WOREC Nepal

मासिक प्रतिबेदन पुष

Printer-friendly versionSend to friend
Basic Information
Editor: 
दुर्गा कार्कि
Published: 
Mon, 2010-01-25

 

मिति २०६६ माघ १० मासिक प्रतिबेदन पृष्ठभुमी महिनावारी हुँदा छउपडी गोठमा बसेका अछामका २ जना महिलाको चिसोका कारण ज्यान गएको छ। पुष महिनाको २१ गते अछाम लकान्दा की ४० बर्षिया बेलु दमाई र माघ महिनामा अछाम कै पायल गाबिशमा झुप्रीदेवीको महिनावारी हँदा छाउपडी गोठमा बसेका बेला चिसोले कठागिं्रएर मृत्यु भएको हो। त्यस क्षेत्रमा काम गर्ने अधिकारबादीहरुका अनुसार सुदुरपश्चिमका अछाम, हुम्ला,जुम्ला,बाजुरा, दैलेख लगायतका जिल्लामा महिनावारी भएका बेला महिलाहरुलाई छाउपडी गोठमा राख्ने चलनका कारण बर्षेनि दर्जन भन्दा बढी महिलाहरुको जंगली जनावरले टोकेर होस या चिसोका कारण मृत्यु हुने गरेको छ। २१औ शताब्दीमा पनि महिलाहरुलाई बिशेष अबस्थामा गरिने यस्ता जङ्गली ब्यबहारहरु अझै कायम नै छन्। राष्ट्रिय रुपमा बिद्यमान नियम कानुन र निर्देशिका , मुलुकले पक्षराष्ट्र भएर हस्ताक्षर गरेका बिभीन्न अर्न्तराष्ट्रिय सन्धी महासन्धीहरु र बेला बेलामा न्यायलयबाट हुने आदेश , निर्णय र फैशलाहरुले समेत संस्कृति र धर्मका नाममा महिला माथि परम्परादेखि हुदै आएका यस्ता निकृष्ट खालका भेदभावलाई कम वा अन्त्य गर्न सघाएको देखिएको छैन। यस्तो हुनुमा हाम्रो समाजमा बलियो गरी जरा गाडेर बसेको सामन्तबादी पित्तृसत्तात्मक सोच प्रमुख कारण हो भन्नु अतियुक्ति नहोला। छाउपडी प्रथा अन्त्यका लागि २०६२ साल बैशाख १९ मा सर्बोच्च अदालतले छाउपडी गोठमा पठाउने प्रथालाई मन्त्रीपरिषदको कार्यालयले कुरीति घोषणा गर्नुपर्ने आदेश गरेको छ। यसैगरी सर्बोच्च अदालतले आफ्नो फैशलामा स्वास्थ्य मन्त्रालयले चिकित्सकहरु समेत भएको एक अध्ययन समीति बनाई छाउपडी प्रथाका कारण महिला तथा बालबालिकामा पर्ने असर र समाधानका उपाय पहिचान गर्न, यस प्रथाबिरुद्ध सार्बजनिक चेतना जगाउन स्थानिय बिकाश मन्त्रालयले स्थानीय निकाय परिचालन गर्न र महिला तथा बालबालिका मन्त्रालयले महिलामाथि हुने यस प्रकारका बिभेद अन्त्य गर्न निर्देशिका जारी गर्न आदेश दिएको थियो। आदेश अनुसार सरकारले २०६३ बैशाख २६ गते यो प्रथालाई कुरीति भनेर घोषणा गरेको छ र आदेशानुसार नै सरकारले २०६४ सालमा छाउपडी प्रथा उन्मुलन निर्देशिका २०६४ जारी गरेको छ। यसैगरी नेपालले हस्ताक्षर गरेको महिला माथि हुने सवै प्रकारका भेदभाव उन्मुलन सम्बन्धी महासन्धी (सिड) र मानब अधिकारको बिश्वब्यापी घोषणा पत्रमा समेत धर्म संसकृतिका नाममा कसैमाथि कुनैपनि प्रकारको भेदभाव गर्न नपाईने उल्लेख छ।

बिषयबस्तु

मंसिर महिनाको तुलनामा महिला माथि भएका हिंसाका घटना पुष महिनामा घटेेका छन्। गत महिना महिला माथि २ सय १० वटा हिंसाका घटना भएका थिए भने पुष महिनामा देशभरीबाट १ सय २२ वटा महिला माथि भएका हिंसाका घटना ओरेक नेपाललाई प्राप्त भएका छन। महिलामाथि भएका हिंसाका सबै भन्दा बढी घटना हामीलाई यो महिना पुर्बाञ्चलबाट प्राप्त भएको छ। ओरेक शाखा कार्यालय मोरङ्गका अनुसार त्यस क्षेत्रमा ४६ जना महिला, हिंसाका शिकार भएका छन् , यी मध्ये १५ जना महिला आफ्नै परिवारबाट हिंसा पिडीत भएका छन् भने १२ जना महिला माथि कुटपीट भएको छ। यसैगरी पुर्बाञ्चलमा ९ जना महिला बलात्कुत भएका छन्।

घरेलु हिंसा

पुष महिनामा घरेलु हिंसा का ३९ वटा घटना हामीलाई प्राप्त भएका छन्। मंसिर महिनामा ४५ जना महिलाले आफ्नै पविारबाट यातना पाएका थिए। पुष महिनामा घरेलु हिंसा केही कम देखिएको छ। तर माघ महिनाको शुरु मै दाईजोका कारण जनकपुर र सप्तरीमा २ जना महिलालाई परिवारले हत्या गरेका छन। ्(यसको बिस्तृत जानकारी र तथ्याङ्क माघ महिनाको मासिक प्रतिबेदनमा समेट्ने छौ) पुषमा अछाममा महिनावारी भएकी महिला छाउपठी गोठमा चिसोले कठयाङ्गि्रएर मृत्यु भएको छ। अछाम मै तेस्रो लिङ्गीलाई बाबु आमाले घर बाट निकलिदिएका छन्। १९ बर्षिया आरतीलाई कुटपीट गरी घर निकाला गरेपछि उनी अहिले कञ्चनपुरको महेन्द्रनगरमा प्रशंसा समुहमा शरण लिईरहेकी छन्। लम्जुङ्गमा श्रीमानले मादक पदार्थ सेवन गरी आफ्नी श्रीमतीलाई मट्टीतेल खन्याइ मार्ने प्रयास गरेका छन् लमजुङ्ग बेशी शहर का २२ बर्षिय पुर्ण लिम्बुले १६ बर्षिया पत्नी ऋतुलाई मट्टीतेल खन्याई हत्याको प्रयास गरेका हुन।

हत्या

पुष महिनामा ३ जना महिलाको हत्या भएको छ। मोरङ्गमा एकजना प्राध्यापकले मनकामना दर्शन गर्न जाने भन्दै झुक्याएर काठमा48डौ ल्याई हत्या गरेका छन्। यसैगरी बिबाहमा मागेजति दाईजो नल्याएको भन्दै धनुषा जिल्ला जनकपुर नगरपालिका वार्ड नं. १० देवी चौक निवासी अरुण लाल कर्ण र अनिला कर्णकी १८ वर्षीया छोरी रुपा कर्णको हत्या गरिएको छ। विवाहमा रु. ५ लाख ५० हजार नगद लिए पनि थप नगद र जिन्सी सामानको माग गर्दै रुपालाई बारम्बार उनका श्रीमान र घरका सदस्यहरुले मानसिक र शारिरीक यातना दिदै आएका थिए । मृतक उनीहरुले रुपाको माईतीमा समेत समय समयमा धम्की दिने गरेका थिए। २०६६ पुष २८ गते मंगलबार आफुले मागे जती दईजो नल्याएको निहुमा सतिष र उनका परिवारका सदस्यहरुले रुपाको हत्या गरेका हुन्। यो घटनामा संलग्न दोषीलाई कार्बाहीको दायरामा ल्याई पिडीतलाई न्याय दिलाउनकालागि ओरेक शाखा कार्यालय जनकपुर लगायत त्यस क्षेत्रमा कार्यरत अन्य महिला र मानब अधिकारबादीहरुले पहल गरिरहेका छन्। पुष महिनामा १४ जना महिलामाथि बलात्कार भएको छ भने २९ जना महिलालाई कुटपीट गरिएको छ। यसैगरी ४ जना महिलामाथि बोक्सीको आरोप लगाईएको छ। दाईजोका कारण ५ जना महिला पिडीत भएका छन् त्यस्तै १२ जना महिलालाई मानसिक यातना दिईयो।

ंपुष महिनामा महिला माथि भएका हिंसाका घटनाको प्रकार र संख्या यसप्रकार रहेको छ।

 

 

क्र.स    यातनाको प्रकार    संख्या
१    घरेलु हिंसा          ३९
२    हत्या               ३
३    बेचबिखन          १६
४    बोक्सिको आरोप    ४
५    बलात्कार          १४
६    कुटपीट             २९
७    मानसिक यातना    १२
८   दाईजो                ५
९  सामाजिक हिंसा         ३
    जम्मा                १२२
 
 
स्रोत  ओरेक नेपाल                                      
बिभिन्न पत्रपत्रिका                             
 

Filed under: