WOREC Nepal

बुटवल र सुर्खेतमा श्रीमानद्वारा श्रीमतीलाई मट्टीतेल खन्याई आगो लगाएर हत्या प्रयास

Printer-friendly versionSend to friend

मितिः २०६७। १।३०

 

घरको काम नगरेको सामान्य निहँुमा रुपन्देही जिल्लाको बुटवलमा बैशाख १४ गते आफ्नै श्रीमान टिकाराम बुढाथोकीले श्रीमती कमला परियारलाई मट्टितेल खनाई आगो लगाएर गम्भिर घाइते बनाएका छन् भने अर्की श्रीमती विबाह गर्न नदिएको झोकमा सुर्खेत जिल्ला बिरेन्द्रनगर नगरपालिका बसपार्कमा होटेल गरि बस्ने धन बहादर रानाले यहि बैशाख १६ गते श्रीमती खगीसरा रानालाई मट्टीतेल खन्याई आगो लगाएर हत्या गर्ने प्रयास गरेका छन्। यसरी महिलाहरुमाथि दिनानु दिन बढदै गएको हिंसाले जघन्य अपराधको रुपमा सावर्जनिक भएका घटनाप्रति ओरेक नेपालको गम्भीर ध्यानाकर्षण भएको छ। पाल्पा घर भई बुटवलमा पेशाब्यबसाय गर्दै आएका टिकाराम बुढाथोकीले २ बर्ष अगाडि प्रेम विवाह गरेका थिए। उनले आफ्नी श्रीमती २० बर्षिया कमला परियारलाई लुगा नधोएको निहुँमा मदिरा सेवन गरी आगो लगाएर मार्ने प्रयास गरेका हुन। त्यसैगरी दोस्रो बिवाह गर्न नदिएको भन्दै सुर्खेतका धन बहादुर रानाले श्रीमतीलाई मट्टीतेल खन्याएर आगो लगाइ गंभिर घाइते बनाएका छन्। विभिन्न संघसंस्थाको सहयोगमा कमला परियारको उपचार अहिले पाल्पास्थित मिसन अस्पतालमा भईरहेको छ।

देश आन्तरिक रुपमा राजनीतिक मतभेदमा अल्भि्कएको छ भने निर्धारित समयमा संविधान जारी गर्न नसकी संबैधानिक संकटमा फस्ने दिशामा अगाडि बढीरहेको छ। देशमा अस्थिरता, अराजकता र दन्डहिनताले गर्दा नेपाली महिलामाथि दिनहु गम्भीर खालका अपराधहरु भइरहेका छन्। दलहरुमा देखिएको असमझदारी, राज्य संयन्त्र र सिंगो प्रशासनमा बढदो राजनीतिक हस्तक्षेपले गर्दा मुलुकमा बढेको दन्डहनिताको सबै भन्दा बढी शिकार महिलाहरु भईरहेका छन्। अपराधीलाई कानुनी दायरामा ल्याउन नसक्दा उनीहरुको मनोबल बढेको देखिन्छ।

सरकारले सन् २०१० लाई महिला हिंसा बिरुद्धको बर्ष मनाउने अभियान घोषणा गरेपनि हिंसा पिडीत महिलाले तुरुन्त कानुनी उपचार पाउने अबस्था र दोषीलाई कडा कार्बाहीका लागि चाहिने संयन्त्र निर्माण नभएको हुँदा अभियान अत्यन्तै निष्प्रभाबी भएको आम महिलाहरुले अनुभव गरेका छन्। त्यसकारण हामीले महिला माथि हुने यस्ताखाल हिंसा प्रति खेद ब्यक्त गर्दै दोषीलाई तुरुन्त कडा भन्दा कडा कार्बाहीका लागि माग गर्दै पीडितलाई उपचारको ब्यबस्था गर्न हामी जोडदार माग गर्दछौ ।

 

                                                                        रचना भटट्राई

                                                                     कार्यकारि निर्देशक

                                                                          ओरेक नेपाल

Filed under: