WOREC Nepal

शान्तिपूर्ण आन्दोलनमा रहेको महिला अधिकार कर्मीहरु माथी भएको कुटपिट तथा पक्राउको घटनाको विरोध

Printer-friendly versionSend to friend

शान्तिपूर्ण आन्दोलनमा रहेको महिला अधिकार कर्मीहरु माथी भएको कुटपिट तथा पक्राउको घटनाको विरोध सहितको 

प्रेस विज्ञप्ती

मिति ः २०६८/२/१०

२०६२÷२०६३ को जनआन्दोलनको प्राप्त उपलव्धीलाई संस्थागत गर्न तथा जारी शान्ति प्रकृयालाई निश्कर्षमा पुर्याउन हामी नेपालीहरुको अहम दायित्व हो । यसै सन्दर्भमा नेपालको “संघिय समावेशी  लोकतानित्रक संविधान” निर्माण गर्नका लागी जनताको प्रतिनिधीहरुको रुपमा रहेको ६०१ संविधान सभाका सभासदहरुले २ वर्ष भित्रमा देशको नयाँ संविधान वनाई सक्नु पर्नेमा सो नभई १ वर्षको म्याद थप गरेकोमा पनी १ वर्ष पनी वितिसकेको छ । 

नेपालको नयाँ संविधान र दिगो शान्तिका लागी महिला अधिकार कर्मीहरु विगत डेढ महिना देखी आन्दोलनरत रहेकोमा आन्दोलनको क्रममा संविधान सभाको भवन अगाडी निरन्तर रुपमा धर्ना दिई रहेको थियो । 

आज जेष्ठ १० गते मंगलवारको दिन विहान १०ः०० वजेको समयमा संविधान सभा भवन अगाडी शान्तिपूर्ण धर्नामा वसि रहेको अवस्थामा धर्ना दिईरहेको धर्नाकारी हरुमा माथी एक्कासी प्रहरी आई महिला अधिकार कर्मीहरु माथी लछार पछार गर्दै कुटपिट गरी घाईते वनाएको र सोका क्रममा २५ जना महिला अधिकार कर्मीहरु घाईते तथा ४५ जना महिला अधिकार कर्मीहरु पक्राउ गरेको घटना प्रती हामी अधिकरको क्षेत्रमा काम गर्ने अधिकार कर्मीहरु घटनाको घोर भत्सर्ना तथा निन्दा गर्दर्छौ । 

शान्ति र संविधानको लागी शान्तिपूर्ण आन्दोलनमा रहेका महिला अधिकार कर्मीहरुको जवर जस्ती लछार पछार, कुटपिट तथा गाली गलौज गर्नु तत्कालिन संविधान तथा मानव अधिकार विरुद्धको कार्य भएको हुदा उक्त घटनाको छानविन तथा दोषीहरुमाथी कार्वाहीको माग समेत गर्दछौ । अवको दिनमा यस किसिमको कार्य नदोर्याउनका लागी संवन्धित पक्षलाई सचेत गराउन चाहन्छौ । साथै संविधान सभा भंग गर्ने कुकृत्य नगर्न समेत खवरदारी गर्न चाहन्छौ ।  

माग गर्ने संस्थाहरु 

मानव अधिकार संरक्षण केन्द्र सिरहा 

महिला मानव अधिकार रक्षक सञ्जाल सिरहा 

ओरेक नेपाल शाखा कार्यालय सिरहा 

समग्र विकास सेवा केन्द्र सिरहा 

समग्र जनउत्थान सेवा केन्द्र सिरहा 

केड नेपाल शाखा कार्यलय सिरहा 

दलित जनकल्यान यूवा क्लव सिरहा 

ईनसेक सिरहा 

दलित गैर सरकारी संस्था माहासँघ सिरहा 

एकल महिला समुह सिरहा 

घरेलु महिला हिंसा विरुद्धको सञ्जाल सिरहा 

 

AttachmentSize
press release.doc27.5 KB
Filed under: