WOREC Nepal

२०औं अन्तराष्ट्रिय अपाङ्गगता दिवस

Printer-friendly versionSend to friend

सिरहा जिल्लामा रहेको अपाङ्ग पुनर्थापनाको केन्द्रको आयोजना तथा यस जिल्लामा काम गर्ने विभिन्न मानवअधिकारकाको क्षेत्रमा काम गर्ने संघ संस्थाको सहयोगमा  २०औं अन्तराष्ट्रिय अपाङ्गगता दिवस दिवस विभिन्न कार्यक्रमको आयोजना गरी सम्पन्न गरियो । लहानको सहिद चोकबाट शुरु भएको र्याली लहान नगरपालिकाको विभिन्न वडाहरुको परिक्रमा गर्दै पशुपति उच्च माध्यामिक विद्यालयमा पुगी अन्तरकृया कार्यक्रम गरी सम्पन्न भएको थियो । “सुनौलो विश्वको लागी सवैको संलग्नता अपाङ्गता भएका व्याक्तिहरु समेतको विकासमा सहभागीता” भन्ने मुल नाराका साथ सम्पन्न भएको र्यालीमा विभिन्न नाराहरु हाम्रो सहभागीता विना वन्ने निति हाम्रा लागी अपुरा हुन्छन, अपाङ्गता विभेदकारी व्यवस्था खारेज गर, अपाङ्गता भएका व्याक्तिहरुको अधिकार सुनिश्चित गर, अपाङ्गता मैत्री संविधान जारी गर जस्ता नाराका साथ भएको र्याली पश्चात भएको अन्तरकृयात्मक कार्यक्रममा अपाङ्ग पुनस्र्थापना केन्द्र लहानका अध्यक्ष संजय अग्रवाल तथा प्रमुख अथितीको रुपमा ईलाका प्रशासन प्रमुख राजु कुमार साह, तथा ओरेक नेपालका लेख वहादुर कटुवाल विभिन्न राजनैतिक दल, नागरिक समाजका मानिसहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा अपाङ्गता भएका व्याक्तिहरुको अधिकारका लागी हाम्रो तर्फबाट आगामी दिनहरुमा चाल्नु पर्ने कदमहरु के के हुन सक्दछन भन्ने विषयमा वक्ताहरुले आ आफ्नो मनतव्यमा राख्नु भएको थियो । साथै ओरेक नेपालका जिल्ला संयोजक लेख वहादुर कटुवालले नेपाल सरकारले विभिन्न अन्तराष्ट्रिय संन्धि महान्धिमा हस्ताक्षर गरेको नागरिक तथा राजनैतिक अधिकार मात्र मानवअधिकारको विषय नभएर आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारको विषय पनि मानवअधिकोका गम्भिर विषय भएको हुनाले अपा«ता भएका मानिसहरुको आर्थिक सामाजिक तथा सास्कृतिक सुनिश्चितता राज्यले गर्नु पर्ने र चाँडै वन्दै गरेको संविधानमा अपा«ता भएका व्याक्तिहरुको अधिकार सुनिश्चित गर्नु पर्ने कुरा व्याक्त गर्नु भएको थियो । कार्यक्रममा १०० महिला तथा १५० पुरुष गरी जम्मा २५० जनाको सहभागीता रहेको थियो ।   

Filed under: