Home :: Press Release :: Contact :: Login
नेपाली जनताको अधिकार रक्षा र प्रवद्र्धन गर्ने कार्य तथा शान्ति स्थापनाकालागि महत्वपूर्ण योगदान पुर्याउने वरिष्ठ मानवअधिकारकर्मीहरुलाई सम्मान गर्नु मानवअधिकार संस्कृतिकालागि थालनी हुनेछ भन्ने विश्वासकासाथ ६३ औं मानवअधिकार दिवसको सन्दर्भमा अग्रज वरिष्ठ मानवअधिकारकर्मीहरु श्री पद्मरत्न तुलाधर, श्री दमननाथ ढुंगाना, डा.श्री रेणु राजभण्डारी र डा.श्री बीरेन्द्र मिश्रलाई सम्मान गर्दै राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च (मानव अधिकार एलाइन्स) ले विशेष सम्मान कार्यक्रम डिसेम्बर ७ मा नेपाल बार एसोसियसन, काठमाडौ मा सम्पन्न गरेको छ ।

