WOREC Nepal

भारतबाट फिर्ता पठाईएकि नितु सिहका बारेमा संयुक्त प्रेस विज्ञप्ती

Printer-friendly versionSend to friend

डिसेम्बर ५, २००९ को राती पुनाको  फिल्म तथा टेलीभिजन संस्थानमा अध्ययनरत नेपाली नागरीक ३२ बर्षिया नितु सिंहलाई पुना प्रहरीद्धारा नेपाल फर्काईएको घटनाबारे जानकारी दिन अनुरोध गर्दै बिभीन्न संघ संस्था  अर्न्तपार्टी महिला संजाल र महिलाका लागि काम गर्दै आएका अन्य संजालहरुले २०६६ पुस २३ मा  भारतीय  दुतावासमा ध्यानाकर्षण पत्र बुझाएका छन्।  यसै सम्बन्धमा जानकारी माग्दै आजै उनीहरुले परराष्ट्र मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउने भएका छन्। यस अघि हिजो प्रधानमन्त्रीको कार्यालयमा पत्र बुझाएका थिए। ध्यानाकर्षण पत्र बुझाउनेहरुमा अन्तरपार्टी महिला संजाल, नागरीक आवाज,महिला मानब अधिकार रक्षकहरुको राष्ट्रिय संजाल,ओरेक नेपाल ईन्सेक,मितीनी नेपाल, एट्वीन लगायतका रहेका छन्।
 
भारतको राष्ट्रिय सुरक्षामा खतरा भएको आरोप लगाउदै कलेजमा अध्ययनरत एकजना नेपाली बिद्यार्थीलाई भारतबाट फिर्ता पठाइएको  थियो।
नितुलाई भारतको पुनास्थित उनी बसेको होस्टलबाट नै पक्राउ गरी डिसेम्वर ६ तारिखको दिउसो काठमाडौ फर्काइएको थियो।  उनलाई त्रिभूवन विमानस्थलबाट बाहिर निस्कन नदिइ बुद्ध एयरबाट भद्रपुर विमानस्थल हुँदै घरमा पुर्‍याईएको थियो। घरमा पुर्‍याएपछि दुइ महिला प्रहरी खटाइ नौ दिनसम्म उनका आफन्त कसैलाई पनि भेटन नदिइ थप मानसिक पीडा दिइएकोले उनी अहिले मानसीक तनावका कारण विरामी परेकी छन्। 
 
 पुर्ब सांसद अमरेश सिंहसंग २०६४ सालमा बैबाहिक सम्बन्ध गाँसिएकी नितु सिंह बिहे लगत्तै पतिद्धारा पटक पटक  बिभिन्न खाले हिंसाबाट पिडीत हुने गरेका तथ्यहरु सार्बजनिक भएका छन्।  अध्ययनका क्रममा पनि पतिद्धारा उनलाई बिभिन्न प्रकारले पिडा दिईने गरिएको थियो। यस अबस्थामा घरेलु हिंसाबाट पिडीत नितुलाई पति अमरेश सिंहले आफ्नो राजनैतिक प्रभाब प्रयोग गरी भारतको राष्ट्रिय सुरक्षामा खतरा पुगेको आरोप लगाई फर्काउन सफल भएका छन्। यस प्रकारको दबाबले एउटा नेपाली नागरिकलाई राजनैतिक कारण भारतले देश निकला गर्नुलाई एउटा महिला प्रति गरिएको अपराधको रुपमा मात्रै हेरेर पुग्दैन। यसले दुई देश बीचको राजनैतिक, सांस्कृतिक एवं सामाजिक सम्बन्ध समेतमा प्रश्न चिन्ह खडा गरेको छ। यस्तो ब्यबहार भारत जस्तो लोकतान्त्रिक मुलुकलाई गर्न सुहाउदैन भन्ने हाम्रो ठहर छ। 
   यसरी गंभीर आरोप लगाई  “ घरेलु हिंसा” बाट पिडीत एक महिलालाई झनै पिडीत बनाउदै उनको स्वतन्त्र र यातना मुक्त जिवन बाँच्न पाउने अधिकारको हनन् गरिएको छ। यस स्थितीमा नेपाल सरकारलाई  उक्त घटनाको बिषयमा उचित छानबिन गरी उनको स्वतन्त्र र यातना मुक्त  जिवन बाँच्न पाउने अधिकार सुनिश्चित गर्न आबश्यक कारबाही अबिलम्ब शुरु गरी जानकारी दिन हार्दिक अनुरोध गर्दछौ।  
 
मागहरु :  
 
१. नितु सिंहलाई फिर्ता पठाउनुको कारण र सत्यतथ्य पत्ता लगाई यसका बारेमा तुरुन्त  जानकारी दिईयोस।
२. नितु सिंहको सुरक्षाका ग्यारे48टी गरियोस र उनको अध्ययनको निरन्तरताका लागि बाताबरण बनाइयोस।
३.  दोषीमा माथि कार्बाहीको प्रक्रियाका बारेमा जानकारी दिईयोस।
 
क्र. स    न्ााम    संस्था
१    डा. रेणु राजभण्डरी        ओरेक नेपाल
२    टिका दाहाल        म्ाहिला मानब अधिकार रक्षक राष्ट्रिय सञ्जाल
३    शशी श्रेष्ठ        अर्न्तपार्टी महिला संजाल
४    श्ाारदा कोईराला        ईहि्रकन
५    राम केशरी श्रेष्ठ        न्ाागरीक आवाज
६    गणेश भ48डारी        ईन्सेक
७    थरीमाया तामाङ्ग        शक्ति समुह
८    सुनिता दनुवार         एट्वीन
९    शायरा गुरुङ्ग        मीतिनी नेपाल
१०    नितु बर्मेल        हिमराईट
११    जुलिया चित्रकार        म्ाहिला मानब अधिकार रक्षक
१२    ज्योत्सना मास्के         ओरेक नेपाल
१३    सरिता दाहाल        ओरेक  नेपाल
 
 
 
 
 
 
 
 
 
 
 

 
 

Filed under: