WOREC Nepal

शहीदको समझ्नामा दीप प्रजोलन कार्यक्रम – १६ दिवसीय कार्यक्रम

Printer-friendly versionSend to friend

१६ दिवसिय महिला महिंसा विरुद्धको अभियानको अवसरमा सिरहा जिल्लाका विभिन्न मानवअधिकार तथा महिला अधिकारको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुको आयोजनामा डिसेमवर ६, २०११ को दिन सांझ ६ वजेको समयमा लहानको सहिद चोकमा नेपालमा महिला अधिकार तथा सम्पुयां मानवअधिकारको क्षेत्रमा काम गर्दा आफ्नो आफ्नो ज्यान समेत नै गुमाउनु परेकोले उनिहरुको सम्झनामा एक दिन मैन वत्ती वालेर उनिहरुले दिएको वलिदानीलाई लहान नगरिले सम्झिएको छ । महिला अधिकार तथा मानवअधिकारको क्षेत्रमा काम क्षेत्रमा काम गर्ने विभिन्न अधिकारकर्मीहरुले उनिहरुलाई आज सम्झिएका छन । महिला हिंसा अन्त्य गर, भन्ने सन्देश दिएर मैनवत्तीले अंकित गरी लहानको सहिद चोकलाई उज्याले प्रदान गरेको थियो । नेपालमा भएका विभिन्न आन्दोलनहरुमा महिलाहरुको योगदान महत्वपुर्ण रहेको र परिवर्तनका लागी लड्दा आफुहरुले ज्यानै गुमाउनु परेको कुरालाई स्मरण गर्दै महिलाअधिकार कर्मीहरुले अवका दिनहरुमा महिलामाथि हुने हिंसालाई अन्त्य गर्नुपर्ने र महिला मानवअधिकार रक्षेक संजाल सिरहाका सचिव देव कुमारी महरा, घरेलु महिला हिंसा विरुद्ध संजालका अध्यक्ष राम कुमारी महरा, मानवअधिकार संरक्षण केन्द्र संजालको अध्यक्ष दुर्गा महतो तथा मानवअधिकार संरक्षण मंचका केनिद्रय सदस्य सुनिल कुमार साहले आफ्नो मनतव्यको क्रममा भन्नु भएको थियो । महिला हिंसाको अभियानले १६ दिने अभियानमा मात्र सिमित नगरी यसको अन्त्यका लागी हामीहरुले सदादिन लाग्नु पर्ने कुरा वक्ताहरुले राख्नु भएको थियो । उक्त दिप प्रजोलन कार्यक्रममा करिव २५० जना महिला तथा पुरुषहरुको सहभागीता रहको थिया ।

दीप प्रजव्लनको कार्यक्रम औरेक नेपालले सिरहा, काठमाडौ‌ लगायत विभिन्न जिल्लामा गरेको थियो ।

Filed under: