WOREC In Media

डा. अधिकारीको संयोजकत्वमा ‘लोकतन्त्र र महिला अधिकारका लागि दबाब अभियान’ सुरु

29 May 2025

काठमाडौँ- लोकतन्त्रमा महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड दिनका लागि ‘लोकतन्त्र र महिला अधिकारका लागि दबाब अभियान’को सुरुवात गरिएको छ ।

गणतन्त्र दिवसको सन्दर्भ पारेर लोकतन्त्रका पक्षधर ३० भन्दा बढी संघ संस्था, व्यक्ति, समूह, सञ्जाल, सञ्चारकर्मीसहितको संयुक्त आयोजनामा यही जेष्ठ १५ गते अभियानको सुरुवात गरिएको हो । जसको संयोजन डा. रेणु अधिकारीले गरेकी छन् ।

‘हाल विश्वव्यापी रूपमा नै महिला अधिकार विरोधी आन्दोलनहरू मौलाउँदै गइरहको छ। जसले महिलाको प्रजनन् अधिकार, अभिव्यक्ति स्वतन्त्रता र लैङ्गिक समानतामाथि आक्रमण भइरहेको छ भने यसले लोकतन्त्रका आधारभूत मान्यताहरूलाई चुनौती दिइरहेको छ। यसको असर नेपालमा पनि परिरहेको छ, जहाँ लोकतान्त्रिक व्यवस्थाको उपलब्धीहरू संस्थागत हुन नपाउँदै यसको विकल्प स्वरूप पुनः सामन्तबादी सोचको प्रभाव देखिन थालेको छ । तसर्थ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा फैलिएको यो प्रतिगामी प्रभावबाट लोकतान्त्रिक अभ्यास जोगाउनु अहिलेको आवश्यकता हो,’जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति: