक्रममा सामाजिक आर्थिक ,साँस्कृतिक रुपान्तरणका लागि कृतिका अभियानले बिशेष साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो।  कार्यक्रममा झन्डै २ सयजना सहभागी थिए। यसक्रममा ओरेक नेपालले संचालन गरेका अभियान का बारेमा जानकारी गराउने उद्देश्यले सबै अभियानको उद्देश्य, उपलब्धी र चुनौतिसहित राखिएको जानकारीमुलक  स्टलको कार्यक्रममा सहभागी हुन आउनेहरुले रुचिपुर्वक अवलोकन गरेका थिए।  
 

Filed under: