WOREC Nepal

६३ औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस

Printer-friendly versionSend to friend

महिला हिंसा विरुद्धको अभियान सोह्र दिवसिय अभियान अन्र्तगतको अन्तिम दिन तथा ६३ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस आज सिरहाको लहानमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । 

 महिला हिंसा विरुद्धको सोह्र दिवसिय अभियान अन्र्तगत  विभिन्न मानव अधिकार तथा महिला मानव अधिकार संस्था तथा ओरेक नेपालले  कार्यक्रम गरि मनाइदै आएको छ । त्यस्तै मानव अधिकार दिवसको अवसर पारेर सिरहा जिल्लाको मानवअधिकार, महिला अधिकार क्षेत्रमा कार्यरत १९ ओटा संस्थाको सयुक्त संजाल मानव अधिकार संरक्षण केन्द्र संजाल तथा संघ संस्थाको सयुक्त आयोजनामा आयोजित कार्यक्रमको सुरुवातर्मा   रक्तदान दान जीवन दान’ भन्ने मुलनाराका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । जसमा महिला मानवअधिकारकर्मी, संचारकर्मी, पत्रकार मानवअधिकारकर्मी तथा नागरिक सबै गरेर १३ जनाले रक्तदान गर्नुभएको थियो । 

६३ औ मानव अधिकार दिवस सफल पारौ भन्ने मुल नाराका साथ र्यालीको आयोजना गरिएको थियो ।  लहान नगरपालिका परिक्रममा गर्दे राम मन्दिरमा अर्थात बजारको वीचमा आएर  समापन गरिएको थियो । जसमा विभिन्न संघसंस्था तथा नागरिक समाजको  प्रतिनीधीहरुको लगभग १०० जनाको  उपस्थीति रहेको थियो ।

त्यस्तै कार्यक्रमको अर्को चरणमा मानवअधिकार दिवसको अवसरमा  अन्र्तकृया तथा सम्मान कार्यक्रमको आयोजना गरिएको थियो । मानवअधिकार संरक्षण केन्द्र संजालको अध्यक्ष दुर्गा प्रसादको महत्तोको सभाध्यक्षता तथा इलाका प्रशासन प्रमुख राजु साहको प्रमुख आतिथ्यतामा कार्यक्रम सुरुवात गरिएको थियो । कार्यक्रमलाई स्वागत  मानव अधिकार संरक्षण केन्द्र संजालको सदस्य गंगा अधिकारीले गर्नु भएको थियो । त्यस्तै मानव अधिकार संरक्षण केन्द्रको सदस्य भैरव गेलालले कार्यक्रम संचालन गर्नुको उद्देश्यमाथी प्रस्ट्याउदै मानव अधिकार दिवस मनाउनु भनेको मानव अधिकार तथा महिला अधिकार तथा विभिन्न क्षेत्रमा कार्यरत प्रतिनीधीहरुलाई कार्यप्रतिको म्मिेवारी बोध  तथा कार्यप्रति सकारात्मक उत्प्रेरणा जगाउने रहेको बताउनु भयो । त्यस्तै सन् १९४८ को विश्व मानव अधिकारको विश्वव्यापी घोषणालाई मुल मन्त्रबनाएर मानव अधिकारको क्षेत्रमा काम गर्दै आएकोहरुलाई यो दिन भनेको एउटा प्रमुख चाडको रुपमा रहेकोले आजको दिनमा  सम्मान कार्यक्रम आयोजना गर्नु भनेको मानवअधिकारको क्षेत्रमा कार्यरतलाई अझ चुनौतीपुर्ण कार्यगर्न तथा मानव अधिकार तथा महिला अधिकारको क्षेत्रमा दत्तचित्त भएर लाग्नको लागि पनि विषेश अवसर रहेकोले आजको दिन कार्यक्रम आयोजना गरिएको वताउनु भयो । त्यस्तै महिला मानव अधिकार रक्षक संजालको केन्द्रिय सदस्य तथा जिल्ला सचिव देवकुमारी महराले संविधान निर्माणमा अझै आन्दोलनरत रहेको जनाउदै महिल हिंसा तथा मानवअधिकारको हनन न्यूनीकरणको लागि सबैको हातेमालो को अझै जरुरत रहेको बताउनु भयो । त्यस्तै घरेलु हिंसा विरुदको संजालको अध्यक्ष रामकुमारी दासले अहिलेको अवस्थामा पनि मानिसलाई पशुवत व्यवहार गरिरहेको तथा अहिलेको समयमा झन महिला हिंसा तथा मानवअधिकार हननको घटना बढीरहेको बताउनु भयो । त्यस्तै एभरेष्ट कलेज लहानको संस्थापक माधव शर्मा, नेपाली कांग्रेसको प्रतिनिधी प्रमोद ठाकुरले मानवअधिकार तथा महिला मानव अधिकारको संरक्षणको लागि यस्ता संघसंस्था भन्दा पनि राज्य मुल जिम्मेवार हुनुपर्ने बताएका छन्  ।

त्यस्तै सिरहा जिल्लामा कार्यरत मानवअधिकारकर्मी तथा ओरेक नेपाल शाखा कार्यलय सिरहाको का.मु जिल्ला संयोजक लेख बहादुर कटुवाल, नागरिक दैनिक तथा रेडियो फूलबारीमा कार्यरत पत्रकार मिथलेस यादवलाई संचारको क्षेत्रमा मानव अधिकारलाई तथा महिला अधिकारको क्षेत्रमा विशेष कलम चलाएकोले यो वर्ष सम्मान गरिएको थियो । त्यस्तै महिला मानव अधिकारको क्षेत्रमा कार्यरत तथा ओरेक नेपाल शाखा कार्यलय सिरहामा कार्यरत संगम विश्वकर्मालाई सम्मान गरिएको छ । अन्तमा कार्यक्रमलाई समापन गर्दे कार्यक्रमको सभाध्यक्ष दुर्गा प्रसाद महत्तोले सम्मान गरिएका तीन जना मात्र असल मानवअधिकारकर्मी, संचारकर्मी तथा महिला मानवअधिकारकर्मी नभएको बताउनु भयो । मानवअधिकारको क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सबैको प्रतिनिधी रहने बताउनु भयो । 

Filed under: