WOREC Nepal

प्रेश बिज्ञप्ति , १०० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ―

Printer-friendly versionSend to friend

                                                                                                      मिति २०६६ फागुन १९ गते     
              
 
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वमा भएका श्रमिक महिलाका ठूलाठूला आन्दोलनहरूको सम्झना र सम्मानमा थालनी गरिएको हो। उन्नाइसौं शताब्दीको मध्यबाट विश्वका विभिन्न देशमा श्रमिक महिलाहरूको अधिकारका लागि ठूलाठूला आन्दोलनहरू भएका थिए। सन् १८५७ मा अमेरिकाको गार्मे48टमा काम गर्ने श्रमिक महिलाहरूले निश्चित कार्यघ48टाको माग सहित गरेको प्रदर्शनले आन्दोलनको रूप लियो।  श्रमिकहरूको अन्तर्राष्ट्रिय सम्मेलनबाट महिलाको समान अधिकारको लागि आवाज उठाउने  प्रथम महिला क्लारा जेटकिन ९न्भच्कबल कयअष्बष्कित ाझष्लष्कत० थिइन्। त्यसपछि आन्दोलन अझै फैलदै र विकसित हँुदै गयो। सन् १९०९ मा  अमेरीकाको न्यूयोर्कस्थित  गार्मे48टका मजदुरहरूलाई युनियनमा लागेको आशंकामा व्यवस्थापनले निस्कासन गर्‍यो। त्यसपछि श्रमिकहरू हडतालमा उत्रिन बाध्य भए। यस घटनाले  श्रमिक आन्दोलनमा गुणात्मक परिवर्तन ल्यायो। पहिलाभन्दा ठूलो संख्यामा महिलाहरू युनियनमा संगठित हुन पुगे। यो हडताल इतिहासमा “महान उथलपुथल” को नामबाट चर्चित छ।
 
सन् १९१०  मा १७ देशका १०० जना समाजवादी महिलाहरूको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो र यस सम्मेलनमा क्लारा जेटकिनले महिला अधिकार र राजनीतिक समानताका लागि हरेक वर्ष विश्वभरका महिलाहरूले मार्च ८ लाई महिला अधिकार आन्दोलन दिवसका रूपमा मनाउन राखेको प्रस्ताव सर्वसम्मतिबाट पास भएको थियो। सोहि मितिलाई आधार बनाएर यो वर्ष “सबैको विकासकोलागि समान अवसर र समान अधिकार” भन्ने  मुल नाराका साथ ८ मार्चलाई १०० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाइदै छ। यसबाट पक्कै पनि नेपालको महिला आन्दोलनमा एउटा अर्को आयाम थप्ने छ। 
 
 
नेपाल  अहिले ईतिहास बनाउने महत्वपुर्ण मोडमा छ।  पछाडी पारिएका वर्ग, लिङ्ग, क्षेत्र र समुदायलाई समावेश गराई सबैको अधिकार सुनिश्चित हुने संविधान निर्माण प्रक्रियामा छ।  तर  संविधान निर्माण  कार्य समय मै पुरा गरि दिगो शान्तिमा रुपान्तरण गर्ने काममा देखिएको ढिलासुस्ती र गैरजिम्मेवारीपनले नागरिकहरु अन्योलमा परेका छन्।  देशको ५१ प्रतिशत जनसंख्या ओगटेका महिलाहरु नयाँ नेपालको संविधानद्वारा आफ्ना अधिकार सुनिश्चितता क्षिण हुनसक्ने संम्भावनाबाट त्रसित छन्। 
 महिला आन्दोलनको ईतिहालाई संस्थागत गर्न र आफ्ना अधिकारलाई संविधान मै सुनिश्चित गर्ने काम, जबसम्म संबिधान बन्दैन तबसम्म  पुरा हुनै सक्दैन। त्यसैले  यो शताब्दीऔं अर्न्तराष्ट्रिय श्रमिक महिला दिवशमा हामी सम्पुर्ण महिलाहरु आफ्नो अधिकारको सुनिश्चिततासहित समय मै संबिधान निर्माण गर्नका लागि दबाब दिन केन्द्रित हुनेछौ। 
 
  यसैगरी यस अवशरमा महिला आन्दालनको यति लामो ईतिहासले सिकाएको ज्ञानलाई नयाँपुस्तामा हस्तान्तरण गर्नपनि एकदमै जरुरी देखिएको छ। यसकालागि पनि यो बर्षको ८ मार्चलाई हामी बिशेष रुपले केन्द्रित गर्ने छौ। यो सबै काममा संचारमाध्यम अन्य सरोकारवाला संघसंस्था लगायत तपाई सबैको महत्वपूर्ण सहयोगको  आवश्यकता छ र हामीले पूर्ण सहयोग पाउने  अपेक्षा गरेका छौ। 
धन्यबाद।             
                                                                                      शताब्दीऔँ अन्तर्राष्ट्रिय 
                                                                                  श्रमिक महिला दिवस ऐक्यबद्धता समिति

Filed under: